×

NMB BANK
NIC ASIA

बुटवलमा आजदेखि टाटा मोटर्सको तीन दिने कार मेला

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ११ जेठ – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र सिप्रदी ट्रेडिङ प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेसनलको संयुक्त सहकार्यमा वार्षिक रूपमा आयोजना हुने टाटा मोटर्स कार मेला आजबाट पहिलोपटक बुटवलस्थित क्लब डी नोभोमा शुरु भएको छ । उक्त मेला जेठ ११, १२ र १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ ।

Sagarmatha Cement
Muktinath Bank

आफ्नो वर्गको अन्य कार्यक्रमहरूमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले ग्राहक तथा दर्शकहरूबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रियाहरू पाइरहेको हुनाले यो वर्षदेखि बुटवलमा पनि आयोजना गर्न लागिएको हो । यस मेलामा ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूका साथ टाटाका कारहरू खरिद गर्न सक्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरूका रूपमा टाटा प्यासेन्जर गाडीहरूको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फूड स्टल लगायत विभिन्न सांगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरू रहेका छन् ।


Advertisment
Nabil box
Kumari

साथै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ ।

Vianet communication
Laxmi Bank

विशेष गरी कारका पारखीहरूका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

टाटा मोटर्सबारे

टाटा मोटर्स (वार्षिक) ४२ अर्व डलरको कारोबार गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो जसले कार, युटिलिटी गाडीहरू, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरू उत्पादन गर्छ ।  यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी  हो र १०० अर्व डलरको कारोवार रहेको टाटा ग्रुपको एउटा हाँगा हो । ७६ सहायक कम्पनीहरू मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ ।

बेलायतको स्थापित ज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्तरगत उत्पादन हुन्छ । अनि यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ ।  कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । पेसेञ्जर गाडीको विक्रीमा पनि टाटा अगाडि नै रहेको छ ।

यसका ९० लाख गाडीहरू भारतीय सडकमा गुडिरहेका छन् । कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविष्कारमा ध्यान दिदै आएको छ ।

यसको अनुसन्धान र विकास केन्द्रहरू भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरू, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरूमा विक्री वितरण हुन्छ ।

सिप्रदीको बारेमा

सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरू मध्ये एक हो ।

३४ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ  र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् ।

उनीहरू उत्कृष्ट वस्तु र सेवा पुर्‍याउने एउटै उद्धेश्यका साथ काम गरिरहेका छन् जसले सिप्रदीको ब्राण्ड भ्यालु वढेको छ ।

सिप्रदी ट्रेडिङ प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरू रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित १८ विक्री कार्यालय र २४ सेवा केन्द्रहरू रहेका छन् । यसका पेसेन्जर गाडीमा समर्पित २० शोरुम र २५ सेवा केन्द्रहरू रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x