×

NMB BANK
NIC ASIA

मधेसको सत्ता राजनीति

द्विविधा र संकटमा राजपा, फोरमको दुवै हातमा लड्डु !

जेठ १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १७ जेठ – प्रदेश नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएसँगै लालबाबु राउत नेतृत्वको प्रदेश सरकारको भविष्यलाई लिएर आमजनतामा चासो बढेको छ । 

Muktinath Bank

संघीय समाजवादी फोरमले राजपासँगको गठबन्धनमा प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । यसबीचमा फोरमले संघीय सरकारमा सहभागी हुने गरी नेकपासँग २ बुँदे सहमति गरेपछि मधेसको राजनीतिमा तरङ्ग नै पैदा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा नेकपा नेतृत्वको सरकारमा फोरम सहभागी हुँदैछ भने प्रदेशमा त्यही नेकपाले फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन हालै फिर्ता लिएर प्रमुख प्रतिपक्षको भूमिका रोजेको छ । 


Advertisment
Nabil box
Kumari

प्रतिपक्षी कांग्रेसले यसलाई सरकारबाट राजापालई अलग्याउने खेल भनेको छ । तर प्रदेश सरकारका मन्त्रीहरू भने अहिल्यै त्यस्तो आशंका गर्न नहुने बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘केन्द्रमा फोरम र नेकपाबीच सहमति भएर फोरम सरकारमा सहभागी भएपनि प्रदेशमा राजपा र फोरमबीचको गठबन्धन कायमै रहन्छ,’ सामाजिक विकास मन्त्री नवलकिशोर साहले लोकान्तरसँग भने, ‘वर्तमान गठबन्धनमा कुनै असमझदारी छैन, हाम्रो तर्फबाट हामी गठबन्धन भत्काउदैनौं, फोरमले विश्वासघात गर्‍यो भने हामी सरकारमै टाँसिएर पनि बस्दैनौं ।’ 

राजपा नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका साहले थपे, ‘हामीले गठबन्धन बनाएर नै चुनाव लडेका थियौं, जनादेश पनि संगै मिलेर संघीयता संस्थागत गर, प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा लैजाऊ भन्ने छ, त्यसैले माथिको समीकरणले प्रदेशमा केही फरक पर्दैन ।’

फोरमलाई नेकपाको भर !

राजपा अहिले कम्तिमा पनि प्रदेशको सत्ताबाट आफूलाई टाढा राख्ने मनस्थितिमा छैन । तर फोरम भने यीनीहरू गए नेकपाले साथ दिन्छ भनेर ढुक्क भएर बसेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले लोकान्तरसंग भने– ‘अहिले तत्काल नै प्रदेशमा फोरम र राजपाको सत्ता गठबन्धन भत्किने सम्भावना छैन । माथिको समीकरणले यहाँ कुनै प्रभाव पार्दैन ।’ 

उनले थपे– ‘प्रदेशका जनताको जानदेश पनि फोरम र राजपाको संयुक्त सरकार रहोस् भन्ने नै हो । तसर्थ बाहिर जे जस्तो हल्ला चले पनि यो गठबन्धन कायमै रहने छ ।’

यद्यपि राजपाले सरकार छाडेर गएमा भने नेकपासँग सहयोग लिन सकिने उनको संकेत छ ।

सभामुख सरोज कुमार यादवले पूर्वएमाले (माओवादी केन्द्रसँग एकतापछि हाल नेकपा)लाई प्रमुख प्रतिपक्षीको हैसियत नदिएकाले समर्थन फिर्ता लिएको उनको जिकिर छ ।

मन्त्री यादवले नेकपाबाट पनि सहयोग मिल्ने आशा व्यक्त गरे । ‘संघीय सरकारमा नेकपासँग गठबन्धन बन्दैछ, प्रदेशमा पनि नेकपाले सहयोग गर्ने नै छ,’ उनले भने ।

संघीय सरकारमा जाने राजपाको चाहना

वास्तवमा राजपा समेत संघीय सरकारमा सहभागी हुन चाहन्छ । राजपाकै कतिपय नेता अनौपचारिक कुराकानीका क्रममा सरकारले आफूहरूलाई बेवास्था गरेको गुनासो गर्छन् ।

आफ्ना केही चासोहरू सम्बोधन भए सरकारमा जान तयार रहेको राजपाका शीर्ष नेताहरूले नै बताउँदै आएका छन् ।

राजपाको सबैभन्दा मुख्य चासो सांसद रेशम चौधरीको रिहाइ र उनलाई तत्काल शपथ ग्रहण गराउनुपर्छ, भन्नेमा छ । यो कुरा सम्बोधन भए उसलाई सरकारमा जान अप्ठ्यारो छैन । संविधान संशोधनका लागि फोरमजस्तै सहमति गरेर भने पनि राजपा सरकारमा जान चाहन्छ ।

‘हामी पनि सरकारमा जान चाहन्छौं, तर द्विविधामा छौं, संविधान संशोधन भएपछि मात्र जाने कि फोरमले झैं सहमति गरेर जाने भन्ने कुरा निक्र्यौल गर्न कठिनाइ भएको छ,’ राजपा नेपालका एक सांसदले लोकान्तरसँग भने ।

राजपा महासचिव केशव झा पनि आफूहरू सरकारमा जान तयार रहेको बताउँछन् । ‘संविधान संशोधन गराउने ग्यारेन्टीका साथ यदि फोरम केन्द्रीय सरकारमा सहभागी भइरहेको छ भने त्यो सकारात्मक कुरा हो, त्यसलाई अन्यथा मान्न हुँदैन,’ झाले लोकान्तरसँग भने, ‘हामी पनि सरकारमा जान सक्छौं, तर केही प्राविधिक विषय नमिल्दा अप्ठ्यारो छ ।’

राजपाकै कतिपय नेताहरू भने सरकारले आफूहरूलाई उपेक्षा गरेको गुनासो गर्छन् । आफूहरूलाई छाडेर फोरमसँग मात्र सहमति गर्नु त्यसैको संकेत भएको उनीहरूको तर्क छ ।

पार्टीभित्रै तनाव !

सरकारमा जाने अवसर पाएमा पनि राजपाले २ भन्दा बढी मन्त्रालय पाउने सम्भावना न्यून छ । यस्तो अवस्थामा २ जना छान्नु राजपाका लागि फलामको च्युरा चपाउनुसरह हुने निश्चित छ । यहाँसम्म कि राजपाले प्रदेश २ मा आफ्नो कोटाका ३ राज्यमन्त्री समेत अझै चयन गर्न सकेको छैन ।

राजपा देख्दा एउटै पार्टी हो, तर यहाँभित्र गुटको हैसियतमा पुराना ६ दलको अस्तित्व कायम छ । चुनावलाई लक्षित गर्दै मधेसकेन्द्रित ६ दल मिलेर राजपा गठन भएको थियो ।

राजपा कुन हदको गुठबन्दीमा फसेको छ भन्ने कुरा उसले हालसम्म संसदीय दलको नेता छान्न नसक्नुले नै देखाउँछ ।

सरकारमा जान पाएमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबाहेक अन्य ५ जना अध्यक्ष नै आकांक्षी छन् । आकांक्षीहरूको व्यवस्थापन गर्न कठिन रहेकाले सरकारबाहिरै बसेर जनताका मुद्दामा केन्द्रित हुँदै अर्को चुनावका लागि माहोल बनाउनुपर्ने मत पनि पार्टीभित्र छ ।

राजपा ठूलै द्विविधामा फसिरहेका बेला फोरमको भने दुवै हातमा लड्डु छ । एकातर्फ संघीय सरकारमा सहभागिता पक्का भइसकेको छ भने अर्कोतर्फ प्रदेश २ मा राजपाले साथ छाडेमा नेकपाको सहयोगमा सरकार बचाउने भरपर्दो विकल्प समेत तयार भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x