छ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली असार ५ गते चीन जाने

जेठ ३०, २०७५

काठमाडौं, ३० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि १० गतेसम्म उत्तरी छिमेकी चीनको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणमा प्रधामनन्त्री ओली जुन महिनाको १९ तारिखका दिन चीन भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यक्रम बुधवार सार्वजनिक गरेको हो । ओलीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुन, भौतिक योजना मन्त्री रघुवीर महासेठ लगायत रहनेछन् ।

भ्रमणको समयमा प्रधानमन्त्री स्तरमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । ल्हासाको समेत भ्रमण गरेर प्रधामनन्त्री ओली असार १० गते स्वदेश फर्किने कार्यक्रम छ ।

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस