कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
जेठ २९, २०७५
काठमाडौं, २९ जेठ – मानसिक अस्पताल पाटनले अस्पतालका पूराना औजार तथा उपकरणहरू अव्यवस्थित रूपमा राखेको पाइएको छ ।
सरकारी स्वामित्वमा रहेका भौतिक सामाग्रीहरू प्रयोगविहीन भएपनि लिलामी प्रक्रियामा नगएसम्म सम्बन्धित निकायले सुरक्षित स्थानमा भण्डारण गरेर राख्नुपर्ने हुन्छ । तर पाटनमा रहेको मानसिक अस्पतालले अस्पतालमा उपयोगविहीन पुराना उपकरण तथा भौतिक साम्रागीहरूको सुरक्षित भण्डारण नगर्दा खिया लागेर बसेको छ ।
अस्पतालले पुराना भएर अस्पतालको प्रयोगमा नआउने शय्या, दराज, कुर्ची लगायतका अन्य भौतिक समाग्री र उपकरणहरू अस्पतालको छतमा राखेको छ ।
अस्पतालले ती उपकरण तथा भौतिक सामाग्रीहरू अस्पतालको छतमा राखेको दुई वर्ष भइसकेको छ । खुला आकाशमुनि चर्को घाम र वर्षाका कारण ती सामाग्रीहरू खियाले समेत खाइसकेको छ । वरपरबाट अस्पतालको छतमा हेर्दा डम्पिङ साइडजस्तो देखिन्छ ।
सरकारी कार्यलयमा रहेका उपकरण तथा सामाग्रीहरू प्रयोगमा नआउने गरी बिग्रिएमा त्यसलाई लिलामी प्रक्रियाबाट व्यवस्थापन गर्ने प्रावधान रहेको छ ।
अस्पताल विकास समितिले जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रतिनिधि, प्राविधिकलाई राखेर प्रयोगमा नआउने उपकरण तथा भौतिक सामाग्रीहरू मूल्याङ्कन गरी सार्वजनिक रूपमा लिलामीको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । तर मानसिक अस्पतालको अस्पताल विकास समितिले ती सामाग्रीहरूको न लिलामी प्रक्रिया अगाडि बढाएको छ न त सुरक्षित ठाउँमा नै राखेको छ ।
अस्पतालका एक कर्मचारीले आफूहरूले अस्पताल विकास समितिलाई पटक–पटक भनेपनि प्रयोगविहीन बनेका उपकरणहरू व्यवस्थापनमा चासो नदिएको बताए ।
‘दुई वर्ष भइसक्यो हामीले ती उपकरण तथा सामाग्रीहरू अस्पतालको छतमा नै देखेको, दुई वर्षदेखि घाम र पानीले गर्दा लिलामीमा समेत नबिक्ने गरी खिया लागिसकेको छ,’ नाम नबताउने शर्तमा अस्पतालका एक कर्मचारीले लोकान्तरसँग भने, ‘हामीले कतिपटक भनिसक्यौं, तर अहिलेसम्म ती सामानहरूको व्यवस्थापन भएको छैन ।’
पुराना उपकरणको अभिलेख नै छैन !
अस्पतालको स्टोरमा पनि प्रयोगविहीन उपकरणहरू थुपै छन् । अस्पताल प्रशासनले पुराना भएर प्रयोगविहीन बनेका उपकरणहरूको अभिलेख समेत नराखेको पाइएको छ ।
‘अस्पतालको स्टोर रुममा पनि बिग्रिएका उपकरणहरू थु्रपै छन्, बिग्रिएका, नबिग्रिएका सबै एकै ठाउँमा छ, मिलाएर पनि राखिएको छैन,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘चहियो भने त्यहीँ बाट निकालेर लैजाने गरिन्छ, कति सामग्री छन् भन्ने व्यवस्थित अभिलेख नै छैन ।’
अस्पतालका सूचना अधिकारी डा. वासुदेव कार्कीले भने ठाउँ अभावमा ती उपकरण तथा सामाग्रीहरू छतमा नै राख्दै आएको बताए ।
उनले भने, ‘अस्पतालको प्रयोगमा नआउने भएपनि सरकारी सम्पत्ति भएपछि व्यवस्थितसँग राख्नुपर्ने हुन्छ, तर ठाउँ नभएर नै हामीले ती सामग्रीहरू छतमा राख्नुपरेको हो ।’
अस्पतालमा पुराना भएर प्रयोगविहीन बने उपकरण तथा भौतिक सामाग्रीहरू कति छन् भन्ने जानकारी आफूलाई नभएको उनले बताए ।
फोटो : गगन अर्याल
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...