कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतवार सञ्चारकर्मीहरूको एक समूहसितको संवादका क्रममा दिएका अभिव्यक्तिले सरकार नेपालका द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका प्राथमिकतामा गुणात्मक परिवर्तन ल्याउन व्यग्र देखिन्छ । सिमाना जोडिएका छिमेकी देश भारत र चीनसितको सम्बन्धलाई यथोचित महत्वका साथ अघि बढाउने अठोट व्यक्त गर्दा चालू व्यापार घाटा कम गर्ने समेतका पहलबारे उल्लेख भएको छ ।
अब उप्रान्त द्विदेशीय वार्ताका कार्यसूचीमा नेपालका आन्तरिक मामिला पर्न नदिने नीतिगत दृढता जनाइएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सम्पन्न भारतभ्रमण र आसन्न चीनभ्रमणको परिप्रेक्ष्यमा मन्त्री ज्ञवालीको यस भनाइलाई आकलन गर्नुपर्ने हुन्छ । राष्ट्रको स्वाभिमान र हितलाई सर्वोपरि राख्ने प्रतिबध्दतालाई जनस्तरबाट मूल्याङ्कन भैरहेको पनि छ ।
दक्षिण एसियाको क्षेत्रीय परिवेशमा मन्त्री ज्ञवालीका कथनले नेपाल सार्क प्रकृयालाई अवरुध्द हुन नदिन कृतसंकल्प रहेको जानकारी दिएको छ । हामी सार्कको विकल्प खोज्ने पक्षमा छैनौं भन्ने उहाँको दृढोक्तिले एकातिर यहाँको जनमत थप आश्वस्त हुने वातावरण निर्माण हुन्छ भने र अर्कोतिर छिमेकका भारत र पाकिस्तान दुबै मुलुकमा नेपालको यस मान्यतायुक्त सन्देश प्रवाहित हुन पाउँछ । परराष्ट्रमन्त्रीले भने झैं, जब उत्तर कोरिया र अमेरिका समेत वार्ताबाट समस्या हल गर्ने दिशामा अग्रसर हुन सक्छन् भने भारत र पाकिस्तान बीच रहिआएका असमझदारी हट्ने स्थितिको सिर्जना हुने कुरामा किन आशावादी नहुने ?
यस्तै, नेपाल अर्को क्षेत्रीय मञ्च, बिमस्टेक,को शिखर सम्मेलनको तयारीमा रहेको छ। यसलाई नेपालको प्रयत्न सही दिशामा उन्मुख भएको सङ्केत मान्नुपर्छ । त्यस्तै, दक्षिण एसियाबाहिर नेपालका सम्बन्धहरू विस्तार गर्ने उद्देश्य पनि समयसापेक्ष हो।
संयुक्त राष्ट्रसंघको संरचनागत सुधार, विशेष गरेर सुरक्षा परिषद्को सदस्य-संख्या विस्तार र साना भौगोलिक आकारका मुलुकहरूको समुचित प्रतिनिधित्व गराउने दिशामा प्रयत्न चालू राख्ने गर्ने सोच प्रशंसनीय हो यद्यपि यस दिशाका कदमहरूले तत्काल नतीजा ल्याउने सम्भावना देखिँदैन; हुँदैन । किनभने राष्ट्रसंघमा परम्परागत ढङ्गले हालिमुहाली राख्ने देशहरू एकाएक त्यस विश्वसंस्थामा जरो गाडेका आफ्ना विशेष अधिकारहरू त्याग्न वा घटाउन इच्छुक हुँदैनन् ।
तर त्यसो भन्दैमा प्रयास, प्रयत्न नगर्ने कुरा आउँदैन । बरू असंलग्न आन्दोलन समेतका मञ्चहरूको प्रभावकारी उपयोग गर्दै परिवर्तनको पक्षमा सशक्त आवाज उठाउन नेपाल सकृय रहने अपेक्षा गरौं ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...