×

NMB BANK
NIC ASIA

दीपेन्द्रको चरित्र र जेठ १९ को भित्री रहस्य : तीन युवतीको गोलचक्करमा थिए पूर्वयुवराज

जेठ १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जेठ १९ को त्यो कालो रातले राजा वीरेन्द्रको वंश नाश गरायो भने नेपालमा राजसंस्थाको इतिहासकै अन्त्य गरायो । त्यस रातको घटनाबारे आजसम्म पनि विभिन्न किसिमका अडकलबाजी हुँदै आएका छन् । त्यो घटना कसले गरायो ? कसरी भयो ? र, किन गराइयो ?

Sagarmatha Cement
Muktinath Bank

यस्ता धेरै प्रश्नहरु अनुत्तरित छन् । राजदरबार हत्याकाण्डको सुरूदेखि पछिसम्मका विभिन्न सत्य–तथ्य कुराहरुको आधार र मेरो जानकारीमा आएका सम्पँर्ण सँचनाका आधारमा उक्त घटनामा तत्कालीन युवराजाधिराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ । मलाई थाहा छ, आम रुपमा यो कुरा कदापि स्वीकार्य हुन राजदरबार हत्याका०८ घढ सक्दैन । संसारलाई नै स्तब्ध पार्ने यो हत्याकाण्ड दुनियाँको नजरमा लोकप्रियताको शिखरमा चढिरहेका तत्कालीन युवराजाधिराजबाट भएको हो भनेर सामान्यतः कसैले पनि पङ्खयाउनै सक्दैन । यसै सन्दर्भमा, राजदरबार हत्याकाण्डका पछाडि भावनामा बग्ने आम जनमानसले ठानेभन्दा बेग्लै गम्भीर रहस्य लुकेको छ भनेर चर्चा गर्नेहरुको सङ्ख्या पनि कम छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजदरबार अर्थात् राज्यको महङ्खवपँर्ण निकायमा तीन दशक निरन्तर काम गरेको आप्mनो लामो अनुभवका आधारमा मलाई समेत उक्त घटनामा अवश्य पनि ‘व्यक्तिगत र राजनीतिक षड्यन्त्र’ छ भन्ने लाग्दछ । किनभने त्यस समयमा नेपालको राजसंस्था केही देशी तथा विदेशी शक्तिकेन्द्रका लागि अवाञ्छनीय बनिरहेको थियो । यसै क्रममा नेपालको राजसंस्थालाई सदाका लागि अन्त्य गर्नेबारे षड्यन्त्र भइरहेको भन्ने सँचना र विश्लेषण पनि हामीले नपाएको होइन । यस्तो बेला राजपरिवारभित्र चाहिँं युवराजाधिराजको विवाहको प्रसङ्गलाई लिएर पारिवारिक किचलो र विवाद उत्कर्षमा पुगिरहेको थियो । युवराजाधिराज दीपेन्द्र र राजपरिवारमा पनि अरु सामान्य मान्छे या सामान्य परिवार सरहकै मानवीय कमी–कमजोरी अवश्य पनि थिए नै। राजदरबार हत्याकाण्डमा तिनै कमी–कमजोरीमाथि देशी तथा विदेशी शक्तिले खेलेको र तिनको षड्यन्त्र मिसिएको हुन सक्छ भन्ने मेरो निष्कर्ष छ । त्यसलाई बुझ्नका लागि राजपरिवारभित्र बढेको कलह, युवराजाधिराजको चरित्र र विवाहको प्रसङ्गबारे विस्तृत रुपमा चर्चा गर्नुपर्ने हुन्छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्दथेँ । सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो, जब मैले राजप्रासाद सेवामा आवधिक शाही पाश्र्ववर्तीका रुपमा काम सुरू गरेको थिएँ । युवराजाधिराज सरकारको जन्म २०२८ असार १३ गते भएको हो । त्यस हिसाबले त्यति बेला सरकार तीन वर्ष पनि पुगिबक्सेको थिएन । दीपेन्द्र सरकार जन्मँदै राजा हुन जन्मेको । तर राजदरबारमा युवराजाधिराज सरकारलाई राजाका रुपमा हुर्काउने कुनै परिपाटी या संस्कार मैले देखिनँ । मैले सुनेको थिएँ, युरोपका राजतन्त्र भएका देशमा राजा बनाउन बच्चैदेखि त्यही अनुसारको शिक्षा–दीक्षा र तालिम दिइन्छ । त्यसका लागि अनुभवी र दक्ष विशेषज्ञको टिम बनाएर उनीहरुको ‘गाइडेन्स’ मा भावी राजालाई हुर्काउने गरिएको हुन्छ । तर म जति बेला नेपालको राजदरबारभित्र प्रवेश गरेँ, त्यहाँ त्यस्तो केही देखिनँ । बरू मलाई त्यहाँको पारा देखेर अचम्म लागेको थियो ।

पञ्चायती शासनकाल भएकाले राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै देशको राजनीतिक, आर्थिक, प्रशासनिक तथा अन्य विभिन्न काममा व्यस्त भइबक्सन्थ्यो । पञ्चायत काल, त्यसमा पनि राजाको सक्रिय नेतृत्व । त्यो भएर राजा वीरेन्द्र पँरै व्यस्त । रानी ऐश्वर्यले राजाको काममा सहयोग पु¥याउनुपर्ने । सामाजिक काममा मौसुफको उस्तै व्यस्तता । त्यसो भएर दीपेन्द्र सरकार शाही रनरहरुको रेखदेखमा हुर्किबक्स्यो, जो सेनाका सिपाही हुन् । अनि नानीहरुले हेरे युवराजाधिराजलाई । न शाही रनर धेरै पढेलेखेका हुन्थे, न नानीहरु नै। विशेष संस्कार पनि उनीहरुमा हुँदैनथ्यो । उनीहरुको रेखदेख र हेरचाहमा युवराजाधिराजको बाल्यकाल बित्यो । त्यसबाट दीपेन्द्र सरकारले के सिकिबक्स्यो होला ?

एउटा सामान्य परिवारमा जन्मेको बच्चा आमा–बाबुको माया, ममता र रेखदेखमा हुर्किन्छ । तर सरकारले सानैदेखि आमा–बाबुको माया कस्तो हुन्छ भन्ने महसुस गर्न पाइबक्सेन । आमा–बाबुको सामीप्यबाट वञ्चित युवराजाधिराज त्यति बेला शाही रनर र नानीहरुबाट फुत्केर बाहिर निस्केपछि एडीसी अफिस आइबक्सन्थ्यो । त्यत्ति थियो सरकारको जाने, घुम्ने र खेल्ने ठाउँ । बाल्यावस्थामा कुनै पनि किसिमको शिक्षा, दीक्षा र तालिम थिएन युवराजाधिराजलाई । त्यो देख्दा अबको २१ औँ शताब्दीमा नेपालले कस्तो राजा पाउने होला भन्ने कुरा मेरो मनमा आउने गर्दथ्यो । म भर्खर दरबार गएको थिएँ, यो कुरा कसैलाई भन्ने कुरा पनि आएन । फेरि राजदरबारको कुरा । मैले पुरा ‘सिस्टम’ बारे त्यति धेरै अनुभव पनि पाएको थिइनँ ।

त्यो उमेरमा युवराजाधिराजलाई के कुरा सिकाउने ? अनि शाही रनरको ड्युटी के हो ? नानीहरुले के गर्ने र एडीसीले के–के गर्ने ?  कामको कुनै बाँडफाँड थिएन । त्यति बेला दीपेन्द्र सरकारको कस्तो बानी विकास भइरहेको थियो भने कुनै ठँलो मान्छेलाई एक मुक्का हान्ने अनि त्यो मान्छे भुइँमा लडेर छटपट गरेकोमा मज्जा लिने । फेरि सरकारले त्यसैलाई गालामा झापड हान्नुपर्ने, फेरि त्यो मान्छे भुइँमा लडेर रूनुपर्ने । अनि सरकार मज्जा लिएर हाँस्ने । सरकारमा बच्चा साथीलाई समेत झापड र मुक्का हानेर ढलाउनैपर्ने मानसिकता थियो । यस प्रकार सरकारमा ‘इगो’ र हठीपन बढ्दै गएको थियो । यसरी युवराजाधिराजमा सकारात्मक स्वभावको विस्तार नहुने देखिरहेको थिएँ मैले । त्यही उमेरका बालबच्चाका बीचमा सम्पर्क र प्रतिस्पर्धामा राखेको भए पनि राम्रै हुन्थ्यो । अनुभवी र विशेषज्ञको टिम बनाएर हुर्काएको भए त झनै राम्रो हुन्थ्यो । तर कहिल्यै त्यो सोचाइ दरबारमा भएन । भावी राजा त के, सामान्य मानिसको जस्तो स्वाभाविक व्यक्तित्व विकासको अवसर पनि युवराजाधिराजलाई प्राप्त भएन ।

कुनै पनि व्यक्तिले बाल्यकालमा आप्mना आमाबाबुबाट कति माया पाएको छ, कति समय उनीहरुसँग बिताउन पाएको छ र ऊ कसरी हुर्काइएको छ भन्ने कुराले पछि गएर उसको व्यक्तित्व तथा चरित्र निर्माण हुन्छ । राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट दीपेन्द्र सरकारले त्यो किसिमले माया, समय र रेखदेख पाइबक्सेन । सरकारहरु राजकाजमै व्यस्त भएकाले आप्mनो छोरालाई बिलकुलै समय नदिएको हामी एडीसीहरुले नजिकबाट देखिरहेका थियौँ । दीपेन्द्र सरकार जन्मेको डेढ महिनाजति मात्र ऐश्वर्य सरकारसँग सुतिबक्स्यो होला । त्यसपछि पँरै नानीहरुले हुर्काए । अझ सरकारको पास्नीपछि त सरकारलाई हुर्काउने र रेखदेख गर्ने सम्पँर्ण काम नानीहरु र शाही रनरहरुकै जिम्मामा गयो । आमा–बुबाबाट माया नपाएको कुरा दीपेन्द्र सरकारले हुर्किसकेपछि मसँग धेरै पटक व्यक्त गरिबक्सेको थियो पनि ।

१० वर्षसम्म दीपेन्द्र सरकारको मानसिकता र व्यक्तित्व विकास जसरी भइरहेको थियो, त्यसबारे आफँ सवारी ड्युटीमा भएका बेला मैले वीरेन्द्र सरकारलाई जाहेर पनि गरेको थिएँ । ठ्याक्कै त्यही कुरा पछि दीपेन्द्र सरकारले मसँग गुनासोका रुपमा व्यक्त गरिबक्सेको थियो । त्यसै कारण पछि गएर आमाबुबासँग  सरकारको सम्बन्ध टाढिँदै गएको थियो । मैले सरकारहरुका बीचमा विचार र दृष्टिकोण फरक–फरक हुँदै गएको देखिरहेको थिएँ । खास गरी बडामहारानी ऐश्वर्यसँग सरकारको सम्बन्ध धेरै टाढा हुँदै गएको थियो । आमा–छोराको सम्बन्ध त नजिकको हुनुपर्ने हो, तर सरकारहरुबीच त्यसरी आत्मीय सम्बन्ध विस्तार भएन । त्यसमाथि सरकारहरु दुवै जना कडा दिमागको (स्ट्रङ हेडेड) । मैले भनेकै हुनुपर्छ भन्ने स्वभाव विकास भएको थियो युवराजाधिराज सरकारमा । त्यस्तै स्वभाव थियो बडामहारानी ऐश्वर्यको पनि । दुवै जना एकअर्कासँग नझुक्ने र पटक्कै लचिलो नहुने । आमा–छोराबीच बच्चादेखि नै आत्मीयता, निकटता र माया–ममता नभएको परिणाम थियो यो । आमा–छोराबीचको सम्बन्ध भित्री रुपमा ‘प्राविधिक’ मात्र रहन पुगेको थियो ।

मैले दीपेन्द्र सरकारको पँरै जीवन देखेको छु। मौसुफको व्यक्तित्व कसरी विकास हुँदै आयो, एकदमै नजिकबाट अनुभव र अध्ययन गरेको छु। सरकारको अस्वाभाविक उपध्रो, हठ, बदमासी, परपीडक स्वभाव, इगो, उपेक्षित भएको अनुभँति, माया–प्रेमको तृष्णा, भावुकता, महङ्खवाकाङ्क्षा, नैराश्य, आवेग आदिलाई छर्लङ्ग देखेभोगेको छु। जति बेला सरकार किन्डर गार्टेनमा होइबक्सन्थ्यो, हामीले सवारी चलाउनुपर्दथ्यो स्कुलमा । दीपेन्द्र सरकार स्कुल जान नचाहने । ऐश्वर्य सरकारलाई जसरी भए पनि पठाउनैपर्ने । अनि दीपेन्द्र सरकार जान्न भनेर जिद्दी गर्ने, ऐश्वर्य सरकार जानैपर्छ भनेर चर्को स्वरमा हप्काइबक्सने । त्यस क्रममा मौसुफबाट दीपेन्द्र सरकारलाई गालामा झापड लगाएको पनि मैले कैयौँ पटक देखेको छु। स्कुल सवारी होइबक्से पनि कहिलेकाहीँ त बीच बाटोमै ‘मोटरबाट ओर्लन्छु’ भनेर जिद्दी गर्ने । कस्तो छुकछुके भने एडीसीलाई हैरानै पारिबक्सन्थ्यो । सबै एडीसीहरु सरकारबाट टाढा भाग्न खोज्दथे । दीपेन्द्र सरकार एडीसी अफिसमा नआए पनि हुन्थ्यो जस्तो हुन्थ्यो । आफँले भनेको नगर्ने एडीसीलाई सरकारले रूचाइबक्सँदैनथ्यो । तीमध्ये म प्रमुख थिएँ । त्यसैले कहिलेकाहीँ सरकारको लात र थप्पड समेत मैले खाएको छु। म सरकारलाई गर्न हुने–नहुने कुराहरु सम्झाउँथेँ । तर सरकारलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले सरकारले मेरो नाम ‘डेन्जरस एडीसी’ राखिबक्सेको थियो । नानीहरुसँग राम्रो व्यवहार नगर्ने । नानीहरुले मौका पायो कि शाही रनरहरुलाई बुझाइदिइहाल्ने । शाही रनरले पनि नसकेपछि एडीसीहरुलाई बुझाउने । एडीसी अफिसमा आएर टेबलको सिसा फुटाइदिने । कलम भाँचिदिने । असामान्य उपध्रो सिवाय अरु केही नगर्ने स्वभाव थियो सरकारको ।

दीपेन्द्र सरकार लोअर केजीदेखि कक्षा ३ सम्म काठमाडौँको त्रिपुरेश्वरस्थित कान्ति ईश्वरी शिशु विद्यालयमा अध्ययन गरिबक्स्यो । कक्षा ४ देखि सरकारलाई बँढानीलकण्ठ स्कुल भर्ना गरियो । सरकारलाई बोर्डर्स गर्नुका पछाडि सरकारको त्यही उपद्र्याह र हठी स्वभाव कारण थियो भन्ने मलाई लाग्छ । किनभने दरबारमा सरकारले तलदेखि माथिसम्म सबैलाई हैरानै पारिबक्सेको थियो । बँढानीलकण्ठ स्कुल सवारी भएपछि सरकारको उपध्रो घट्छ भनेको त झनै बढ्यो । युवराजाधिराजका हिसाबले पनि सरकारले स्कुलमा अरु विद्यार्थीको तुलनामा अलिक ज्यादा नै स्वतन्त्रता र अवसर पाइबक्स्यो । सरकारका बदमासी बढे । त्यही बेलादेखि नै रक्सी खान सुरू गरेको सँचना हामीले पाएका थियौँ । ‘ग्याङ फाइट’ मा ‘टिम लिडर’ नै भएर गएको भन्ने खबर आइरहन्थ्यो । एक पटक सरकारका सहपाठीहरुको सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीसँग झगडा परेछ । अनि सरकार बँढानीलकण्ठ स्कुलका विद्यार्थीको ‘टिम लिडर’ भएर खेतैखेत हिँडेर सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीलाई कुट्न गइबक्सेछ । यसरी बँढानीलकण्ठ स्कुल गएपछि ‘म अरुभन्दा ज्यादा नै तगडा छु’ भनेर देखाउने र अरुलाई पिटेर ढाल्ने अवसर पाइबक्स्यो, जुन मनोविज्ञान सरकारमा सानो छँदादेखि नै प्रबल थियो ।

‘बडिबिल्डर’, ‘बक्सर’ या ‘कराते एक्सपर्ट’ का रुपमा पनि सरकारले आफँलाई विकसित गरिबक्स्यो । सरकारको रूचि अनुसारकै सैनिक अधिकृत र प्रहरी अधिकृतलाई छानेर दरबारले प्रशिक्षक र एडीसीका रुपमा बँढानीलकण्ठ स्कुल पठाएको थियो । कहिलेकाहीँ छुट्टीका बेला राजदरबार सवारी हुँदा आप्mना पाखुरा हामीलाई देखाउँदै ‘ए, तिम्रो कति सानो पाखुरा, हेर त मेरो...’ भनिबक्सन्थ्यो । बँढानीलकण्ठ स्कुलबाट बिदामा सवारी भएका बेला दीपेन्द्र सरकार एक दिन राति राजदरबारको उत्तरपँर्वको पर्खालबाट हामफालेर बाहिर सवारी भएछ । सरकार हराएपछि राजदरबारमा निकै हल्लीखल्ली मच्चियो । सरकारलाई खोज्न एडीसी र सैनिक प्रहरीलाई निकै समस्या प¥यो । अनेक दौडधँपपछि बल्ल उनीहरुले युवराजाधिराजलाई राजदरबार फर्काएका थिए । त्यस बेला सरकारका केही साथीहरुलाई सैनिक प्रहरीले राजदरबारमा बोलाएर सोधपुछ पनि गरेको थियो । जे होस्, बँढानीलकण्ठ स्कुल गएपछि दीपेन्द्र सरकारको आमाबुबासँग झनै दँरी बढ्यो । सरकारहरुले खर्चमा नियन्त्रण गरिबक्सेको थियो । तर युवराजाधिराजले अन्य कैयौँ स्रोत र उपायबाट खर्च जुटाउने गरिबक्सेको मैले थाहा पाएको थिएँ । युवराजाधिराजले आप्mना आमाबुबाले दिएको खर्चले नपुगेर अन्यत्रबाट खर्च जुटाउन थाल्नु भनेको वास्तवमै चित्रण गर्न नसकिने अवस्था हो । त्यस्तो अवस्थाबाट एउटा मान्छेको सही व्यक्तित्व विकास कसरी हुन सक्थ्यो ?
अरुलाई पीडा दिने दीपेन्द्रको स्वभाव

परपीडक स्वभाव दीपेन्द्र सरकारमा सानैदेखि देखिन्थ्यो । दरबारमा उडिरहेको परेवा गुलेली हानेर मार्न खोजिबक्सन्थ्यो । गुलेली लागेर परेवा भुइँमा खस्दथ्यो पनि । अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरिबक्सन्थ्यो । उडिरहेको कागलाई पनि गोली हानेर झार्ने । र, त्यसै गर्ने । कहिलेकाहीँ जिउँदो मुसा समात्ने र पुच्छरमा आगो लगाइदिएर छोडिदिने । त्यसलाई तड्पाई–तडपाई मार्ने । कहिलेकाहीँ भने अति भावुक र गम्भीर स्वभाव पनि देखाइबक्सन्थ्यो । यात्रा गर्न रूचाइबक्सन्थ्यो । सानै उमेरदेखि कविता लेखिबक्सन्थ्यो । बँढानीलकण्ठमा हुँदा सरकारले धेरै राम्राराम्रा कविता लेखिबक्सेको छ । सरकारको साहित्यमा विकास होस् भनेर दरबारबाट नेपाली भाषा र साहित्यका केही राम्रा शिक्षकहरुको समेत व्यवस्था गरिएको थियो ।

बुँढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययन गरिरहेकै बेला दीपेन्द्र सरकारले मसँग एक पटक आप्mनो पीडा ‘सेयर’ गरिबक्स्यो, ‘मलाई मुमाले अनावश्यक नियन्त्रण गर्न खोजिबक्सन्छ । तिमीले मुमालाई सम्झाइदेऊ ।’ यसमा मैले केही गर्न र भन्न सक्ने कुरा थिएन । खास कुरा त्यति बेला के परेछ भने सरकारले सुप्रिया शाहलाई मन पराइबक्सेछ । सरकारले सुप्रियालाई ‘लभलेटर’ लेख्ने गरेको कुरा कुनै स्रोतबाट बडामहारानी सरकारले थाहा पाइबक्सेछ । सायद त्यसबारे बडामहारानी सरकारले युवराजाधिराजलाई भनिबक्स्यो, जुन कुरा दीपेन्द्र सरकारलाई मन परेन र मलाई आप्mनो पीडा ‘सेयर’ गरिबक्सेको थियो । सुप्रिया सरकारसँगै पढ्ने त होइन, तर कक्षा ७ मा पढ्दादेखि नै दीपेन्द्र सरकारले सुप्रियालाई मन पराइबक्सेको थियो । सरकारले सुप्रिया बाहेक पनि विभिन्न केटीलाई भेट्ने र ‘लभलेटर’ लेख्ने गरेको कुरा समेत हामी एडीसीले थाहा पाइरहेका हुन्थ्यौँ । त्यो उमेरमा ‘गर्लफ्रेन्ड’ बनाउने र ‘लभलेटर’ लेख्ने गरेको बडामहारानीलाई मन पर्ने कुरै भएन । कुनै पनि अभिभावकलाई मन पर्दैन । त्यति सानो उमेरमै यस्तो व्यवहार गर्नु राम्रो पनि होइन । त्यसमाथि बडामहारानी सरकारबाट व्यक्तिगत रुपमा भन्दा पनि पारिवारिक नाताका हिसाबले दीपेन्द्र र सुप्रियाको वैवाहिक सम्बन्ध रूचाइबक्सेको थिएन । दीपेन्द्र र सुप्रिया दुई दिदी–बहिनीका नाति र नातिनी ।

सुप्रिया मुमा बडामहारानी रत्नकी आफ्नै दिदीकी नातिनी । त्यसै कारण सरकारबाट दीपेन्द्रको सुप्रियासँगको सम्बन्ध तोड्न चाहिबक्सेको थियो । आप्mनी मुमालाई मन नपरेको भए पनि युवराजाधिराजलाई चाहिँं त्यही केटीसँग सम्बन्ध राख्नुपर्ने । यो विषयमा सरकारहरुमा ‘इगो’ बढिरहेको थियो । बडामहारानी सरकार कुनै पनि हालतमा सुप्रियासँग विवाह हुनै नदिने अडानबाट विचलित होइबक्सेन । त्यति नजिकको नातामा विवाह ग¥यो भने सम्बन्ध राम्रो हँुदैन, बच्चा पनि राम्रो जन्मँदैन भन्ने सरकारको जिकिर थियो । ‘सुप्रिया नट कम्पिनेन्ट टु दी क्वीन’ (सुप्रिया रानी हुन लायक छैन) पनि भनिबक्सन्थ्यो । यसरी हुकुम भएको मैले पनि सुनेको छु। बडामहारानीले सोझै यसो भन्दा युवराजाधिराजलाई पटक्कै मन पर्दैनथ्यो र ‘ह्वाट डज सी थिङ्क अफ हरसेल्फ ? ह्वाट वाज सी बिफोर (मुमाले आफँलाई के ठानेको ? विवाह गर्नुअगाडि मुमाको के हालत थियो ?) समेत भन्ने गरिबक्सन्थ्यो, त्यो कलिलो उमेरमै।

उता, सुप्रिया आप्mनै दिदीकी नातिनी भएकाले ‘युवराजाधिराजसँग सुप्रियाको विवाह ठीक हुन्छ, राम्रो हुन्छ’ भन्ने मुमा बडामहारानी रत्नको जोड थियो । यसबारे महाराजाधिराजका माध्यमबाट रत्नले दबाव दिने काम भइरहेको छ भन्ने पनि सुनिएको थियो । यस प्रकार राजा वीरेन्द्र मुमा बडामहारानी र बडामहारानीको दोहोरो दबावमा होइबक्सन्थ्यो । युवराजाधिराजले एसएलसी सकेलगत्तै सरकारको विवाहको चर्चा चलिरहेको थियो । बडामहारानीको कडा स्वभावका कारण राजपरिवारमा सितिमिति कसैले पनि सरकारको कुरा काट्नै नसक्ने । सबैले बडामहारानीकै लाइन लिने । सासँ–बुहारीको कुरा नमिलेपछि वीरेन्द्र सरकारले कुनै पनि निर्णय लिन सकिबक्सेन । यो विषयलाई त्यतिकै छाडिबक्स्यो । युवराजाधिराजले सुप्रियालाई मन पराएको हिसाबले मुमा बडामहारानी रत्न र दीपेन्द्रको सम्बन्ध भने सुमधुर थियो ।

युवराजाधिराजको विवाहका लागि धेरै पटक केन्द्र निवासबाट विभिन्न केटीको तस्बिर दरबार पठाइयो । सबै तस्बिर सङ्कलन गर्ने काम केन्द्र निवासबाटै भएको थियो ।

केन्द्र निवास बडामहारानी ऐश्वर्यको माइतीघर । युवराजाधिराजले तीमध्ये कुनै पनि केटी हेर्ने इच्छा नै गरिबक्सेन । बडामहारानी सरकारको गरिमा राणाप्रति झुकाव थियो । सायद राणा परिवारकी केटी नै विवाह गराउने सरकारको इच्छा थियो । त्यस बेला अधिराजकुमारी श्रुति भारत, राजस्थानको अजमेर सहरको मेयो कलेजमा पढिबक्सन्थ्यो । वीरेन्द्र सरकार र ऐश्वर्य सरकार छोरीलाई भेट्न गइबक्सन्थ्यो । त्यही बेला जयपुरका महाराज ब्रिगेडियर भवानी सिंहलाई भेट्न सरकारहरु सवारी भएको थियो । जयपुर महाराजकी एक्ली छोरी थिइन् । सायद उनले आप्mनी छोरीको विवाह युवराजाधिराज दीपेन्द्रसँग गराउन प्रस्ताव राखेका थिए । यो बाहेक भारतीय मँलकी अन्य कुनै पनि केटीको दीपेन्द्र सरकारसँग विवाहका लागि प्रस्ताव आएको मलाई जानकारी छैन ।

विवाहको प्रसङ्ग चल्दाचल्दै सन् २०४५ सालमा दीपेन्द्र सरकार उच्च शिक्षा अध्ययनका लागि बेलायतको इटन कलेज सवारी भयो । त्यहीँबाट ए लेभलको अध्ययन पँरा गरिबक्स्यो । देवयानी त्यति बेला बेलायतमै पढिरहेकी थिइन् । दीपेन्द्रको देवयानीसँग ‘अफेयर’ त्यहीँबाट सुरू भएको थियो । यसबीच सुप्रियासँगको सम्बन्धलाई पनि सरकारबाट निरन्तरता दिइबक्सेको थियो । यसरी दुई जनासँग एकै पटक ‘अफेयर’ चलेको थियो, दीपेन्द्र सरकारको । यो नयाँ कुरा थिएन । सानै उमेरदेखि सरकारको अनेक केटीसँग चक्कर थियो । सुप्रिया र देवयानीसँगको कुरा मात्र बाहिर सबैलाई थाहा भएको हो । बेलायतमा दीपेन्द्र सरकारका स्थानीय अभिभावक लर्ड क्यामवाइज हुनुहुन्थ्यो । उहाँसँग पशुपतिशमशेर जबराको पनि चिनजान थियो । लर्ड क्यामवाइज पशुपतिकी छोरी देवयानीका पनि स्थानीय अभिभावक हुनुहुन्थ्यो । क्यामवाइजका तीन छोरी थिए । तिनीहरुसँग युवराजाधिराजको सुमधुर सम्बन्ध थियो । यही क्रममा दीपेन्द्र सरकारको देवयानीसँग चिनजान भयो र ‘अफेयर’ सुरू भयो । त्यहाँ कुनै एडीसी खटाइएको थिएन । दीपेन्द्र सरकारलाई बिदामा कहिलेकाहीँ काठमाडौँ लिएर आउनुप¥यो भने बेलायतस्थित शाही नेपाली राजदँतावासका सैनिक सहचारीले ल्याउने–लैजाने गर्दथे ।

देवयानीसँगको सम्बन्ध दीपेन्द्र सरकारले नेपाल फर्केपछि पनि कायम गरिबक्स्यो । साथै सुप्रियासँग पनि । देवयानीसँग ‘अफेयर’ भएको थाहा भएपछि सुप्रियाको दीपेन्द्र सरकारसँग निकै खटपट भयो भन्ने पनि सुनिएको थियो । देवयानीका तर्फबाट चाहिँं कुनै गुनासो सुनिएन । देवयानी आधुनिक तथा खानदानी परिवारमा जन्मेकी, हुर्केकी र पढेकी पनि । त्यसो भएर होला, उनका तर्फबाट कुनै पनि किसिमको गुनासो आएन । व्यवहारमा देवयानी धेरै हिसाबले माथिल्लो स्तरको भएको सुनिएको थियो । सायद त्यही कुरा हेरिबक्स्यो होला दीपेन्द्र सरकारले । दुवै जनासँग सम्बन्ध भएर पनि अन्त्यमा देवयानीलाई विवाह गर्ने भन्ने टुङ्गोमा दीपेन्द्र सरकार पुगिबक्सेको देखिन्छ । तर यो कुरा त बडामहारानीलाई झनै मन परेन । सुप्रिया त मन परिरहेकी थिइनन् भने देवयानीलाई मन पराउने कुरै थिएन । मौसुफ मात्र होइन, मुमा बडामहारानी लगायत राजदरबारमा कसैलाई पनि यो कुरा मन परेन । देवयानीको मावल भारतमा थियो । भारतमा सम्बन्ध भएकी केटीसँग युवराजाधिराजको विवाह गराउनु हुन्न भन्ने विषयमा राजदरबारमा सबैको एकमत थियो । दरबारले भारतसँग कुनै पनि पारिवारिक नाता सम्बन्ध जोड्नु हुन्न भन्ने मान्यता राजा महेन्द्रबाट विकास भएको हो । दरबारको भित्री कुरा विदेशीकहाँ नपुगोस् भन्ने मौसुफको उद्देश्य थियो । त्यसै आधारमा महेन्द्र सरकारले आप्mनो विवाह नेपालीसँगै गरिबक्सेको थियो भने आप्mना तीन छोरा र तीन छोरीहरुको विवाह पनि एकै घरमा र नेपालीसँगै गराइबक्सेको थियो । देवयानीको मामिलामा दीपेन्द्र सरकार एकातिर र अन्य सरकारहरु अर्कातिर भएपछि यसले पारिवारिक कलहको रुप लिन पुग्यो ।

इटन कलेजमै पढ्दा दीपेन्द्र सरकारको एक जना जापानी केटीसँग अर्को ‘अफेयर’ चलेको रहेछ । त्यहीँ अरु केटीसँग पनि अनेक हिसाबले सरकारको चक्कर चलेको थियो भन्ने कुरा पछिसम्म सुनिन्थ्यो । त्यो जापानी केटीसँग भने निकै गहिरो सम्बन्ध रहेको थाहा भयो । उसले पछि धेरै पटक नेपाल आएर दीपेन्द्र सरकारलाई भेटिरहेकी थिई । कहाँकहाँ केके हुन्थ्यो, त्यो भने मलाई थाहा भएन । त्यति बेला म वीरेन्द्र सरकारको एडीसी थिएँ । युवराजाधिराजका अरु नै छुट्टै दुई जना एडीसी थिए । सरकारका सबै कार्यक्रम उनीहरुले मिलाउँथे । सरकारको त्यो जापानी केटीसँग विवाहकै विषयमा निकै लफडा परेछ । किनभने सरकारले उसलाई पनि विवाह गर्छु भनिबक्सेको रहेछ । आखिरी पटक नेपाल अँएका बेला त्यो जापानी केटीलाई एयरपोर्ट पु¥याउन दीपेन्द्र सरकारले एडीसी सेनानी गजेन्द्र बोहरालाई पठाइबक्सेछ । एयरपोर्ट पुग्ने बेलामा गजेन्द्रसँग त्यो केटीले के भनिछ भने, ‘योर क्राउन प्रिन्स इज म्याड । ही विल डाई ए डग्स डेथ ।’ (तिम्रो युवराजाधिराज पागल हो । उसको मृत्यु कुकुरको जस्तै हुनेछ ।) त्यसपछि त्यो जापानी केटी कहिल्यै नेपाल फर्केर आइन । सायद उसको बोली सत्य भयो ।

दीपेन्द्र सरकारसँग मेरो धेरै आत्मीयता थियो । सरकार एक्लै भएका बेला या कुनै पार्टीमा, मसँग विभिन्न विषयमा आत्मीय कुरा गर्न रूचाइबक्सन्थ्यो । नितान्त व्यक्तिगत कुरा पनि सुनाइबक्सन्थ्यो । माया, प्रेम सम्बन्धबारे पनि मलाई सुनाउन सक्ने गरी सरकारसँग मेरो सम्बन्ध विकसित भएको थियो । नेपालको राजनीतिक विषयमा समेत सरकार मसँग खुलेरै बहस गरिबक्सन्थ्यो । कहीँकतै सरकारको एडीसीका रुपमा म खटिएको छु भने सरकार जे काम गर्न रूचाइबक्सन्छ, त्यसमा मलाई पनि सरिक गराउन चाहिबक्सन्थ्यो । जस्तो ः सरकार ड्रिङ्क्स गर्न चाहिबक्सँदा मैले पनि ड्रिङ्क्स नगरी धरै पाउँदिनथेँ । युवावस्थामा पुग्न लाग्दा समग्रमा दीपेन्द्र सरकारको दोहोरो चरित्र विकसित भइरहेको थियो । दरबारभित्र एकदमै नराम्रो, हठी, अनुदार, उच्छृङ्खल र कसैलाई नटेर्ने । तर बाहिर सार्वजनिक रुपमा देखिने सरकारको अर्को छवि थियो । त्यो उदार, खुला र जनतासँग घुलमिल हुने खालको थियो । यसबाट जनतामा दीपेन्द्र सरकार र राजसंस्थाप्रतिको आकर्षण बढिरहेको थियो ।

२०४६ भदौको कुरा हो । दीपेन्द्र सरकार इटन कलेजबाट बिदामा काठमाडौ  सवारी होइबक्सेको थियो । त्यही बेला युगोस्लाभियाको राजधानी बेलग ्डमा असंलग्न राष्ट हरुको शिखर सम्मेलन हुदै थियो । वीरेन्द्र सरकार त्यसका निम्ति बेलगड सवारी हुने कार्यक्रम थियो । दीपेन्द्र  सरकार लन्डन फर्कने क्रममा बेलग ड सम्मेलनमा सहभाग  होइबक्सने कार्यक्रम बन्यो । म लेफनेन्ट कर्णेल थिए  । म सरकारको एडीसी भएर बेलग ड खटिए । प्लेनमा सरकार र मेरा बीच धेरै विषयमा कुरा भयो । सिट पनि एकै ठाउ थियो, बिजिनेस क्लासमा । त्यो उडानमा सरकारले धेरै डि्रङस्  गरिबक्सेको थियो । दीपेन्द्र सरकारको जिद्दी स्वभावका कारण मैले पनि डि «ङ ्क्स गर्नुपर्‍यो । त्यस बेला सरकारले आफ्नो विवाहबारे मसँग खुलेर कुरा गरिबक्स्यो । त्यसै क्रममा प्लेनमा दीपेन्द्र सरकारबाट हुकुम भयो, ‘विवेक, आई डोन्ट नो, ह्वाट द लभ इज । आई नेभर गट इट ।’ (विवेक, माया भनेको के हो ? मलाई थाहा छैन । त्यो मैले कहिल्यै पाइन ।) सायद सरकारले आफ्नी मुमा ऐश्वर्यबाट पाउन नसकेको मायाबारे भनिबक्सेको थियो ।


दीपेन्द्र सरकार एसएलसी दिएपछि नै सुप्रियासँग विवाह गर्न चाहिबक्सन्थ्यो । कक्षा १० मा अध्ययन गर्दाकै कुरा हो । बँढानीलकण्ठ स्कुलबाट राजदरबार सवारी होइबक्सेका बेला एक पटक बडामहारानी सरकार र युवराजाधिराज सरकारको नराम्ररी झगडा परेको थियो । युवराजाधिराज ‘सुप्रियालाई विवाह गर्छु’ भनिबक्सन्थ्यो । बडामहारानी सरकार भने ‘आजै विवाह गर्दिउ  कि भोलि गर्दिउ   भनेर सरकारलाई हप्काइबक्सन्थ्यो । त्यही विवाहको किचलोका कारण राजा वीरेन्द्र र बडामहारानी ऐश्वर्यले दीपेन्द्र सरकारलाई बेलायत पढ्पठाइबक्सेको हुन सक्छ ।

बेलायत पठाउनुको अर्को कारण पनि थियो । त्यो के भने वीरेन्द्र सरकारले इटन कलेजमै अध्ययन गरिबक्सेको थियो । त्यसैले मौसुफबाट दीपेन्द्र सरकारलाई पनि उच्च शिक्षा त्यही दिलाउन चाहिबक्सेको थियो । तर दीपेन्द्र सरकारको पटक्कै बेलायत जाने इच्छा थिएन । यतिका वर्ष होस्टेल बसियो, अब दरबारमै राम्रा प्राध्यापक राखेर त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्छु भन्ने सरकारको चाहना थियो । दीपेन्द्र सरकारबाट बेलायत गएको दुई वर्षमा ए लेभल पँरा गरिबक्स्यो । त्यसपछिको अध्ययन पनि बेलायतमै गराउने महाराजाधिराज र बडामहारानीको इच्छा थियो ।

तर दीपेन्द्र  सरकार बेलायतमा बस्नै मानिबक्सेन । नेपालमै आएर पढ्छु भन्दै जबर्जस्ती बेलायतबाट काठमाडौ ँफर्किएर त्रिचन्द्र क्याम्पसमा भर्ना भइबक्स्यो । त्यहाँ भर्ना भए पनि कहिल्यै क्याम्पस नगई दरबारमै अध्ययन गरेर स्नातक उत्तीर्ण गरिबक्स्यो । सम्बन्धित विषयका प्राध्यापकहरु दरबारमै आएर पढाउँथे । सामान्य जनताका छोराछोरीसँगै बसेर परीक्षा दिइबक्सेको थियो । स्नातक सकेर केन्द्रीय क्याम्पस, कीर्तिपुरमा भर्ना भइबक्स्यो । सानैदेखि पढाइ राम्रो हो सरकारको । तर युवराजाधिराजको मेहनतभन्दा पनि शिक्षकको ज्यादा मेहनत परेको थियो विश्वविद्यालयको पढाइमा । जे होस  भँगोल विषयमा स्नातकोत्तर गर्दा सरकारबाट ‘फस्ट क्लास फस्र्ट’ गरिबक्स्यो ।

सरकारको आधाभन्दा बढी उमेर विवाहको कचिङ्गलमै बित्यो । इटनबाट फर्केपछि सरकारले सुप्रियासँग विवाह गर्छु भन्न छाडिबक्सेको थियो । त्यसको सट्टा ‘पहिले सुप्रियालाई विवाह गर्छु भन्दा मुमाले मानिबक्सेन, त्यसैले अब म देवयानीलाई विवाह गर्छु’ भन्न थालिबक्सेको थियो । दीपेन्द्र सरकारले यसो भन्न थालेपछि बडामहारानीलाई झनै टाउकोदुखाइ भएको थियो । ‘सुप्रियासँग विवाह नगर’ भन्ने बडामहारानीबाट देवयानीको त झन् नामै सुन्न चाहिबक्सेको थिएन ।

देवयानीलाई विवाह गर्नु हुन्न भन्ने मुख्य कारण चाहिँं उनको नागरिकता नेपाली भए पनि उनी जन्मेको, हुर्केको, पढेको र पारिवारिक नाताका हिसाबले समेत भारतीय जस्तै हुन् भन्ने राजदरबारको बुझाइ नै थियो । त्यस बेला कस्तो अवस्था थियो भने, मुमा बडामहारानी ‘सुप्रियासँग विवाह गर’ भन्ने अनि बडामहारानी ‘सुप्रिया पनि हुन्न, देवयानी पनि हुन्न’ भन्ने । युवराजाधिराजको गरिमा राणासँगै विवाह होस् भन्ने बडामहारानीको चाहना थियो । श्रुति सरकार पनि आप्mनो दाजुको गरिमासँगै विवाह होस् भन्ने चाहिबक्सन्थ्यो । गरिमा श्रुति सरकारका कान्छा काका ससुरा लोकभक्त शमशेर जबराकी छोरी अर्थात् नाताले नन्द । तर दीपेन्द्र सरकार ‘यी कसैसँग विवाह गर्दिनँ, देवयानीसँगै विवाह गर्छु’ भन्ने अडानमा प्रतिबद्ध ।

यस्तो अवस्थामा वीरेन्द्र सरकारले कुनै निर्णय गरिबक्सेन । राजदरबारमा यो वादविवाद र बहसको विषय व्यापक बढिरहेको थियो । तर महाराजाधिराज बडामहारानी र मुमा बडामहारानीलाई केही भन्न नसकेर यस विषयमा निरीह जस्तो होइबक्सन्थ्यो ।

२०५७ असार १३ गते रात्रिभोज थियो राजदरबारमा । दीपेन्द्र सरकारको २९ औँ शुभजन्मोत्सवको अवसरमा त्यो रात्रिभोज आयोजना गरिएको थियो । त्यति बेला म भर्खरै सैनिक सचिव भएको थिएँ । भोजमा मैले दीपेन्द्र सरकारको गाली पनि खाएँ । दीपेन्द्र सरकार कसैसँग कुरा गरिबक्सँदै थियो । प्रसङ्ग त विवाहकै थियो । म अर्कै व्यक्तिसँग कुरा गर्दै थिएँ । सरकारले मलाई बोलाएर अचानक मसँग रिसाइबक्स्यो । झर्केर हुकुम भयो, ‘हेर विवेक, म २९ वर्ष भइसकेँ । मैले कहिले विवाह गर्ने ? कहिले सक्सेसर जन्माउने ? के तिम्रो यसमा केही भँमिका हुन्न ? तिमी सैनिक सचिव । मेरा बुबा र मुमालाई तिमी किन सम्झाउन सक्दैनौ ?’
मैले भनेँ, ‘सरकार यो त नितान्त पारिवारिक मामिला हो । यसमा हामीले कुरा गर्न अप्ठ्यारो पनि छ । तर सरकारबाट हुकुम हुन्छ भने म भोलि नै महाराजाधिराज सरकारमा जाहेर गर्छु ।’

( सैनिक सचिव विवेक कुमार शाहले लेखेको पुस्तक मैले देखेको दरबार पुस्तकबाट । )


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x