×

NMB BANK
NIC ASIA

किन मागिरहेको छ फेसबुकले तपाईंको नाङ्गो तस्वीर ?

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायती प्रयोगकर्तालाई फेसबुकले निर्वस्त्र तस्वीर पठाउन आग्रह गरिरहेको छ । वदलाको भावनाबाट सामाजिक सञ्जालम पोस्ट गरिेने अन्तरंग क्षणको तस्वीर रोक्नका लागि यस्तो गर्न लागिएको हो । 

Muktinath Bank

यदी  तपाईंलाई लाग्छ कि कोई तपाईको अन्तरंग तस्वीर पोस्ट गर्न सक्छन् र यसकारण निराश हुनुहुन्छ भने यस्तो गर्नुभन्दा पहिला उक्त यूजरलाई व्लक गर्न सकिन्छ । 
यस्तो खालको योजना फेसबुकले यसअघि अस्ट्रेलियामा पनि गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसबुकमा कतिपयले अरुको नग्न तस्वीर पोस्ट गर्ने, म्यासेन्जरमा पठाएर ब्ल्याकमेलिङ गर्ने लगायतका गतिविधि बढ्न थालेको भन्दै फेसबुकले त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि प्रयोगकर्ताहरुको नग्न तस्वीर मागिएको प्रष्ट पारेको छ ।


Advertisment
Nabil box
Kumari

फेसबुकका अनुसार कसैसँग तपाईको नग्न तस्वीर छ भन्ने लाग्छ र उसले तपाईको नग्न तस्वीर फेसबुकमा पोस्ट गर्न सक्छ भन्ने लाग्छ भने तपाईलाई यो प्रविधिबाट जोगाउन सकिन्छ ।

Vianet communication
Laxmi Bank

फेसबुकले बेलायत, अमेरिका र क्यानाडामा यो प्रविधि प्रयोग गर्न थालेको छ । फेसबुकका एक प्रवक्ताका अनुसार प्रयोगकर्ताका लागि यो एक खुला प्रस्ताव हो, तस्वीर पठाउन करकाप भने छैन ।

फेसबुकका अनुसार प्रयोगकर्ताले पठाएको तस्वीरलाई पाँचजनाको एउटा समूहले हेर्नेछ । ती पाँचैजना प्रशिक्षित समीक्षक हुन् । त्यसपछि सबै तस्वीरलाई एक खास डिजिटल फिंगरप्रिन्ट दिइनेछ ।

ती तस्वीरलाई डाटाबेसको रुपमा एउटा कोड स्टोर गरिन्छ । ती तस्वीर कुनै पनि प्रयोगकर्ताले फेसबुकमा अपलोड गर्न खोजेमा उक्त कोडले तस्वीर सनाखत गरी फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा आउनु अघि नै ब्लक गर्ने फेसबुकको दावी छ ।

तर यो प्रविधिबाट प्रयोगकर्ताको नग्न तस्वीर फेसबुकमा पोस्ट नहुने शतप्रतिशत ग्यारेन्टी नभएको फेसबुकका एक अधिकारीले बताए । उनका अनुसार फोटोलाई कसैले सम्पादन गरेर, टोडमोड गरेर मूल तस्वीरभन्दा अलग बनाउन सक्छ । त्यस्तो अवस्थामा फेसबुकको डाटाकोडले उक्त तस्वीर सनाखत गर्न सक्दैन ।

तर फेसबुकले यसलाई प्रारम्भिक चरण भन्दै थप विश्वासिलो, भरपर्दो र सुरक्षित बनाउने गरी काम भइरहेको जनाएको छ ।

तर आफूसँग भएको आफ्नो कुनै नग्न तस्वीर अरुसँग पनि छ र उसले ती तस्वीर फेसबुकमार्फत सार्वजनिक गर्न सक्छ भन्ने आशंका गरिरहेका प्रयोगकर्ताका लागि भने यो प्रविधिले धेरै हदसम्म सघाउने फेसबुकको दावी छ ।

तर कसैले उसको आफ्नै मोबाइल वा क्यामेराबाट कसैको नग्न तस्वीर खिचेको छ, र त्यो तस्वीर तपाईसँग छैन भने त्यस्ता तस्वीरलाई अपलोड हुनबाट रोक्न सक्ने प्रविधि तत्काल फेसबुकसँग नरहेको बताइन्छ । कसैले उजुरी गरेमा पोस्ट भइसकेका तस्वीरलाई फेसबुकले हटाउन सक्छ । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x