कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जनकपुरधाम, १२ जेठ– प्रदेश नम्बर २ मा लालबाबु राउत नेतृत्वको सरकारको सय दिनको कामकाजलाई प्रतिपक्षी दलका नेताहरूले असफल सरकारको रूपमा चित्रण गरेका छन् ।
संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को गठबन्धनमा बनेको राउत नेतृत्वको सरकारलाई पक्षमा मतदान गर्ने तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रका सांसदहरूले समेत राउत सरकारको आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रदेश सरकारको सय दिनको हनिमुन अवधिमा खासै सफलता प्राप्त गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
सरकार पूर्णतः असफल : रामचन्द्र मण्डल, संसदीय दलका नेता , पूर्व माओवादी केन्द्र
तत्कालिन नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेश सरकारको सय दिनको काम काजबाट सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन् ।
सय दिनेका समयमा सरकार पूर्ण अनुभवहीन तरिकाले अगाडि बढेका कारण असफल भएको उनले बताए ।
सरकार कसरी संचालन गर्नु पर्छ भन्ने कुराको अनुभव नभएका कारण परिणाममुखी वातावरण निर्माण नै गर्न नसकेको उनले लोकान्तरलाई बताए । परिणाममुखी कुनै काम नै नगरेर महत्वपूर्ण समय सरकारले खेर फालेको उनले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई सफल पार्नु बाहेर प्रदेश सरकारले एउटा पनि सकारात्मक काम गर्न नसकेको उनले आरोप लगाए ।
‘मोदीको भ्रमणमा प्रदेश सरकारले गरेको खर्चमा ब्यापक भ्रष्टाचार भएको जनगुनासो आएको छ, सरकारले खर्चलाई पारदर्शी बनाउन सकेको छैन,’ मण्डलले लोकान्तरसंग भने,‘यो सरकारले ठोस काम केही गरेकै छैन । सदनबाट दूई वटा कानून मात्र बनाउन सकेको छ, बाँकी कानूनहरू निर्माण गर्न पनि सरकार चुकेको छ ।’
प्रमुख प्रतिपक्षी दलको नेता चयन गर्दा पनि सहमतिमा चयन नगरेर स्वेक्षाचारी ढंगले सरकारले एकाधिकार शैलीमा काम गर्न खोजेको देखियो, जबकी सरकारले बिश्वासको मत लिंदा हामीले पनि सरकारको पक्षमै मतदान गरेका थियौं, मण्डलले भने, ‘अब समर्थन फिर्ता नै लिनु पर्ने बिषयमा समेत हामीले छलफल गर्नुपर्ने बेला आइसकेको छ,आउँदो दिनमा सदनमा रोस्ट्रम घेराउ गर्ने सम्मको रणनीति बनाएर हामी अघि बढ्छौं ।’
अब समर्थन फिर्ता लिन्छौं : सत्यनारायण मण्डल, संसदीय दलको नेता, पूर्व नेकपा एमाले
‘प्रदेश सरकारले गरेको कामलाई सकारात्मक रूपमा लिने सकिन्न, कम से कम प्रदेशको नामाकरण त गर्न सक्थ्यो, त्यो पनि गर्न सकेको छैन,’ पूर्ब नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले लोकान्तरलाई बताए ।
प्रदेशको नामकरण, भाषा सम्बन्धि समस्या र स्थायी राजधानीको बिषय टुंगो लगाउन सकिने भएपनि प्रदेश सरकारले नगरेको उनको आरोप छ ।
‘सरकारलाई निश्वार्थ भएर हामीले रचनात्मक काम गर्न सकोस भनेर पक्षमा मतदान गरेका थियौं’ उनले भने‘तर ब्यबहारमा सरकारको त्यस्तो कुनै काम नै हामीले अहिलेसम्म देख्न सकेका छैनौं ।’
सरकारले कुनै काम गर्दा आफूहरुसँग सरसल्लाह तथा छलफल नगरेर एकलौटी ढंगमा अगाडि बड्न खोजेको उनको आरोप छ ।
‘सरकारले हाम्रो उदारताको नाजायज फाइदा मात्र उठाएन, हामीलाई मान मर्दन गर्ने काम समेत गर्यो, उनले टिप्पणी गरे । सदनमा अहिले हामी पार्टी एकता पछि सबै भन्दा ठूलो पार्टीको रूपमा स्थापित भएका छौं, तर प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई सरकारले प्रदान गरायो, मण्डलले भने, ‘अब यो सरकारलाई हामीले दिएको समर्थन फिर्ता लिन्छौं ।’
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिले राष्ट्रको बेईज्जति गरेको उनले टिप्पणी गरे ।
मोदीको भ्रमणका क्रममा ‘स्वतन्त्र मधेश देशमें आप्का स्वागत है’ भन्दै झण्डा र ब्यानर झुण्डयाइदा समेत प्रदेश सरकारले त्यस्ता अखण्डता बिरोधि गतिविधिलाईसमेत नियन्त्रण गर्न नसकेको मण्डलले आरोप लगाए ।
मोदी भ्रमण बाहेक सकारात्मक काम देखिएन : शिबचन्द्र चौधरी, सांसद नेपाली कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको सय दिन उपलव्धि पूर्ण नभएको बताए ।
‘मुख्यमन्त्री राउतले राखेको अंगरक्षक माथि त उनको केही अधिकार छैन, भने उनले के नै काम गर्न सक्थे, तर गर्नु पर्ने कामहरू समेत गर्न नसकेकाले सरकारको सय दिने काम सकारत्मक भयो भनेर भन्न सकिने अबस्था छैन,’ नेपाली कांग्रेसका सांसद शिबचन्द्र चौधरीले भने ।
अधिकारविहीन सरकारबाट धेरै अपेक्षा पनि गर्न सकिन्न तर, सदनमा बिभिन्न संसदीय समिति बनाएर प्रदेशमा भईरहेका बिकास निर्माणका कामहरूको नीरिक्षण गर्न जिम्मेबारी त प्रदान गर्न सकिन्थ्यो, त्यो पनि सरकारले गर्न सकेको छैन भन्दै चौधरीले लोकान्तरसंग भने, ‘प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा के कति रकम खर्च भयो, हुंदै छ, भन्ने बिषय समेत आफूहरूलाई जानकारी दिइएको छैन ।’
सरकारले सय दिनमा के कति काम गरे त्यस बारे आधिकारिक जानकारी समेत सदनलाई गराइएको छैन, सरकारको काम अत्यन्तै ढिलासुस्ती तरिकाले भईरहेको हुनाले राम्रो मुल्यांकन गर्न सकिन्न, चौधरीले भने ।
प्रदेशको नामकरण बारे आफूहरुले प्रस्ताव राखेको भएपनि प्रदेश सरकारले वेवास्ता गरेको उनले दाबी गरे । प्रदेशको नेतृत्व गरेको फोरम केन्द्र सरकारमा जान खोजेका कारण द्विविधामा परेको उनको टिप्पणी थियो ।
कति अंक दिए ?
प्रदेश सरकारले गरेको सय दिनको कामको बारेमा १ सय मार्कमा कति नम्बर दिनुहुन्छ भन्ने लोकान्तरको प्रश्नमा पूर्व माओबादी केन्द्रका सांसद मण्डलले १० अंक दिए भने पूर्व एमालेका सांसद मण्डलले २० नम्बर दिए । ती दुवै सांसदले सरकार पूर्णता फेल भएको बताए पनि कांग्रेसका सांसद चौधरीले भने ४० मार्क दिंदै सरकार पास भएको बताए । पूर्व एमाले र माओवादी भने सरकारलाई साथ दिने दलसमेत हुन् ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...