×

NMB BANK
NIC ASIA

साढे ३३ किलो सुन प्रकरण : जिल्ला अदालतले छाडेका अभियुक्तविरुद्ध उच्च अदालतमा पुनरावलोकन

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ११ जेठ– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या मुद्दामा मोरङ जिल्ला अदालतले धरौटी र साधारण तारेखमा छाडेका २ जना अभियुक्तविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावलोकन निवेदन दर्ता हुने भएको छ । 

Muktinath Bank

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका प्रहरी जवान विष्णुबहादुर खड्का र १५ हजार धरौटी तिरेर रिहा भएका प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावलोकन निवेदन दर्ता गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खड्का सुन काण्डमा संलग्न भनेर प्रहरीको खोजी सूचिमा रहे पनि फरार रहेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम बहादुर खत्रीका ड्राइभर थिए भने मगर खत्रीका अंगरक्षक थिए । 


Advertisment
Nabil box
Kumari

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीहरूविरुद्ध सुन तस्करीमा संलग्न रहेको भन्दै संगठित अपराध नियन्त्रण ऐन लगायतअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

Vianet communication
Laxmi Bank

थुनछेक बहसका क्रममा उनीहरूविरुद्ध अभियोग लगाउने पर्याप्त प्रमाण नभेटिएको र उनीहरूलाई थुनामा राखिराख्नुपर्ने पर्याप्त आधार नभएको भन्दै मंगलवार (८ वैशाख) मा साधारण तारेख र धरौटी लिएर रिहा गरेको थियो । 

तर जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको आदेशमा ‘चित्त नबुझेको’ भन्दै उच्च अदालतमा पुनरावलोकन गर्न लागेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकले रिहा भएका दुवैजना विरुद्ध मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बरअन्तर्गत उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गर्ने बताए । 

मुलुकी ऐन, अदालती बन्दोबस्ती महलको १७ नम्बरमा कुनै अदालतको आदेशमा चित्त नबुझे झगडीया पक्षले आदेश भएको १५ दिनभित्र सोभन्दा माथिल्लो अदालतमा पुनरावलोकन निवेदन दर्ता गर्न पाउने व्यवस्था छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x