कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
काठमाडौं, २४ जेठ – गएराति १० बजे पुस्तक अध्ययन सकेर ओछ्यानमा पल्टिँदै सामाजिक सञ्जाल फेसबुक खोले । वालमा देखियो– वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली !’ म स्तव्ध भएँ । अनि, सूचनाको आधिकारिकता जान्न खोजे ।
फेसबुकमा डा. देवकोटालाई श्रद्धाञ्जली लेखेर पोस्ट व्यक्तिको प्रोफाइल हेरेर तुरुन्तै म्यासेज पठाए– डाक्टर देवकोटाको मृत्यु भएको खबर कसले सुनायो ? रिप्लाइ आयो– ‘हो बहिनी केहीबेर अगाडि मृत्यु भएको हो रे ! हामीलाई त्यही जानकारी आएको छ ।’ ‘जानकारी आएको’ र ‘रे’ भन्ने शब्द च्याटमा पढेपछि उनको कुरामा विश्वास गर्नु उपयुक्त थिएन ।
डा. देवकोटालाई श्रद्धाञ्जली भन्दै फेसबुकमा भेटिएको स्टाटस लोकान्तर डटकमको अफिस ग्रुप च्याटमा पठाए । डा. देवकोटाकै स्वास्थ्य अवस्थाको विषयमा रिपोर्टिङ गर्ने क्रममा परिचय भएका काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालका प्रशासन प्रमुख तथा डा. देवकोटाका भतिजा वसन्त देवकोटालाई तत्कालै फोन गरे । डाक्टर देवकोटाको स्वास्थ्य अवस्थाबारे सोधेपछि जवाफ आयो– ‘अरु त ठिकै छ, अहिले उहाँको अवस्था अलिअलि क्रिटिकल छ ।’
यत्ति सुनेपछि सामाजिक सञ्जालको कुरा सही पो हो कि भन्ने लाग्यो । फेरि सोधे– ‘सर, सामाजिक सञ्जालमा डा. देवकोटाको विषयमा हल्लाहरू आइरहेका छन्, त्यो के हो ? उनले भने– ‘रिता जी, उहाँको स्वास्थ्य अवस्था अलिअलि क्रिटिकल छ । तर, अरु सबै हल्ला मात्रै हो । हि इज फाइन, वट हि इज क्रिटिकल ।’ उनले यत्ति भनेर फोन राखे ।
मैले अफिसमा जानकारी गराए । सामाजिक सञ्जाल नियालिरह्यो । हल्ला झनै फैलिरहेको थियो । हामीले फेसबुक च्याट ग्रुपमै छलफल गर्यौं । अस्पतालले आधिकारिक पुष्टि नगरेसम्म हल्ला समाचार ‘ब्रेक’ नगर्ने निष्कर्षमा पुग्यौं । तर, स्वास्थ्य अवस्था गम्भीर रहेको समाचार प्रकाशित गर्यौं । सामाजिक सञ्जाल र केही ब्लगमा ‘डा. देवकोटालाई श्रद्धाञ्जली’ दिएका पोस्टहरू भाइरल बन्दै गए । त्यसैले अस्पतालका प्रशासन प्रमुख देवकोटाको भनाईप्रति हामीले शंका गरिरह्यौं । तर, अस्पतालको आधिकारिक धारणालाई पर्खने निचोडमा पुग्यौं ।
सामाजिक सञ्जालमा फैलिएका कुरामा विश्वास गर्नु हुँदैनथ्यो । तर, ‘हावा नचली पात हल्लिँदैन’ भन्ने भनाई पनि छ । जुन गतिमा त्यो हल्ला फैलिइरहेको थियो, त्यसले त्यो सूचनालाई वेवास्ता गर्न सकिने अवस्था थिएन । अस्पताल र परिवारका सदस्यले डा. देवकोटालाई नेपाल ल्याउँदादेखि नै देवकोटाको अवस्थालाई पर्याप्त रुपमा बाहिर नल्याउने प्रयास गरिरहेका थिए । तर, डा. देवकोटा सारा नेपालीको मनमा बस्न सफल डाक्टर हुनुहुुन्थ्यो । उहाँको स्वास्थ्य अवस्थाको विषयमा सबैले चासो राखेका थिए । र, सर्वसाधारणको चासोमा सत्यता पत्ता लगाएर समाचार सम्प्रेषण गर्नु हाम्रो कर्तव्य थियो ।
आज बिहान साढे ६ बजे बाँसबारीस्थित न्युुरो अस्पतालमा पुुग्यौं । जहाँ डाक्टर देवकोटालाई राखिएको थियो । बिहानै त्यहाँ पुुग्दा अस्पताल परिसर सुनसान थियो । अस्पतालमा केही बिरामी र तिनका आफन्तको आवतजावत र केही पत्रकारबाहेक अरु कोही थिएन । डाक्टर देवकोटाका भतिजा वसन्तलाई फोन गरे, उनले फोन उठाएनन् । अस्पताल प्रशासनले डाक्टरसा’प माथि नै हुनुुहुुन्छ भन्ने जानकारी दियो । तर, भेट्न दिएन ।
देवकोटाको स्वास्थ्य अवस्थाबारे स्पष्ट भइसकेका थिएनौं । सामाजिक सञ्जालमा ‘अप्रिय हल्ला’ झनै फैलिँदै भइरहेका थिए । अस्पतालले कुनै आधिकारिक धारणा सार्वजनिक नगर्दासम्म डाक्टर देवकोटाको अवस्थाबारे एकीन भन्न सकिने अवस्था थिएन । करीब साढे २ घण्टा अस्पताल बाहिर नै बसिरह्यौं । बिहानको ८ बज्न लागेको थियो । हामी आधिकारिक सूचनाको प्रतिक्षामा अस्पताल परिसरमै बसिरहेका थियौं ।
अस्पताल भित्रबाट ह्वीलचियरमा राखेर डाक्टर देवकोटालाई बाहिर ल्याइयो । आधिकारिक सूचना पनि सार्वजनिक भयो । डा. देवकोटालाई जीवितै देख्न पाइयो । मन ढुुक्क भयो । डाक्टर देवकोटा ज्यूदै थिए । सामाजिक सञ्जालमा आएका सबै कुरा गलत भएको प्रमाण सामुन्नेमै थियो । सामाजिक सञ्जालमा समाजको न्यूनतम मान्यता विपरित जीवित डाक्टरलाई श्रद्धाञ्जली दिने होडबाजी चलिरहेको थियो । समाजको असामाजिक व्यवहार सामाजिक सञ्जालमा प्रदर्शन भइरहेको थियो ।
अस्पतालको आँगनमा अस्पतालका चिकित्सक र आफन्तसहित बाहिर ल्याइएका डा. देवकोटाले विस्तारै आँखा खोलेर यताउता हेरे । उनकी श्रीमतीले चम्चाले दुुध खुवाइन् । डाक्टर देवकोटाले यताउता हेर्दै मुख आँ गर्दै केही चम्चा दुध सुरुप–सुरुप पिए । उनले पिएको दूधको घुुड्कोसँगै हाम्रो मन पनि शान्त भयो । प्रमाणित सूचना बिना नै सामाजिक सञ्जालमा ‘श्रद्धाञ्जली’ दिने सञ्जाल प्रयोगकर्ताहरू फेरि एक पटक चिप्लिए । नेपालीका प्रिय डाक्टर उपेन्द्र देवकोटा हामीमाझ नै हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...