×

NMB BANK
NIC ASIA

व्यवस्थित बन्दै कर्णालीको राजधानी, नगरपालिकाले चलायो डोजर

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, १० जेठ– वीरेन्द्रनगर नगरपालिकाले फूटपाथ हटाइसकेपछि कर्णालीको राजधानी समेत गरेको वीरेन्द्रनगरको बीच बजारलाई व्यवस्थित गर्ने अभियान शुरु गरेको छ । विहीवार नेताचोक, गणेशचोक र बुद्धपथ बजार क्षेत्रमा नगरको डोजर चल्यो । नगरपालिकाले बजार व्यवस्थापन गर्न भन्दै डोजर चलाए पछि स्थानीयले पनि साथ दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

वीरेन्द्रनगर वडा नं. ६ बुद्धपथमा व्यवसाय गर्ने रामबहादुर शाहीले नगरपालिकाले गरेको कार्य ऐतिहासिक भएको बताए । ‘यो काम उहिल्यै गरिसक्नु पथ्र्यो,’ शाहीले भने, ‘तर पनि राजधानी बनेसँगै अतिक्रमण हटाउन नगर आक्रामक बन्नु स्वागतयोग्य हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले यसअघि फुटपाथ अतिक्रमण गरि बसेकाहरुलाई डोजर चलाएरै हटाएको थियो । 


Advertisment
Nabil box
Kumari

नगरपालिकाले गरिबलाई मात्रै हटाएको भन्ने आरोप लागिरहँदा नगरपालिका बजार क्षेत्रका ‘ठूला’ भनिने व्यवसायीहरुले गरेको अतिक्रमण हटाउन थालेको हो ।

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा कसैलाई पनि फूटपाथ अतिक्रमण गर्न नदिने प्रतिवद्धता जनाए । ‘हामी नगरलाई समृद्ध बनाउने महत्वाकांक्षी योजनासहित अघि बढेका छौं,’ उनले भने, ‘नगरले जसले अतिक्रमण गरेको छ, त्यसलाई नियन्त्रण गर्छ यसमा आग्रह–पूर्वाग्रहले प्रभाव पार्दैन ।’

प्रमुख सुवेदीले पहिलो चरणमा पहिलो चरणमा फुटपाथ व्यवस्थापन, सरसफाइका कामहरु गरेको बताए । ‘प्रदेशको राजधानी भएकोले पनि हामीले नगर व्यवस्थापनमा जोड दिएका हौं ।’ उनले भने, ‘अब आगामी बजेट सत्रमा हामीले नगर विकास मापदण्ड तयार गर्नेछौं ।’

नगर प्रमुख सुवेदीले बजारमा मापदण्डभन्दा बाहिर परेको खण्डमा घर, भवन वा अन्य जस्तोसुकै संरचना भए पनि भत्काइने बताए । तर बजार क्षेत्रमै रहेको उषा बालबाटिकाले सार्वजनिक जग्गामा घेरबार लगाएको छ । उसले अहिलेसम्म घेरबार हटाएको छैन । 

यससम्बन्धमा प्रश्न सोध्दा नगर प्रमुखले विद्यालयलाई पत्र पठाइसकिएको बताए । ‘हामीले उक्त घेरबार हटाउन पत्र पठाइसकेका छौं,’ उनले भने, ‘विद्यालय क्षेत्र भएका कारण डोजर नचलाएका हौं ।’ 

नगर प्रमुख सुवेदीले एक–दुई दिन भित्र विद्यालयले घेरबार नहटाए नगरको डोजर चल्ने बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x