असार ५, २०७८
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
जेठ ३०, २०७५
काठमाडौं, ३० जेठ –काठमाडौंको कलंकीमा बन्दै गरेको ‘अन्डर वे पास’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसलाई केही सातामै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अहिले फिनिसिङको काम भइरहेको प्राविधिहरूले बताएका छन् ।
नेपालमा पहिलोपटक बनेको अण्डर पासमा गाडी कसरी चलाउने भन्ने धेरै सवारी चालकलाई जानकारी छैन । कलंकी क्षेत्रमा सवारी आवागमन व्यवस्थापनमा खटिएका ट्रफिक प्रहरी निरीक्षक तिलकबहादुर बडुले केही दिन चालहरूलाई जानकारी गराइने बताए ।
‘बल्खुबाट सीतापाइलातर्फ जाने गाडिहरू र स्वयम्भुबाट बल्खुतर्फ जाने अर्थात् चक्रपथ परिक्रमा गर्ने गाडिहरू अन्डर पास भएर जानुपर्ने हुन्छ । थानकोट तर्फबाट काठमाडौं उपत्यकामा भित्रिने गाडिहरू नयाँ बसपार्क तर्फ जनोहरु बाँया तर्फ जानुपर्ने हुन्छ’ उनले भने ।
त्यस्तै थानकोटबाट कालीमाटीतर्फ जाने गाडिहरू सिधा माथिबाट र बल्खुतर्फ जाने गाडिहरू बायाँ तर्फ जनुपर्नेछ । चिनियाँ कम्पनी ‘द थर्ड रेल्वे एण्ड डिजाइन इन्स्टिच्युट गु्रप कर्पोरेसन’को डिजाइन अनुसार कलंकीमा नेपालकै पहिलो अण्डरपास बनेको हो । यसको लम्बाई ०.८५ किलोमिटर छ ।
८ लेनको प्रमुख सडकमा साइकल ट्र्याक, फूटपाथ र सडकको दुवैपट्टी पब्लिक बस स्टप पनि रहनेछ । अन्डरपास निर्माणका लागि चिनियाँ कम्पनी सांघाइ कन्स्ट्रक्सनले चौबीसै घण्टा काम गरिरहेको छ ।
सांघाइले अन्डरपासको निर्माण सन् २०१८ को जुलाइअगावै सक्ने लक्ष्य लिएको छ । कुल ८ सय मिटर लामो अन्डरपास मध्ये अहिले बल्खुतिरको भागको काम दु्रत गतिमा अघि बढाइएको छ ।
कलंकी चोकदेखि बल्खुतिर ४ सय मिटर र सितापाइलातिर ४ सय मिटर गरी अन्डरपास कुल ८ सय मिटरको छ । यो अन्डर पास बनेपछि कलंकी क्षेत्रमा ट्राफिक जाम कम हुने विश्वास लिइएको छ ।
हेर्नुहोस् भिडियो :
तस्वीरहरू :
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...
ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...