×

NMB BANK
NIC ASIA

अर्को चुनावमा बहुमत ल्याउन कांग्रेसले यसो गर्ने

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ११ जेठ- विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । 

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ; काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए । 

काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन गरेर काँग्रेस अगाडि बढ्ने बेला आएको बताउँदै “प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ,” भन्नुभयो । 

सबै क्षेत्रको भरोसा गर्नलायक पार्टी काँग्रेस भएको बताउँदै उहाँले भन्नुभयो, “जनताले काँग्रेसबाट नयाँपन खोजेको छ ।” 

सांसद भीमसेनदास प्रधानले कमजोर अवस्थामा रहेको काँग्रेसलाई बलियो अवस्थामा फर्काउनका लागि सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको काँग्रेस आज किन यस्तो अवस्थामा आयो, यसको बारेमा गम्भीर छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्र भट्टराईले काँग्रेस एकताबद्ध भएर संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको उल्लेख गर्दै “काँग्रेस हारेपनि प्रजातान्त्रिक विचारधाराको विजय भएको छ,” भन्नुभयो । 

नेपाल वार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले काँग्रेसको क्रियाकलापका कारण नेपालका वामपन्थी एक भएको बताउँदै काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । 

डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले पार्टीले भ्रातृ तथा शुभेच्छुक संस्थालाई बेवास्था गर्नुका साथै निर्वाचनका बेला राम्रोसँग परिचालन गर्न नसक्नु काँग्रेस पराजयको मुख्य कारण भएको बताउनुभयो । 

इञ्जिनियर एशोसिएसन नेपालका पूर्वउपाध्यक्ष धुव्र थापा, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, नेपाल प्राध्यापक संघका उपाध्यक्ष विनोदकुमार श्रेष्ठलगायतले मुलुकको राजनीतिक अवस्था र काँग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x