×

NMB BANK
NIC ASIA

अर्जेन्टिनाले खेल्यो पाँचचोटि पेनाल्टी शूटआउट, चारवटामा विजयी

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० जेठ – बिहीवारदेखि शुरू हुन लागेको २१औं फूटबल विश्वकपमा अर्जेन्टिना पनि प्रबल दाबेदार हो । अर्जेन्टिना सबभन्दा धेरै पाँचचोटि पेनाल्टी शूटआउटसम्म पुगेको छ र उसले चारवटा म्याचमा जितेको छ । 

पेनाल्टी शूटआउटमा इंग्ल्यान्ड सबभन्दा अभागी छ । उसले तीनचोटि पेनाल्टी शूटआउटको सामना गरेर तीनैवटामा हार बेहोरेको छ । 

अर्जेन्टिना सन् २००६ को विश्वकपमा जर्मनीविरुद्ध पेनाल्टी शूटआउटमा हारेको थियो । दुवै टीमबीचको क्वार्टरफाइनल खेल निर्धारित समयमा १–१ को बराबरीमा रह्यो । अनि पेनाल्टी शूटआउट हुँदा जर्मनीले अर्जेन्टिनालाई ४–२ ले हराइदियो । 

अघिल्लो विश्वकपमा अर्जेन्टिना र नेदरल्यान्ड्सका बीच भएको म्याच पेनाल्टी शूटआउटमा पुगेको थियो । त्यसमा अर्जेन्टिना विजयी भएको थियो ।

ब्राजिलले चाहिँ चार पेनाल्टी शूटआउट खेलेर तीनमा जीत हासिल गरेको छ । 

पेनाल्टी शूटआउटमा जर्मनीको प्रदर्शन सबभन्दा राम्रो छ । उसले चारवटा पेनाल्टी शूटआउटमा चारैमा विजय हासिल गरेको छ । 

अर्जेन्टिनाका सर्जियो गोएकोचे सबभन्दा धेरै गोल बचाउने कीपरमा संयुक्त रूपमा नम्बर एक स्थानमा छन् । पेनाल्टी शूटआउटमा उनले चार गोल बचाएका छन् । सर्जियोले सन् १९९० मा स्लोभाकियाविरुद्ध दुई र इटलीविरुद्ध दुई शट रोकेका थिए । 

जर्मनीका हेराल्ड शुमाकरले पनि चार शट रोकेका छन् । उनले सन् १९८२ मा फ्रान्सविरुद्ध दुई र सन् १९८६ मा मेक्सिकोविरुद्ध दुई शट रोकेका थिए । 

पोर्चुगलका रिकार्डो र ब्राजिलले टफारेलले विश्वकपमा तीन तीन शट बचाएका छन् । रिकार्डोले एउटै म्याचमा सबभन्दा धेरै तीन गोल बचाउने कीर्तिमान बनाएका छन् ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x