झापा र मोरङमा एकैदिन गरिमा विकास बैंकका ४ शाखा उद्घाटन

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ –गरिमा विकास बैंक लिमिटेडले झापा र मोरङका विभिन्न ४ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

झापाको बिर्तामोड, बुधबारे र बनियानी तथा मोरङको विराटचोक शाखा बिहीवारबाट सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

बिर्तामोड शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, बुधबारे शाखाको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, बनियानी शाखाको कचन कवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र विराटचोक शाखाको सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकालले उद्घाटन गरे ।

यस बैंकले प्रदेश नं. १ अन्तर्गतका ८ वटा शाखा कार्यालय उद्घाटनको पूर्वसन्ध्यामा २०७५ जेठ २३ गते आर्कषक ब्याजदर तथा विभिन्न सुविधासहित गरिमा दम्पती बचत खाता र गरिमा कर्मचारी बचत खातासमेत सञ्चालनमा ल्याएको छ । 
 

जेठ २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस