×

NMB BANK
NIC ASIA

स्थानीय सरकारको एक वर्ष : कामको लय समाउँदै रूपन्देहीका स्थानीय तह

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ७ जेठ –स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै एक वर्ष पुगिसकेको छ । एक वर्षको अवधिमा जनताबाट चुनिएका जनप्रनिधिहरू जनतालाई नै सेवा दिन भनेर खटिएका छन् ।

Muktinath Bank

संविधानले स्थानीय तहलाई भरपूर अधिकार दिएको छ । बीस वर्षसम्म कर्मचारीको भरका चलेका स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताको धेरै आशा लिएका छन् । रूपन्देहीका स्थानीय तहले तुलनात्मकरूपमा अपेक्षाकृत काम गरेको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूलो महत्वाकांक्षाका साथ निर्वाचित भएर आएका जनप्रतिनिधिहरू  केही समय आन्तरिक समस्यामा अल्झिए पनि बिस्तारै कामको गति अगाडि बढाउँदै लगेका छन् ।


Advertisment
Nabil box
Kumari

विकशित तथा पूर्वाधारमा बलिया रहेका रूपन्देहीका स्थानीय तहले विकास आयोजना, पूर्वाधार निर्माणतर्फ आफ्नो ध्यानकेन्द्रित गरेको देखिन्छ । तर स्थानीय तहका जानकार टीकाराम घिमिरे विभिन्न कारणले जनताको आकांक्षा अनुसार एक वर्षसम्म स्थानीय तहले काम गर्न नसकेको बताउँछन । एक उप–महानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी जिल्लामा १६ स्थानीय तह छन् ।

Vianet communication
Laxmi Bank

‘रूपन्देहीका केही स्थानीय तह साधान/स्रोतमा सम्पन्न छन्,’ घिमिरेले भने, ‘केही स्थानीय तहले आशातित काम अगाडि बढाएका छन् । अन्यले भने अनुभवको कमी, साधन स्रोतको अभाव र कर्मचारीले जनप्रतिनिधिलाई सहयोग नगर्दा जनअपेक्षा अनुसार काम गरेको देखिँदैन,’ घिमिरले थपे, ‘विकासका गतिविधि केही हदसम्म बढ्न थालेको छन् । जनआकांक्षा धेरै र कर्मचारी र जनप्रतिनिधिको तालमेल अभावले सोचेजस्तो गतिमा काम भएको छैन ।’

पहिलो पटक सरकारको हैसियत पाएका स्थानीय तहहरूको करीब एक वर्षको अवधि कस्तो रह्यो त ?

रूपन्देहीको तिलोत्तमा नगरपालिका अन्य स्थानीय तहभन्दा काममा अगाडि देखिएको छ । नगरपालिकाले प्रदेश नम्बर पाँचमा पहिलो पटक स्थानीय कानून निर्माण गरी संघीय र प्रदेश सरकारलाई बुझायो । त्यस्तै सडक ग्राभेल योजना ल्याएर धेरै ग्राभेल हुन बाँकी रहेका सडक ग्राभेल गरिसकेको छ । सडक हरियाली र सरसफाई अभियान शुरु गरेको तिलोत्तमाले यो अभियानमा छिमेकी नगरपालिकालाई पनि सँगै हिँडाउन सफल भएको छ ।

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएर बालबालिकालाई विद्यालय भर्ना हुने वातावरण मिलाएको छ । २५ वटा सडकको राइट अफ वे (क्षेत्राधिकार) निर्धारण, न्यून विद्यार्थी संख्या भएका सामुदायिक विद्यालय मर्ज र बहुप्रतिक्षित नगरपालिकाको आफ्नै भवनको शिलन्यास जस्ता काम झण्डै एक वर्षको अवधिमा अघि बढाइएको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरले बताउँछन् ।

घिमिरेले भने, ‘सीमित साधनस्रोतबाट सकेसम्म अधिकमत काम हामीले गरिसकेका छौं ।’ तिलोत्तमाले प्लास्टिक झोला निषेध, पशु बिमामा अनुदानजस्ता अन्य कामहरू पनि अघि बढाएको छ ।

यसअघिका स्थानीय निकाय १५ वर्षसम्म जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले तिनलाई धानेका थिए । नयाँ स्थानीय सरकारहरूले जनप्रतिनिधि पाए पनि आवश्यकताअनुसार कर्मचारी पाएका छैनन् । जिल्लाका स्थानीय तहमा अझै ५० प्रतिशत कर्मचारी अपूग रहेको बताइन्छ ।

स्थानीय तहका जानकार युवराज कंडेलले जनप्रतिनिधिले प्राथामिकता क्रम नतोक्दा योजना छनोटमा अल्झिएको बताए । ‘जनप्रतिनिधिमा अनुभवको कमी देखियो । विकासको भविष्य नहेरी काम गर्दा विवादमा समेत आएको पाइयो,’ उनले थपे, ‘जनता उत्साहित, जनप्रतिनिधि अलमल परेका छन् ।’

पश्चिम नेपालकै पुरानो (२०१६ मा स्थापित) तथा बलियो पूर्वाधार रहेको बुटवल उपमहानगरपालिका नगरको आवधिक र दीर्घकालीन योजना निर्माणमा जुटेको छ । उप–महानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले नगरलाई सक्षम र बलियो बनाउन आवधिक तथा दीर्घकालीन योजना बनाउँदै अगाडि बढेको बताउँछिन् ।

‘हामी नगरको हाइटेक मार्गचित्र निर्माणका लागि सबै घरमा डिजिटल घर नम्बरिङ गराउँदै छौं ।’ त्यसैगरी अव्यवस्थित बसोवासीको लागत संकलन (१४ हजार घर) नगरका कच्ची सडकलाई ग्राभेल गर्न २२ करोड रूपैयाँ विनियोजन भएको छ ।

सर्वजनिक जग्गाको लागत संकलन न्यायिक समितिद्वारा मेलमिलाप ३५ मुद्दा निरूपण पनि गरेको बुटवल उप–महानगरपालिकाको भनाइ छ । सिद्धार्थनगर नगरपालिका पनि कछुवा गतिमा अगाडि बढेको छ । स्थानीय कानून निर्माण, फोहोरमैला व्यवस्थापन, नेपाल भारत सीमा नाका बेलहियामा बुद्धत्व झल्किने आकर्षक प्रवेशद्वार निर्माणको जिम्मा, ४० भन्दा बढी अलपत्र सडक निर्माण सम्पन्न गरेको प्रेस सल्लाहकार प्रकाश न्यौपानेले बताए ।

त्यसैगरी फोहोर फालिँदै आएको डन्डा नदीमा बोटिङ सञ्चालन गर्ने पहल, ढल निकास, डुबान समस्या समाधानको लागि छलफल गरी काम अगाडि बढाएको छ । सैनामैना नगरपालिकाले पनि जनताले प्रत्यक्ष देखिने कामहरू अगाडि बढाएको छ ।

नगरबासीको अवस्थाको लगत संकलन नगरको गुरूयोजना बनाउने प्रक्रिया शुरू गरेको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

‘स्थानीय कानून निर्माण, फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन, सबै (११) वटै वडामा पार्क तथा हरियाली निर्माण, कृषि पकेट क्षेत्र बनाउने तयारी, सबै सडक ग्राभेल र स्तरउन्नति, किसानलाई अनुदान, बुद्धकालीन सैनामैना सभ्यता उत्खनन गर्ने र लामीरहमा बहुउद्देश्यीय जलासय निर्माणको तयारी भएको छ,’ कार्कीले भने ।

लुम्बिनी सांस्कृति, देवदह नगरपालिका र कञ्चन कोटियामाई, मर्चकारी, मायादेवी ओमसतिया, रोहिणी सम्मरीमाई, सियारी शुद्धोधन र गौडहवा गाउँपालिका जनताको आकांक्षाहरू धिमा गतिमा अगाडि बढाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x