×

NMB BANK
NIC ASIA

गोरे प्रहरीबाटै असुरक्षित ! केही कुरा सुनाउन मानेनन्

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 मोरङ, १० जेठ -३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मानव अधिकारकर्मीको रोहबरमा हिरासतमा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

Muktinath Bank

न्यायाधीश नारायणप्रसाद शर्माको तीन नम्बर इजालसमा गोरेको बयान बुधबारदेखि सुरु भएको छ । उनले हिरासतमा राख्दा मानव अधिकारकर्मीको रोहबर हुनुपर्ने निवेदन अदालतमा दिएका थिए । उनले अदालतमा भने, ‘म प्रहरीबाटै असुरक्षित छु, मानव अधिकारकर्मीको रोहबरमा राखियोस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार गोरेमाथि लगाइएको अभियोगबारे जानकारी गराएपछि उनको बयान थालिएको थियो । उनले पाँच पृष्ठको बयान दिएका छन् । तस्करीको साढे ३३ किलो सुन हराएपछि तस्करको समूहले सुन खोज्न यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

शाक्यको मृत्युपछि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गर्ने क्रममा नियन्त्रणमा लिएका विमानस्थल कर्मचारी प्रेमलाल चौधरीको हिरासतमै मृत्यु भएपछि गोरेले जीवन रक्षाको निवेदन बयान अघि दिएका थिए ।

Vianet communication
Laxmi Bank

गोरेका तर्फबाट  कानुन व्यवसायी यमबहादुर मगरले निवेदन पेस गरेका थिए । निवेदन पेस हुनेबित्तिकै न्यायाधीश नारायणप्रसाद शर्माले जिल्ला प्रहरी कार्यालयलाई मानव अधिकारकर्मीको रोहबरमा राख्ने आदेश दियो ।

अदालतमा बयानका लागि उपस्थित गोरेले बयानका क्रममा केही कुरा सुनाउन नमानेको बताइएको छ । बयानका लागि अभियोग पत्र पढेर सुनाइएको थियो । त्यसपछि आरोपीहरूमध्ये धेरैलाई चिन्ने बताएका गोरेले समय अभावका कारण नबोलेपछि बिहीबार बयान लिइनेछ । गोरेको पक्षबाट बहस गर्ने अन्य कानुन व्यवसायीसमेत थप हुने बताइएको छ, राजधानी दैनिकमा खबर छापिएको छ  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x