×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको ‘हनिमुन पिरियड’ : प्रतिपक्ष भन्छ, ‘हनि’ मै अल्झियो

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, १२ जेठ–  कर्णाली प्रदेश सरकारले आफ्नो अत्यन्तै महत्वपूर्ण समय ‘हनिमुन पिरीयड’ मनाएको छ । फागुन ३ गते कर्णाली प्रदेश सरकारले महेन्द्रबहादुर शाहीको मुख्यमन्त्रीत्वमा सरकार पाएको थियो । मुख्यमन्त्री शाही नेतृत्वको सरकार गठन भएको सय दिन पुरा भएको छ । सरकारले हनिमुन पिरीयड पार गरेपछि प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले सरकार हनिमुन पिरीयड पार गर्दै गर्दा ‘हनि’मै अल्झिएको आरोप लगाए । उनले भने, ‘हनिमै अल्झिएपछि अरु के नै गर्न सकिन्छ र ?

Sagarmatha Cement
Muktinath Bank

कर्णालीमा सत्तापक्ष प्रतिपक्ष जस्तो भएको र आफूहरु सत्तापक्ष जस्तो भएको देखिएको उनको भनाइ छ । ‘संसदमा हामीले सरकारलाई सहयोग गरेका छौं ।’ नेता शाहीले भने, ‘उहाँहरुकै पक्षका सांसदहरु प्रतिपक्ष जस्तो देखिनु भएको छ ।’ सरकारले ठुला सपना देखाउने तर कार्यान्वयनमा लैजान नसकेको उनको आरोप छ । ‘कर्णाली रारा पर्यटन वर्ष आयोजना गरेर पाँच लाख पर्यटक भित्र्याउने घोषणा सरकारले गर्यो ।’ उनले भने, ‘तर पूर्वाधारको विकास नगरि त्याे कसरी सम्भव छ ?’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश सरकारले बजेट पारीत गरेको  धेरे समय वितेपनि रातो किताब दिन नसकेको, प्रदेशको नाम कर्णाली भनेर गृह मन्त्रालयलाई बताउन नसकेको, ऐन कानून बनाउन ढिलाई गरेको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

साविकको नेकपा एमालेका सचेतक गुलावजंग शाहले सरकार जटिलताबीच गठन भएकाले प्रगति कम भएको बताए । ‘केन्द्र र स्थानीय तहका संरचना थिए । तर प्रदेशका कुनै पनि संरचना छैनन्,’ उनले भने, ‘अब विस्तारै सरकारले गति लिनेमा म विश्वस्त छु ।’ सचेतक शाहले नयाँ संरचना निर्माण गर्नुपर्ने अभिभारा र जनताका तीव्र आकांक्षाका कारण सरकार ढिलो चलेको अनुभूति भएको भएपनि अब सरकारले कार्यविधि तय गरेर द्रुत गतिमा काम गर्ने अपेक्षा गरे ।

Vianet communication
Laxmi Bank

‘सरकारले बजेट ल्याए पनि कार्यान्वयनमा चुनौति देखिएको, विभिन्न ऐनहरु बनाउन लागेको, कानुनी अडचनका कारण सरकार दौडन नसकेको हो,’ सरकारको बचाउ गर्दै सचेतक शाहले लोकान्तरसँग भने, ‘अब केहि दिनमै सरकार दोडेको तपाई हामीले देख्न सक्छौं कि भन्ने अपेक्षा छ ।’ यद्यपि उनले सरकारले तीव्र गतिमा गर्नुपर्ने काम भने गर्न नसकेको उनको आरोप छ ।

पूर्व माओवादी केन्द्रका नेता विन्दमान विष्ट भने सरकार ६५ प्रतिशत नम्बरका साथ पास भएको बताउँछन । ‘सरकारले प्रदेश नामाकरण गरेको छ, राजधानी तोकेको छ, यद्यपी यो प्रदेशसभाबाट पास भएपनि यसको केहि श्रेय सरकारलाई पनि जान्छ ।’ सरकारका राम्रा कामहरु बताउँदै नेता विष्टले भने, ‘पर्यटनलाई प्राथमिकता दिई कर्णाली रारा महोत्सवबाट विश्वको ध्यान खिच्न सरकार ऐतिहासिक रुपमा सफल भएको छ ।’ उनले ऐन निर्माण गर्दा सबै पक्षसँग समझदारी कायम गर्दै अघि बढनु पनि सरकारको सफलता बताए ।

नेता विष्टले राम्रा कामहरु भएपनि सरकार भने अलि ढिला चलेको महसुस भएको बताए । ‘सरकारले जति समयमा जुन गतिमा कामहरु गर्नुपथ्र्यो, त्यो हुन नसकेको महसुस भएको छ ।’ उनले भने, ‘अर्को अथृमा भन्दा कानूनी जटिलताका कारण सरकार कछुवा गतिमा छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x