×

NMB BANK
NIC ASIA

जनकपुरधाम, ११ जेठ – प्रदेश नम्बर २ मा गठन भएको प्रदेश सरकारको १ सय दिन पूरा भएको छ । ३ फागुन २०७४ मा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ लिएका थिए ।

Muktinath Bank

उनको नेतृत्वमा सरकार गठन भएपछि १३ फागुनमा उनले आफ्नो सरकारको सय दिने कार्ययोजना तथा प्रतिवद्धतापत्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती प्रतिवद्धता कति पूरा भए भन्ने कुरा त प्रदेश सरकारले औपचारिक रूपमै प्रष्ट पार्ला र त्यसको समीक्षा हुन्छ नै । तर सय दिनभित्र प्रदेश सरकारले आवश्यक कानून निर्माणमा कति प्रगति गर्‍यो, यस विषयमा लोकान्तरले सोधखोज गरेको छ ।


Advertisment
Nabil box
Kumari

दुईवटा कानून राजपत्रमा प्रकाशित

Vianet communication
Laxmi Bank

हालसम्म दुईवटा कानून निर्माण गरेर प्रदेशसभाबाट पारित गर्दै प्रदेश राजपत्रमा प्रकाशित भएको छ । आर्थिक कार्यविधि ऐन र विनियोजन ऐन प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्रमाणित भई राजपत्रमा प्रकाशित भइसकेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानूनतर्फका उपसचिव पुरुषोत्तम खतिवडाले लोकान्तरसँग भने, ‘विभिन्न ६ वटा विधेयकहरू प्रदेशसभामा दर्ता भइसकेका छन् भने बाँकी ९ वटा कानून बनाउनका लागि मन्त्रिपरिषद्को बैठकबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ ।’

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक, जिल्ला समन्वय समिति, नगरसभा, गाउँसभा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, जिल्लासभा, गाउँसभा, नगरसभा, सञ्चालन बैठकको कार्यविधि समिति गठनसम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का पदाधिकारीहरूको सेवा सुविधासम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक, प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक प्रदेशसभामा दर्ता भएको छ ।

उपसचिव खतिवडाले भने, ‘प्रमुख विपक्षी दलको मान्यता कसले पाउने भन्ने विषयलाई लिएर नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गरेका कारण ती विधेयकहरू पारित हुन सकेन । तर अब त्यो विवादको टुंगो लागिसकेकाले सदन सुचारु हुनेबित्तिकै दर्ता भएका ती सबै विधेयकहरू पारित हुनेछन् ।’

प्रमुख प्रतिपक्षी दलको नेता कसले पाउने भन्नेमा तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद थियो । कांग्रेसले आफूले पाउनु पर्ने भन्दै सदन अवरुद्ध गर्दै आएपछि सभामुख सरोजकुमार यादवले नेपाली कांग्रेसलाई उक्त मान्यता प्रदान गरेका छन् ।

सैद्धान्तिक सहमति प्राप्त भएका कानून

मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा थप कानूनहरू बनाउनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

प्रदेश नम्बर २ प्रहरी विधेयक, प्रदेश सञ्चित कोष सञ्चालन कार्यविधि विधेयक, कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धी विधेयक, प्रदेश नीति आयोग गठन तथा कार्यसञ्चालन आदेशसम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयक, प्रदेश नम्बर २ को सवारी साधन कर असुल उपर गर्नेसम्बन्धी विधेयक, प्रदेश नम्बर २ को मनोरञ्जन कर असुल उपर गर्नेसम्बन्धी विधेयक, प्रदेश वनसम्बन्धी विधेयक, प्रदेश विपत व्यवस्थापनसम्बन्धी विधेयक बनाउनका लागि मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।

उपसचिव खतिवडाका अनुसार अब ती विधेयकहरू बनाउने प्रक्रियामा सरकार लागिसकेको छ । उपसचिव खतिवडाले भने, ‘अरु विधेयक बनाउन खासै समस्या नभए पनि प्रदेश प्रहरी विधेयक बनाउन अलि समस्या भएको छ, किनभने प्रदेश प्रहरी सञ्चालन, सुपरिवेक्षण र समन्वय संघीय कानून बमोजिम हुनेछ भन्ने कुरा लेखिएका कारण संघीय सरकारसँग समेत समन्वय गरेर फाइनल नहुञ्जेल अफ्ठ्यारो हुन्छ ।’ प्रदेश सरकारले प्रहरीसम्बन्धी विधेयकका लागि तत्काल एउटा मस्यौदा तयार गरेर विभिन्न सरोकारवालाहरूसँग दुईपटक छलफल समेत गरिसकेको छ ।

प्रदेश प्रहरी प्रमुखमा डीआईजी हुने संघीय व्यवस्था भएकोमा प्रदेश सरकारले आईजी नियुक्त गर्न खोजेको छ । प्रदेश प्रहरीको आफनै प्रतिष्ठान, आफ्नै आयोग हुने जस्ता प्रावधानहरू राख्ने तयारी गरेको छ ।

सैद्धान्तिक सहमति पाइसकेका कानूनको मस्यौदा बनाउनका लागि प्रदेश सरकारले कानूनमन्त्रीको संयोजकत्वमा एउटा समिति बनेको छ, जसले विधेयकमा परिमार्जन आवश्यक भए संशोधन गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x