×

NMB BANK
NIC ASIA

गृह र उर्जामन्त्रीको संयुक्त ‘एक्सन’ : ‘झोलामा खोला बोक्ने’माथि तत्काल कारबाही गरिने

बिजुली चाेरलार्इ पक्राउ गर्न सिडिओ नै खटिने

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० जेठ– सडक क्षेत्रका निर्माण व्यवसायीमाथि कडा रुपमा प्रस्तुत भएका गृहमन्त्री अब जलविद्युत क्षेत्रका निर्माण व्यवसायीमाथि पनि कडा रुपमा प्रस्तुत हुने भएका छन् । 

Muktinath Bank

साना तथा ठूला जलविद्यूत आयोजना निर्माण गर्ने भनेर सम्झौता गरे पनि वर्षौदेखि काम नगर्ने ठेकेदारलाई तत्काल कारबाही गरिने गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार गृहमन्त्रालयमा आयोजित गृह र उर्जामन्त्री सहितको बैठकले जलविद्युत आयोजना ओगटेर बसेका ठेकेदारलाई तत्काल कारबाही गर्ने निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

दुवै मन्त्रालयका सचिवदेखि सह–सचिवसम्म सहभागी बैठकले विद्युत चोरी गर्ने, जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्ने तथा विभिन्न साना जलविद्युत आयोजना निर्माण गर्ने भनेर सम्झौता गरेका तर काम नगर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको हो । 

Vianet communication
Laxmi Bank

देशका विभिन्न ठाउँका साना–तथा ठूला नदी र खोलामा विद्युत आयोजना निर्माण गर्ने भनेर सम्झौता गरेका तर काम शुरु नगरेका ठेकेदारलाई तत्काल कारबाही गरिने गृह मन्त्रालय स्रोतले जनायो । त्यसका उर्जामन्त्रालये त्यस्ता ठेकेदारको सूची गृहलाई पठाउने छ । 

उर्जाले पठाएको सूचीमा परेका ठेकेदारलाई नियन्त्रणमा लिनेदेखि अन्य कानूनी कारबाही गरिने गृह मन्त्रालय स्रोतले लोकान्तरलाई बतायो । 

बिजुली चाेरलार्इ पक्राउ गर्न सिडिओ नै खटिने

विभिन्न तराईका जिल्लामा भइरहेको विद्युत चोरी नियन्त्रण गर्न अब प्रमुख जिल्ला अधिकारी (सिडिओ) नै सक्रिय हुने भएका छन् । 

गृह मन्त्रालयले विद्युत चोरी नियन्त्रणका लागि तत्काल सक्रिय हुन सबै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरिसकेको जनाइको छ । 

नेपाल विद्युत प्राधिकरणको जिल्ला शाखासँगको समन्वयनमा अब जिल्ला प्रशासन कार्यालयले नै विद्युत चोरी नियन्त्रण अभियान चलाउने भएको छ । 

विद्युत प्राधिकरणले विद्युत चोरी हुने ठाउँको पहिचान गरी जिल्ला प्रशासन कार्यालयलाई विवरण उपलब्ध गराउनुपर्ने छ । विद्युत प्राधिकरणले पठाएको विवरणअनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल कारबाही अगाडि बढाउने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x