×

NMB BANK
NIC ASIA

सुन तस्करीकाण्ड : बल्ल खुल्न थाले गोरे, तीन दिनमा दिए २७ पेज लामो बयान

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ११ जेठ –सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरणमा  मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’को बयान शुक्रबार पनि जारी रह्यो ।  बयान लिने क्रम अब  अन्तिम चरणमा पुगेको  गोरेतर्फका वकिल यमबहादुर मगरले जानकारी दिए । आइतबार १–२ घण्टाको बयान पछि बहस हुने उनले बताए । 

Muktinath Bank

जिल्ला अदालत मोरङको इजलासमा बयान दिने क्रममा सुरुका २ दिनसम्म नर्भस देखिएका गोरेले आजदेखि बयानमा खुलेर आफ्नो कुरा राख्न थालेको छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजोसम्म डरमा रहेको जस्तो देखिने गोरेले आजदेखि खुलेर आफ्ना कुराहरु राख्न थालेका हुन् ।  


Advertisment
Nabil box
Kumari

सुरुका दिनमा बोल्न नमान्ने र डराएको जस्तो देखिने गोरेका लागि बयान लिने अधिकारीले सहज वातावरण तयार गर्दै सोधीखोजी गर्न थालेपछि उनले आफ्ना कुरा स्पष्ट राख्न थालेको बताइन्छ । 

Vianet communication
Laxmi Bank

श्रोतका अनुसार, गोरेले आफ्नो बारेमा केही भन्न डराइरहेको जस्तो देखिएकोमा  आजदेखि सोधेका विषयहरु केहि सहज रुपमा  जवाफ दिइरहेका थिए । 

 सुरुका दिनमा गोरेले एउटा प्रश्न सोध्दा अलमल्निे र अरु नै जवाफ दिने गरेका थिए ।  जिल्ला अदालतका निमित श्रेस्तेदार केदारप्रसाद गौतमले मुद्दाको प्रकृति नै अप्ठेरो खालको भएका कारण बयानको क्रम केही लम्बिएको बताए । उनले आइतबारसम्मा बयान सकिने स्पष्ट पारे । 


तीन दिनमा २७ पेज लामो बयान
गोरे तर्फका वकिल यमबहादुर मगरले आइतवार १–२ घण्टाको बयान पछि बहस शुरु हुने लोकतान्तरलाई जानकारी दिए । 

बुधबार, बिहीबार र शुक्रबार  गरी तीनदिनमा गोरेले २७ पेज लामो बयान दिएका छन्  । उनले बुधबार ५ पेज, बिहीबार ११ पेज र शुक्रबार ११ पेजको बयान दिएका हुन् । 

शुक्रबार बिहान ११ बजेदेखि बयान दिन शुरु गरेका गोरेले दिउँसो ४ बजेसम्म बयान दिएका थिए । 

आज शुक्रवार भएकोले उनीसँग ३ बजेसम्म मात्र बयान लिने तय भएपनि सहज रुपमा प्रश्नको जवाफ आउने क्रम नरोकिएकोले एक घण्टा ढिलोसम्म बयान लिइएको थियो । 

अधिवक्ता मगरका अनुसार बयान घटनाक्रमको अन्तिम अवस्थामा आइपुगेको छ । अब यातना दिएको भिडियोमा देखिएका मानिसहरुबारे सोधीखोजीको अबस्थामा पुगिएको छ ।  त्यो क्रम आइतबार २ घण्टामा सकिने आंकलन गरिएको छ । 
 सुन तस्करीको सुरुवात, तस्करीमा संलग्न व्यक्तिहरु, सनम शाक्य हत्या र हत्यामा संलग्न भनिएका अभियुक्तहरुको विषयमा गोरेले बताइसकेका छन् । 

यद्यपी गोरेले २७ पेज लामो बयान दिएपनि बाहिर कुनै विषय जानकारी दिइएको छैन । 

उनले सनमको हत्या स्वीकार गरे या गरेनन् ? सनमसँगको सम्बन्धमा सुन मात्र जोडिएको थियो या अन्य कुनै बिषय पनि जोडिएका छन् ? सुन तस्करीमा जोडिएका अरु पनि कोहि थिए या थिएनन् ?  लगायतका कुनै सवाल बाहिर ल्याइएको छैन । 

गोरेको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर ईजलाशमा चलिरहँदा उनको बयान भने सोही फाँटका कर्मचारी चिरन्जीबी पोखरेलले लिँदै आएका छन् ।

 तर उनलाई कुनैपनि कुरा बाहिर नलैजान निर्देशन दिइएको छ ।  हुनपनि कानुनी जटिलता त्यस्तै नै हुन्छ  । लिइएको बयान जुनबेलासम्म न्यायाधिशले प्रमाणिकरण गर्दैनन् त्यो बयानको बारेमा प्रतिवादीका वकिलले पनि कुनै प्रतिक्रिया दिन पाउँदैनन् ।

अदालतमा गोरेको तर्फबाट प्रतिबादीको रुपमा बहस गर्नेछन् । उनले  गोरेले के बयान दिए भन्नेबारेमा थाहा नभएको सुनाए । जिल्ला अदालत मोरङको ६ नम्बर इजलाशमा गोरेले बयान चलिरहँदा बाहिर बस्नेहरुले विभिन्न अड्कल मात्रै गरिरहेका छन् । 
 

गोरेलाई दरिलो सुरक्षा
काठमाडौंबाट विराटनगर पुर्याइँदा यस्तो सुरक्षा ब्यवस्था गरियो कि जुन कल्पना गरेको भन्दै धेरै नै फरक थियो । यति की सुरक्षाको कारण देखाउँदै गोरेलाई लिनको लागि प्रहरीको गाडी विमानस्थलको धावनमार्गमा नै पु¥याएको थियो । 

तेश्रो दिनको बयान चल्दासम्म पनि सुरक्षामा कुनै कमी देखिएन । प्रहरीको बलियो सुरक्षाका बीच गोरेलाई अदालत ल्याउने र लैजान  काम गरेको छ । 

जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदार प्रसाद गौतमले सुरक्षाको विषयमा गोरेले अहिले कुनै पनि गुनासो नगरेको बताए ।
 

उनले भने, ‘संविधान भन्दा बाहिर गएर मानव अधिकारवादीको निगरानीमा सुरक्षा दिने व्यवस्था कहिँकतै छैन । तर त्यसको व्यवस्था मिलाउन न्यायाधिशबाट आदेश आएको हो ।’


 तीन साताअघि सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो । 

गत माघमा दुबईबाट काठमाण्डौं भित्रिएको भनिएको साढे ३३ किलो सुन हराएपछि उत्पन्न प्रकरणसँग यो मुद्दा जोडिएको छ।

सो प्रकरणमा पूर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित २८ जना अदालतको आदेशमा   पूर्वपक्षको लागि जेल चलान भइसकेका छन्  । 

यस्तै आरोपीमध्येका एक प्रहरी  तारेखमा, अर्का एक प्रहरी भने  धरौटीमा रिहा भइसकेका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x