×

NMB BANK
NIC ASIA

सन्दीपलाई इञ्जिनियर बनाउने बुबाको चाहना : भन्छन्-'मैले मेरो मात्रै छोरा भन्न अब पाइन'

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, ८ जेठ- इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । 

पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछ । टेलिभिजनको पर्दामा सन्दीपको प्रदर्शन हेरेसँगै धेरैको चासो उनको परिवारसम्म पुग्यो । आफ्नो सन्तानको सफलतामा परिवार पनि निकै प्रसन्न हुनु स्वभाविकै हो । 

आइतबार साँझ आइपीएलको अन्तिम खेलमा मुम्बई इण्डियनविरुद्ध लामिछानेले तीन विकेट लिएपछि अझै उनको चर्चा बढेको छ । उनले खेल क्षेत्रमा गरेको प्रगतिप्रति उनका बुबाआमा दंग परेका छन् । सन्दीपका बुबा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछाने निकै खुशी हुनुभएको छ । 

“छोराले खेलकुदका क्षेत्रमा निकै ठूलो प्रगति गरेको देखेर दंग छौँ,” बुबा चन्द्रनारायणले भन्नुभयो । सानैदेखि खेलप्रति रुची राख्ने सन्दीपले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न लागेको उहाँले बताउनुभयो । सन्दीपले पाएको सफलताको विषयमा कुरा उठाउँदा भारतीय रेल्वेसेवामा ३८ वर्ष सेवा गरेर फर्किनुभएका चन्द्रनारायणले सन्दीपको सफलता र खुशीले गर्व लागेको बताउनुभयो । 

आइपीएलमा पाएको सफलताले सन्दीप अब देशकै छोरा भएको भन्दै भावुक हुँदै चन्द्रनारायणले भन्नुभयो “छोरा हामीले पाएका हौँ, तर पनि सन्दीप नेपाल आमाकै छोरा बनेको छ, मैले मेरो मात्रै छोरा भन्न अब पाइन ।” आफू पनि रेल्बे सेवामा काम गरेका कारण पढ्ने समयमा सन्दीपले निकै सम्झाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “खेलप्रति मेरो लगावको मूल्यांकन हुनेछ र म नेपालबाटै खेल खेल्नेछु, तपाईहरुको नैतिक, भौतिक र आर्थिक सबै सहयोग चाहिन्छ ।” 

लामिछाने परिवारले सन्दीपले यति छोटो समयमा यति ठूलो प्रगति गर्न सक्छ भन्ने सोचेको पनि थिएन । लामिछानेले आइपीएलमा गरेको उत्कृृष्ट प्रदर्शनले तीन करोडभन्दा बढी नेपाली, सारा विश्वभरका क्रिकेटप्रेमीका बीचमा सन्दीपले देश चिनाएकोमा आफूलाई गर्व लागेको उहाँले बताउनुभयो ।

आफ्नो चाहना इञ्जिनियर बनाउने भएपनि छोराको क्रिकेटमोह देखेर खुल्ला छोडेको बताउँदै उहाँले भन्नुभयो “अहिले त्यही स्वतन्त्रताले मेरो छाती फुलेको छ ।” सन्दीपले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपका बारेमा सोधीखोजी गर्दै घरसम्म आउनेको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । आइपीएलमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो । 

सन्दीपले प्रतियोगिताको अन्तिम तीनखेल मात्र खेल्न पाउँदा बुबा चन्द्रनारायणलाई पनि केही ढिला खेलाएको अनुभूति भएको छ । बुबा चन्द्रनारायणले भन्नुभयो, “सायद सन्दीपलाई पत्याएनन् होला, तर मौका आउँदा उसले आफ्नो क्षमता प्रदर्शन गरेरै देखायो ।” 

अन्तिम खेल खेल्नुअघि आइतबार बिहान ११ बजेतिर सन्दीपले बुबासँग कुरा गर्नुभएको थियो । “आज म्याच छ भन्यो, हालखबर सोध्यो अरु खासै कुरा भएन,” बुबा चन्द्रनारायणले भन्नुभयो । सन्दीप आगामी मे ३१ मा लर्डसमा हुने विश्व ११ का तर्फबाट खेल्नेछन् । वेष्ट इण्डिजविरुद्ध हुने खेलमा उनले विश्व चर्चित खेलाडीसँग खेल्न पाउनेछन् । नेपाल आएर बेलायत जाने तयारी रहेको सन्दीपको परिवारले जनाएको छ । 

सन्दीप लामिछानेको जन्म स्याङ्जा जिल्लाको आरुचौर हाल अर्जुनचौपारी गाउँपालिकामा भएको हो । चन्द्रनारायणका पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन्, सन्दीप । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x