कलाकार भीमबहादुरको निधन

काठमाडौं, ३० जेठ– कलाकार भीमबहादुर थापाको निधन भएको छ । थापाको ९३ वर्षको उमेरमा निधन भएको हो । 

धेरै फिल्म, टेलिफिल्महरुमा थापाले अभिनय गरेका थिए । पछिल्लो पटक हास्य टेलिफिल्म तीतो सत्यमा थापाले दीपाश्री निरौलाको बाबुको भूमिका अभिनय गरेका थिए । 

खोटाङको लामिडाँडामा जन्मेका थापाले दोस्रो विश्वयुद्धसमेत लडेका थिए । त्यसपछि उनी नेपालमै सैनिकमा भर्ति भएका थिए । २०४१ लामा सैनिकबाट निवृत्त भएपछि फिल्म, रेडियो कार्यक्रममा सक्रिय भएका थिए ।

सैनिक सेवामा रहँदा नै थापाले फिल्ममा अभिनय गरेका थिएथापाले करिब ७० वटा नेपाली फिल्म र १०० भन्दा धेरै टेलिफिल्ममा अभिनय गरको छन् ।

थापाकी श्रीमती, छोरा र दुई छोरी छन् । थापको आज पशुपति अार्यघाटमा दाहसंस्कार गरिने छ ।
 

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस