रणवीरले आफ्नो पात्र निर्वाह गरेकोमा सञ्जय दत्तको प्रतिक्रिया कस्तो ?

जेठ ३०, २०७५

काठमाडौं, ३० जेठ – रणवीर कपूरले सञ्जय दत्तको जीवनीमा आधारित रही खेलेको फिल्म सञ्जु छिट्टै सार्वजनिक हुँदैछ । फिल्मको ट्रेलरले राम्रो प्रशंसा बटुलिरहेको छ । 

ट्रेलरमा कतैकतै रणवीरले सञ्जयलाई हुबहु कपी गरेका छन् । 

सञ्जय दत्त आफैं चाहिँ रणवीरको प्रदर्शनका बारेमा के भन्छन् त ? 

उनी भन्छन्, ‘रणवीरले शानदार काम गरेका छन् । फिल्मको केही दृश्यहरू मैले हेरेको छु, ती जबर्जस्त छन् । म उनलाई शुमकामना दिन्छु र र यो फिल्म हेर्न चाहन्छु ।’

फिल्मको शूटिङ शुरू भएको केही दिनमा सञ्जयको घरमा पार्टी राखिएको थियो । पार्टीमा सञ्जयले रणवीरमा हप्काएका थिए । ‘तिमी मेरो भूमिकाका लागि फिट छैनौ’ भनेका थिए ।

रणवीरसँग मस्क्युलर बडी नभएकाले आफ्नो भूमिकामा फिट नभएको सञ्जयको भनाइ थियो । 

सञ्जयले भने, ‘केही दिनअघि मैले टीभीमा बर्फी फिल्म हेरें । के सोचेर तिमीले यस्तो फिल्म गरेको ? अनि तिमीले मेरो जीवनीमा मेरो भूमिका निर्वाह गर्ने ? कसले तिमीलाई यो रोलका लागि कास्ट ग–यो ? तिमी पनि बन्दूक समातेर
एक्सन फिल्म गर, बर्फी जस्ता फिल्म गर्ने हैन ।’

तर अहिले सञ्जयको प्रतिक्रिया हेर्दा त रणवीरले सञ्जुमा गरेको अभिनयले मन जितेको देखिन्छ । 

राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्म असार १५ गते रिलिज हुँदैछ । फिल्ममा रणवीरका अलावा मनीषा कोइराला, सोनम कपूर, अनुष्का शर्मा, करिश्मा तन्ना, परेश रावल र जिम सर्भ पनि छन् ।

एजेन्सी
 


ADVERTISEMENT

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस