सर्पको शिर काटिदिए, तर पनि सर्पले डस्यो !

अमेरिकाको टेक्ससमा एक अनौठो घटना भएको छ । एक व्यक्तिलाई सर्पको काटिएको शिरले डसेको छ । 

सापको विषको असर हटाउनका लागि ति व्यक्तिलाई औषधिको २६ डोज दिइएको थियो । 

जेनिफर सटक्लिफले स्थानीय मिडियालाई बताए अनुसार उनका पति बगैचामा काम गरिरहेका थिए त्यसबेला उनले करिब पाँच फिट लामो सर्प देखे । 

सर्पलाई मार्नका लागि उनले सर्पको शिर जिउबाट अलग गरिदिए । जब उनी मरेको सर्पलाई फाल्न गए त्यति बेला  सर्पको काटिएको शिरले उनलाई डसेको थियो । 

सर्प मरेको कयौं घन्टासम्म उसको शिर जिउँदो रहन्छ र त्यसले डस्न सक्छ । 

जेनिफरका अनुसार सर्पले डसेपछि तत्काललै उनका पतिमा विषको असर देखा प¥यो । त्यसलगत्तै उनलाई अस्पताल लगियो । 
 

जेठ २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस