बजेट राम्रोसँग अध्ययन नगरी आलोचना भयो–डा. पुष्प कंडेल [भिडियो अन्तर्वार्ता]

जेठ २०, २०७५

काठमाडौं, २० जेठ– आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट आएलगत्तै सत्तापक्षका केही सांसद, प्रतिपक्षी दल नेपाली कांग्रैस र निजी क्षेत्रले बजेट अस्पष्ट भएको भन्दै आलोचना गरेका छन् । संघीयताको पूर्ण कार्यान्यनका लागि आएकोे बजेटमा ठूलो जनअपेक्षा भए पनि बिगतका वर्षकै निरन्तरताजस्तो बजेट आएको भन्दै आलोचना भइरहेका छन् । 

यता सरकारले भने रोजगारी र कामको सुरक्षालाई प्राथमिकतामा राखेर उद्योगधन्दालाई प्रोत्साहन गर्ने नीति बजेटमा भएको दाबी गरेको छ । 


ADVERTISEMENT

राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. पुष्प कंडेलले सरकारले संघीयतालाई सम्बोधन गर्ने बजेट ल्याएको दाबी गर्दै बरु सांसद तथा बजेट कार्यान्वयनमा काम गर्नेहरुले नै संघीयता बुझ्न नसकेको आरोप लगाए । उनले भने, ‘यहाँ केन्द्रदेखि संघीयताको पद्दतिहरु बुझ्न सकेको होइन कि जस्तो लागेको छ, बजेट बन्दा ९० देखि ९५ प्रतिशत मानिसहरु हाम्रो योजनाहरु पार्दिनुस् भनेर आउँछन् । यो पनि समस्या छ नि !’

बजेट राम्रोसँग अध्ययन नगरी आलोचना मात्रै भएको कडेलले बताएका छन् ।  लोकान्तर बिजनेश शोमा कुरा गर्दै कंडेलले बजेट संघीयतालाई ख्याल गर्दै आएकाले सबै मिलेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता भएको छ ।  
सरकारले प्रभावकारी काम गर्नका लागि सञ्चारमाध्यम र प्रतिपक्षी दलहरुले गरेको आलोचनालाई अन्यथा लिन नमिल्ने कंडेलले बताए । 

जेठ २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस