×

NMB BANK
NIC ASIA

गोरे पक्राउ परेपछि गृहमन्त्री थापाले भने–‘अन्य तस्कर पनि पक्राउ पर्छन्’

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ८ जेठ – गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे पक्राउ पर्नु अनुसन्धानका लागि ठूलो उपलब्धि भएको बताएका छन् । 

Muktinath Bank

कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरूसँग कुरा गर्दै सुन तस्करको जालो तोडिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुन प्रकरणका आरोपी, सुन तस्कर गोरेलाई पक्राउ गर्न सफल भएका छौं’ गृहमन्त्री थापाले भने, ‘विस्तारै हामीले ती अन्य तस्करका बारेमा पनि जानकारी पाउनेछौं र उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउनेछौं ।’


Advertisment
Nabil box
Kumari

लागूऔषध पूर्ण नियन्त्रण

Vianet communication
Laxmi Bank

मन्त्री थापाले लागूऔषधलाई कडाइका साथ निषेध गरिने बताए । विकास निर्माणको बाधकको रूपमा लागू औषध आएको उनको भनाइ छ । 

‘शान्ति सुरक्षा, विकास निर्माण, अपराध, घरेलु हिंसाको कारक लागू औषध बनेको छ,’ गृहमन्त्री थापाले भने, ‘लागू औषध प्रयोगकर्ता र बिक्रीकर्तालाई कडा कारवाही गर्ने र उक्त सञ्जाललाई नामेट पार्दै शान्ति सुरक्षालाई सुदृढ पारी छोडछौं ।’ उनले जस्तो सुकै हालतमा पनि लागूऔषध निषेध गर्ने र मदिरालाई नियन्त्रण गर्ने बताए ।

‘मदिरा पूर्ण रूपमा प्रतिबन्ध गर्ने होइन,’ उनले भने, ‘जनतामा चेतना फैलाउने र मदिरा सेवनको उपयुक्त समय मिलाउने योजना मन्त्रालयको छ ।’

अतिवादी क्षेत्रबाट सुरक्षा चुनौती

गृहमन्त्री थापाले नेपालमा राजनीतिक अतिवादीबाट सुरक्षा चुनौति रहेको बताए । ‘विप्लव समूह, तराईमा रहेका भूमिगत केही समूह र सीके राउतबाट सुरक्षा चुनौति छ,’ उनले भने, ‘साथै विभिन्न धार्मिक, जातीय समूह तथा बाह्य चुनौतिहरू पनि छन्,’ गृहमन्त्री थापाले थपे, ‘तर सरकार ती सबै चुनौतीको सामना गर्दै देशलाई विकासको बाटोमा, समृद्धिको बाटोमा लिन सक्षम छ ।’

ठग ठेकेदारलाई नछाड्ने

गृहमन्त्री थापाले ठेकेदारहरूलाई नियमन गर्ने निकाय भौतिक योजना तथा निर्माण मन्त्रालय भए पनि मजदूरहरुको पैसा खाएर भागेका, समयमै काम नसक्ने र गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिए ।

उनले निर्माण व्यवसायीले त्यसो गर्नु अपराध भएको र त्यो अपराधलाई कानूनी दायरामा ल्याउने काम गृहमन्त्रालयको भएको बताउँदै त्यस्तालाई कुनै पनि हालतमा उन्मुक्ति  नदिने जनाए । तर इमान्दार भएर काम गर्ने व्यवसायीलाई सरकारले साथ दिने उनको भनाइ छ ।

सबै सिन्डिकेट हटाइने
गृहमन्त्री थापाले सरकारले सबैखाले सिन्डिकेट हटाउने बताए । ‘सिन्डिकेटका कारण पनि देश पछि परेको हो,’ उनले भने, ‘त्यसलाई तोड्नु सरकारको मुख्य काम हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x