ट्रम्प र किमले लन्चमा केके खाए ?

काठमाडौं, २९ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले मंगलवार सिंगापुरको सेन्टोसा टापुमा रहेको क्यापेला होटलमा सँगै लन्च गरेका छन् ।

द्विपक्षीय वार्तापछि दुवै नेताले पश्चिमी र एसियाली भोजन गरेका थिए । भोजनमा कोरियाली काँक्रो, गाईको मासु र हागेन दाजको आइसक्रीम पनि थियो । 

दुवै नेताहरू खाना खाने कोठामा प्रवेश गर्दा उनीहरूको फोटो खिचिएको थियो । त्यतिखेर ट्रम्पले रमाइलो पारामा आफूलाई एक सुन्दर तस्वीर खिच्न भने । 

दुवै नेता र तिनीहरूका प्रतिनिधिमण्डल एक लामो सेतो टेबलको आमनेसामने बसे । टेबललाई हरियो र सेतो फूलले सजाइएको थियो । लन्चअघि दुवै नेतालाई स्टार्टर पस्किइएको थियो । 

त्यसमा प्रनको ककटेलका साथ एभोकाडो सलाद र हरियो आँप केराबू थियो । त्यसलाई मह र कागतीले ड्रेसिङ गरिएको थियो । 

अनि अक्टोपस र ओसिओन लगायतका खानेकुरा पनि पस्किइएको थियो ।

एजेन्सी 
 

जेठ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस