×

NMB BANK
NIC ASIA

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा कृषिउद्यम सम्मेलन

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ८ जेठ- युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले शुरु भएको ‘दोस्रो युवा कृषिउद्यम सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । 

कृषिलाई उद्यमशीलतामार्फत मुलुकको विकास गर्ने उद्देश्यका साथ फोर एच नेपालको आयोजनामा आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको हो । 

सम्मेलनले परम्परागत कृषिलाई हटाएर आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने, कृषिमा केन्द्रमुखीभन्दा स्थानीयमुखी बजेट विनियोजन गर्नुपर्ने, एक स्थानीय तहमा एक कृषि आधुनिक केन्द्रको स्थापना गर्नुपर्ने, भूकम्पपीडित कृषकलाई राहत उपलब्ध गराउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । 

यसैगरी, कृषकलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, विदेशबाट आयात गरिएका कृषि सामग्रीमा लाग्ने भन्सार छुट गर्नुपर्ने, विषादी मल प्रयोग गर्ने कृषकलाई कारबाही गर्नुपर्ने र विद्यालयदेखि नै कृषि शिक्षा पढाउनुपर्ने घोषणापत्रमा उल्लेख छ । सम्मेलनमा देशभरका झण्डै २०० युवाको सहभागिता रहेको थियो । 

सहभागी युवा उद्यमीलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले कृषिको परनिर्भरता कम गर्न युवाको आकर्षण बढाउनुपर्ने बताउनुभयो । “कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु जरुरी छ,”– उहाँले भन्नुभयो । 

फोरएच नेपालका सल्लाहकार डा चिरञ्जीवी भट्टराईले गत वर्षदेखि शुरुवात भएकोे युवा आकर्षित कृषि जनचेतना कार्यक्रम यस वर्ष मुलुकका सबै जिल्लामा सञ्चालन गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा देशभरका ३०० व्यवसायीमध्ये तीन उत्कृष्ट व्यवसायीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा माछापालक अशोक अधिकारी, रीता श्रेष्ठ र ताराओम थापा रहनुभएको छ । उहाँहरुलाई जनही रु २० हजार, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x