×

NMB BANK
NIC ASIA

मुख्य समाचार : संविधान संशोधन नगरे आन्दोलन गर्ने राजपाको चेतावनी, गोरेले दिए १६ पृष्ठको बयान

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ जेठ– सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा समेत संशोधन प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो ।

Muktinath Bank

राष्ट्रियसभा बैठकमा बिहीबारदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै काँग्रेसका सुरेन्द्रराज पाण्डे, फोरमकी प्रमिला कुमारी तथा राजपाका वृषेशचन्द्र लालले संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समावेश नभएको भन्दै असन्तुष्टी जनाएको छ। राष्ट्रियसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भागलिदै राजपा नेपालका सांसद्ले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।


Advertisment
Nabil box
Kumari

सरकारलाई समर्थन गरेको राजपाले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा सरकारले चासो नदिएपछि असन्तुष्ट बनेको हो । बैठकमा राजपा नेपालका सांसद बृषेशचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

Vianet communication
Laxmi Bank

गोरेको बयान जारी
सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा बिहीबार दोस्रो दिन पनि बयान लिइएको छ ।  जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ । 

बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५ बजेसम्म चलेको थियो । उप्रेतीले १६ पृष्ठको बयान दिएको बताइएको छ । मंगलबार पक्राउमा परेका उनको बयान बुधबारदेखि शुरु भएको हो ।  उनले बुधबार बयानका लागि उपस्थित भएपछि आपूm असुरक्षित महसुस गरिरहेकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्नुपर्ने भनी अदालतसँग माग गरेका थिए ।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ ।

काठमाडौंमा भेटियो बर्ड फ्लू
राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको छ । राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

थप दुई ठाउँमा बर्डफ्लू प्रमाणित
चितवन जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका– ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो । 

कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकामा बर्डफ्लू प्रमाणित भई आएपछि त्यहाँ रहेका २६ कुखुरा नष्ट गरिएको खरेलले बताए । 

नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् । 

नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामा लाग्नाको विकल्प नभएको बताएका थिए । बैठकमा दल दर्ता प्रयोजनका लागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको थियो ।

सहसचिवको सरुवा र पदस्थापना
सरकारले २८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको हो भने १६ सहसचिवहरु सरुवामा परेका छन् ।

यातायात व्यवस्था विभागमा रहेर यातायातको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनाराण भट्टराई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रालय तानेर जगेडामा राखेका भट्टराईलाई श्रम मन्त्रालयमा पठाइएको हो । 

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका  ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ ।

संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट  सम्पर्क कार्यालय खारेज भएको निजी सचिव पुष्प ढकालले जानकारी दिए ।

काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ ।

सर्वाेच्च अदालतमा रिट दायर
बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी गरी जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । 

कैद माफी प्रक्रिया रोक्न माग गर्दै रिट दायर भएको हो । सरकारले ढुंगेल सहित करिब ८ सय ५० कैदीलाई कैद माफी दिइ गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ ।

कर्णाली प्रिमियर लिग 
कर्णाली प्रिमियर लिगको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ । समूह ‘ए’बाट रुपन्देही–११ विजेता र त्रिभुवन आर्मी क्लब समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् । 

यस्तै, समूह ‘बी’बाट धनगढी क्रिकेट एकेडेमी विजेता र मध्यपश्चिम क्रिकेट क्लब उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् । रुपन्देही, धनगढी र मध्यपश्चिम यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए भने आर्मीले बिहीबार भेरीगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x