×

NMB BANK
NIC ASIA

उहिले–उहिले रेडियो नेपालमा प्रमुख समाचार प्रसारण हुनुभन्दा पहिले मानिस हराएको सूचना बजाइन्थ्यो । त्यसलाई निकै चाख मानेर सुनिन्थ्यो । त्यो सूचनामा यसो भनिन्थ्यो – गहुँगोरो वर्णकी, अन्दाजी पन्ध्र वर्षकी, रातो कुर्ता सलवार लगाएकी, दाहिने गालामा कालोकोठी भएकी, कम्तीमा पाँच फीट दुई इन्चकी युवती फलानो ठाउँबाट यही मिति फलानोमा हराएका कारण भेट्नुहुने महानुभावहरूले कृपया नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहोला ।

Muktinath Bank

ती रेडियो नेपालमा सूचना बजाइएका मानिसहरू भेटिए, भेटिएनन् थाहा छैन । भगवानको कृपाले भेटिएका होलान् भन्ने लाग्छ । यसैमा सन्तोष छ । तर यसबीचमा काठमाडौंका हाम्रा मेयर विद्यासुन्दर शाक्यज्यू हराएका छन् । अधिकांश लोकवासीले खोजीकार्य जारी राखेका छन् । नौ डाँडा र चारै भन्ज्याङ खोज्दा पनि यिनी देखापरेनन् । अहो ! महान् सपनाहरू बोकेर छोयला अनि समयबजीको खालबाट फुत्त निस्किएका यि मनुवा एकाएक कहाँ हराए होलान् ? कहाँ लुकेका होलान्? वा कहाँ भौतारिएका होलान् ? कस्तो छ त यिनको हुलिया?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हसमुख प्रकृतिका यिनको नाम ‘मुस्कान पासा’ राखे पनि फरक नपर्ला जस्तो छ । शुभ कार्यमा ढिला होला भनिकन एक मुठी सोमरस र भटमास, गिदी जिब्रोबाट भटाभट कामको थालनी गरेका यिनी प्रधानमन्त्री केपी ओलीसँग मञ्चमा बस्दा निकै बेरसम्म कानेखुशी गर्न मन पराउँथे । नाक चुच्चो चुच्चो परेको लामो नै थियो । सपना पनि चुच्चे रेलकै थियो । लाम्चो आकारको अनुहार सबैको ध्यान आफूतिरै केन्द्रित गर्न सक्ने किसिमको मनमोहक थियो । उचाइँ कम्तीमा पाँच फीट सात इन्च । राष्ट्रवादी पहिरन दौरा सुरुवाल लगाएको ।


Advertisment
Nabil box
Kumari

यस्तै हुलियामुताबिक यिनलाई फेला पार्ने महानुभावहरूले ‘नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोला’ भनेर सूचना जारी गर्ने बेला भए जस्तो छ, किनकि त्यस कार्यालयको भित्तामा स्मार्ट सिटीका सुनौला सपनाहरू कोरिएका छन्, जसलाई माकुराको जालोले ढाक्नै लाग्यो । मोनोरेलका सांकेतिक नक्साहरू छरिएका छन् टेबलमाथि जसलाई साङ्लेकीराले बिस्ट्याएर कुरूप बनाइसक्यो । ढलनाली फुटेर पैदलयात्री हिँड्ने सडकमा निस्केका फोहोर हिलोका चोक्टाहरू पन्छाउने कुटोकोदालो पनि खिया लागेर झरिसक्यो ।

Vianet communication
Laxmi Bank

असनको गल्ली

एक दिन असनका गल्लीहरूमा फकिर किसिमले हिँडिरहेको थिएँ म । त्यतातिर एकप्रकारको तराजु जस्तो चीजमा ताजा तरकारी बोकेर बोच्न हिँडेका युवकहरू देख्दा निकै ऊर्जा पाउँछु । सबैभन्दा खास कुरा त्यतातिरको भित्री गल्लीहरूमा खसीको भुटुन पनि खान पाइन्छ । खसीको आन्द्रा र भुँडीलाई तिनले तातोपानीमा उमालेका हुन्छन् । लसुन र प्याजसँग मिसाएर भुटभाट पारेर तिनले भुटन दिन्छन् । निकै सस्तो छ त्यो भुटन । पेय पदार्थ नि शुद्ध लोकल पाइन्छ, जुन निकै कडा हुन्छ ।

टेबलमा बसेर भुटन खाँदै थिएँ । अचानक नेवारी लवजको भाषा मिसाएर एकजना स्थानीय जस्ता देखिने मनुवाले मलाई सोधेका थिए –‘छिगु ना छु ख ?’ म चुपचाप बसें । तिनको यो प्रश्न अहिलेसम्म बुझ्नसकेको छैन । नेपाली भाषामा तिनको भनाइ थियो – ‘कहाँ हरायो यो विद्यासुन्दर, ढेवाको पछि लाग्यो कि क्या हो ? केही गर्छ कि भनेको सब आफैं खान्छ । बाटो बनाउला भन्यो, यहाँ अब घोडा पनि पल्टिएला जस्तो भयो । धाराहरू जम्मै सुक्यो, पोखरी कता हरायो ?’

त्यो भुटनपसलमा विद्यासुन्दर शाक्यको बारेमा थप तीन प्रसंग चल्यो :

पहिलो, यिनी अरूलाई हकारेर काम लगाउन नसक्ने किसिमका एकदमै कमजोर दिल भएका लर्तरा मनुवा रहेछन् । लुछो भनौं वा कसैलाई नपिराउने जस्तो भद्र स्वभावका । कसैका कुरा काट्न नसक्ने किसिमका यिनी एकछिन जंगिए पनि एकैछिनमा सामसुम हुँदा रहेछन् । यिनको निम्छरो आनीबानी थाहा पाएपछि कर्मचारीहरूले टेरपुच्छर नलगाउने रहेछन् । कर्मचारीहरूलाई काम लगाउन नसकेर यिनी थाकेर घर गई सुत्दा रहेछन् । यति लामो निद्रा कि श्रीमतीले घचघच्याएर उठाइदिनुपर्ने ।

कुचोले बढारेर घर त सफा हुँदैन र भ्याकुम प्रयोग गर्न थालिएको छ । काठमाडौं कुचोले बढारेर सम्भव हुने कुरा हो, यार ?  वैज्ञानिक प्रविधिको प्रयोग नगरेर बिहान–बिहान महिला दिदीबहिनीहरू सडक किनारका धूलो बढारिरहेका देखिन्छन् । कस्तो उदेकलाग्दो काम यो !

दोस्रो, यिनलाई सबैभन्दा धेरै पत्रकारहरूले नै खेदेका छन् । त्यो कुरा स्वयं यिनलाई पनि थाहा छ । त्यही भएर केही समयअघि एक अन्तर्वार्तामा यिनले भनेका थिए, ‘मिडियाले मलाई खेद्यो तर मैले यिनीहरूलाई जितेरै छाड्छु ।’ यसको अर्थ हुन्छ यिनले मिडिया बुझेका छैनन् । मिडिया नबुझेको भन्नुको अर्थ के हो भने यिनले पत्रकार व्यवस्थापन गर्न सकिरहेका छैनन् । यो कुनै पैसा बाँड्ने वा प्रलोभन देखाउने भन्ने सवाल हैन, यिनले त आफूले गरेका राम्रा कामहरूलाई पनि प्रचार गर्न सकेनन् किनकि यिनमा अहं बढी छ । काठमाडौं (राजधानीवासी) लिगेसीको घमण्ड पनि होला ।

तेस्रो, यिनले समयको महत्त्व बुझेका छैनन् । एउटा एनआरएनको मान्छे कार्यालयमा आयो भने उसैसँग तीन घण्टा बिताइदिन्छन् । एनआरएनका मनुवाले मोबाइल र ल्यापटपमा के के देखाउँछन्, यिनले सबै हेर्छन् । बडो चाख मानेर हेर्छन् । मानौं कि यिनले विदेशको विकास देखेकै छैनन्, पहिलोपटक विकासको झलक देखेर यी बडो रोमाञ्चित बनेका छन् । कामको प्राथमिकता, योजना र त्यसका लागि कुन निकायसँग सहकार्य गर्ने भन्ने कुरा यिनलाई थाहा छैन ।

जस्तो कि बिजुलीको तार जमीनमा लत्रिएको दोष विद्युत् कार्यालयलाई दिन्छन्, विद्युतको हाकिमले मलाई सहयोग गरेन भन्छन् । उस्तै परे हाकिम कालो कांग्रेस रहेछ, कामै गर्न मान्दैन, मैले त अस्ति नै चिट्ठी लेख्या हो भन्छन् । महानगरपालिकाको कर्मचारीहरू सडक किनारमा पसल थापेर बसेका छन् । एकदमै झर्को मान्दै गति छाडेर मेयर साब भन्छन्, ‘सडक सफा गर्ने काम मेरो हैन, मैले सफा गर्ने हैन । ए बाबा, सडक सफा गर्ने काम मेयरको हैन तर खटनपटनका लागि निर्देशन दिने काम त मेयरको होला नि ? पशुपतिनाथको जोगीले चुनाव लडेर जितेको त हैन होला नि ? चुनावताका यो गर्छु, त्यो पनि गर्छु, म जम्मै गर्छु भनेर किन फलाक्या त ?

घिनलाग्दो महानगरपालिका

संसारको जुनसुकै देशमा पनि सरसफाइलाई निकै महत्त्वका साथ हेरिन्छ । अनि सरसफाइका निम्ति राज्यले वा सरोकारवाला निकायहरूले अप्रेसन नै चलाएका हुन्छन् । हाम्रो देशमा सरसफाइ भन्नाले बाटोमा हिलो नहुनु, धूलो नउड्नु भन्ने बुझिन्छ । तर यति मात्रै सरसफाइ हैन । विकसित मुलुक जस्तो कि बेलायतमा त्यहाँको सरकारको प्रतिनिधि व्यक्तिको कोठाको ओछ्यान पनि जाँच गर्न आउँछ सफा छ कि छैन भनेर । तिनीहरूले खाना पकाउने, पाहुना बस्ने सबै स्थान जाँच गर्छन् । फोहोर भेटिएमा भारी जरिवाना गर्छन् ।

यहाँ बेलायतको उदाहरण त हजम नहोला । तर चोकचोकमा मात्र नभएर ठेलागाडाहरूमा खोलिएका मम पसलहरूको अनुगमन कसले गर्छ ? सार्वजनिक स्थानमा खोलिएका यस्ता कैयौं पसलहरू पक्कै पनि सार्वजनिक रूपमा हिँडिरहेकाहरूका लागि हो । यिनका जुठेल्ना हेर्नुहोस्, मम पकाउने भाँडा हेर्नुहोस्, यिनका किचन हेर्नुहोस्, सात पुस्तादेखि सफा नगरेको जस्तो देखिन्छ । झिँगाहरू भन्किरहेका मिठाईपसलहरूमा भीडभाड देखिन्छन् । कसले लिन्छ जनस्वास्थ्यको चिन्ता ?

घाम लाग्यो भने धूलो उड्छ । पानी पर्‍यो भने भलबाढी बग्छ । यो केवल हिजोआजको समस्या हैन काठमाडौंमा । वर्षौंदेखि यी समस्याहरू देखिएका हुन् । मेयर विद्यासुन्दर शाक्यका कार्यकालहरू बढ्दै गए तर धूलो र भलबाढी रोकथामका लागि कुनै पहलहरू हुनसकेका छैनन् । कुचोले बढारेर घर त सफा हुँदैन र भ्याकुम प्रयोग गर्न थालिएको छ । काठमाडौं कुचोले बढारेर सम्भव हुने कुरा हो, यार ?  वैज्ञानिक प्रविधिको प्रयोग नगरेर बिहान–बिहान महिला दिदीबहिनीहरू सडक किनारका धूलो बढारिरहेका देखिन्छन् । कस्तो उदेकलाग्दो काम यो !

मास्कको व्यापार घटेको छैन । झन् बढेको पो छ । मानिसहरू घरबाहिर निस्के कि मुखमा मास्क लगाई हाल्छन् मानौं कि शहरमा विष मिसिएको हावा फैलिएको छ । मानौं कि नेपाल प्रहरीले चोरलाई समात्न खोजिरहेछ, त्यसैले मुख छोपेर हिँड्नुपरेको छ । वास्तवमा सुरक्षाको दृष्टिकोणले पनि मुखमा मास्क लगाएर हिँड्ने काम राम्रो हैन । भनाइको अर्थ, धूलो नियन्त्रणका लागि मेयरले पहलकदमी लिन सकेनन् । संसारको सबैभन्दा दूषित हावा भएको शहरहरूमध्ये एउटा शहर काठमाडौंका मेयरले पक्कै पनि धूलोका परिणामहरू त बुझेकै होलान् । तर नियन्त्रण गर्न सकेनन् ।

ल ठिक छ, धूलो नियन्त्रण गर्न सकेनन् । हिलो त नियन्त्रण गर्न पर्‍यो नि । विद्यासुन्दर आफैं गएर हातले हिलो उचालेर फाल्नुपर्ने त हैन । जम्माजम्मी दक्ष जनशक्तिहरू र प्रविधिको प्रयोग गर्ने न हो । अध्ययन, अनुसान्धनका लागि राज्यको ढुकुटी खर्च गरेर विदेश भ्रमणमा जाने अनि त्यहाँ सिकेको, देखेको कुरा यहाँ प्रयोग नगर्ने, माखो पनि नमार्ने हो भने किन विदेश भ्रमण जाने ? किन यस्तो भयो भनेर सोध्दा ब्लडप्रेसर हाई भएको मनुवाजस्तो रिसाउने, झर्किने ?

एक घण्टा पानी पर्‍यो भने प्रायः सबै सडकहरूको किनार हिँडिनसक्नुको हुन्छ । सडकमा गाडी कुदाउँदा पनि बाटो कहाँ हो देखिँदैन । विगतमा यस्तै भेलमा मानिसहरू डुबे, स्कूले नानी बालबाल बाँचिन्, मोटरसाइकलहरू डुबिरहेका छन्, साना गाडीहरूको बेहाल हुन्छ । यही हो नगरपालिका ? यही हो व्यवस्थापन ? यही हो स्मार्ट सिटी ? त्यो मोनोरेल पछि चढौंला, भविष्यका कर्णधारहरूले निर्माण गर्लान्, चढ्लान् मोनोरेल । फेरि त्यो नाथे रेल ठूलो चीज नि हैन, हाम्रा लागि हाउगुजी मात्र भएको हो । दोस्रो विश्वयुद्धताका नै दुनियाँले चढ्या कुरा । बंगलादेश, पाकिस्तान जस्ता गरीब एसियाली देशहरूमा पनि गाउँगाउँमा गुड्छन् रेल । पहिले हामीलाई धूलोबाट बचाऊ, हिलोबाट जोगाऊ ।

नगरबसहरू गुड्छन् । तर बसस्टप कहाँ हो थाहा छैन । ट्राफिक प्रहरीले बस लखेटेर ती बसहरू भाग्छन् । पछिपछि यात्रुहरू बस भेट्टाउन दौडिन्छन् । मानांै कि पछाडि हुलदंगा भइरहेको छ । विदेशी पनि हिँड्छन् । लाज हुन्छ नि, यार ! तिनले भिडियो बनाउँछन्, फोटो खिच्छन् । हामीले त लाज पचाइसक्यौं । सवाल यात्रु प्रतीक्षालयको हो । हामीकहाँ भएका यात्रु प्रतीक्षालय सबैभन्दा राम्रो भृकुटीमण्डपको होला । अरू त देखेको छैन । अनि त्यही यात्रु प्रतीक्षालयमा पनि जुत्ता, चप्पल, पेटी, कट्टु, मोजा, धागो, सियो बेचिरहेका हुन्छन् । यस्तो लाग्छ कि यात्रु प्रतीक्षालय हैन, मिनी शपिङ मार्केट हो ।

अरे, अलिकति पैसा खर्च गर्न किन डराउने ? कम्तीमा चक्रपथका दश ठाउँमा विदेशी स्टाइलका यात्रु प्रतीक्षालय बनाइदेऊ न । सिंगापुर, युएईमा देखेकै होलाऊ, कस्तो हुन्छ सुविधायुक्त यात्रु प्रतीक्षालय भनेर । चिसो, तातो वातावरण अनुकूलित यात्रु प्रतीक्षालय राखिदेऊ । त्यहाँभित्र यो शहरको सडकको नक्सा टाँसिदेऊ । तातो चिसो के पिउँछन्, सिक्का हालेर झर्ने मसिनको सुविधा राखिदेऊ । यति पनि गर्न नसके कम्तीमा वर्षा हुँदा ओत लाग्ने, चर्को घाम लाग्दा छल्न सकिने यात्रु प्रतीक्षालय त हुन पर्‍यो नि, यार । कुर्सी पनि हुन पर्‍यो ।

यसरी नहराउनुहोस् मेयर विद्यासुन्दर शाक्यज्यू, कृपया आउनुहोस् । हामीलाई तपाईंको याद आएको छ । 

घोषणापत्र अनुसार काम गर्न सकिएन, त्यसका केही कठिनाइहरू होलान् तर तत्कालका लागि गर्न सकिने काम त गर्नुपर्‍यो । कम्तीमा देशको मुटु टुँडिखेल पछाडिको खालि ठाउँमा पिसाब फेर्न रोक्नुपर्‍यो, निकै दुर्गन्ध फैलिएको छ त्यहाँ । सडकका भित्ताहरू कुरूप भएका छन् । ती उजाड देखिन्छन् । कम्तीमा भित्ताहरू रंग्याउन पर्‍यो । जहाँ पनि मोबाइल, चाउचाउको विज्ञापन । के यो देशका भित्ताहरू व्यापारीका कमाइखाने भाँडा हुन् ? आकाशे पुलको हविगत हेरौं, त्यहाँको मिनीमार्केट किन नहटाउने ? पुकार खाएर पिच्च थुक्नेलाई कसले कारवाही गर्ने ?

जेब्रा क्रसिङका धर्काहरू खुइलिएर देख्न नसकिने भएका छन् । ट्राफिक लाइटहरू नयाँ जडान गरेको चार दिनसम्म चले । अनि बन्द भए । जेब्रा क्रसिङमा अनिवार्य ट्राफिक लाइट हुनुपर्ने हो, बाटो काट्दा गाडीहरू रोकिँदैनन् । जेब्रा क्रसिङमा पनि रोकिँदैनन् । भनेपछि जेब्रा क्रसिङको के अर्थ ? अलिकति खाली सडक देख्यो कि टिकट काउन्टर छ । मानिसहरू हिँड्ने बाटो निकै सानो भएको छ । त्यही सानो बाटोमा पनि साहुहरू मालवाहक गाडी तेर्स्याएर अफिस, स्कूल समयमा सामान लोड, अनलोड गर्छन् । अनुगमन गर्ने कसले ? ट्राफिक प्रहरी दुई सय रुपैयाँको रिचार्ज कार्डमा बेचिएको हुन्छ ।

मेयर विद्यासुन्दर शाक्यज्यू, जिम्मेवार मान्छे भएर यसरी हराउन भएन । यसरी अत्तोपत्तो नहुने गरी गायब हुन भएन । मानिसहरूले खोज्दैछन् यो विद्यासुन्दर शाक्य भन्ने मेयर कहाँ हराए भनेर । केवल मतदाता मात्रै हैन, आम लोकवासीहरूले पनि विद्यासुन्दरलाई किन खोजिरहेका छन् भने आजको मितिसम्म काठमाडौं यो देशको राजधानी हो । यो राजधानीको महत्त्वपुर्ण भूभागको मेयर विद्यासुन्दर नै हुन् ।  राजधानीको नामसँग गर्वको अनुभूति गर्न नपाउने जिन्दगी खै के जिन्दगी ?

यसरी नहराउनुहोस् मेयर विद्यासुन्दर शाक्यज्यू, कृपया आउनुहोस् । हामीलाई तपाईंको याद आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x