ड्युटीमा सामाजिक सञ्जाल चलाउन र गीत भिडियो सुन्न नपाइने

जेठ ३१, २०७५

दार्चुला, ३१ जेठ–जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा कार्यरत प्रहरी सुधार गर्ने भन्दै २१ बुद्धे आचारसंहिता जारी गरेको छ । बुधबार जिल्लाभरीका मातहतका प्रहरीको लागि भन्दै २१ बुद्धे आचारसंहिता सार्वजनिक गरिएको हो ।राजधानी दैनिकले खबर छापेको छ । 

प्रहरी नायव उपरीक्षक नवराज भण्डारीद्धारा प्रकाशित निर्देशनात्मक आचारसंहितामा मातहतका सबै प्रहरीले अनिवार्य रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ । यो आचारसंहिता लागू भएपछि प्रहरीले ड्युटीको बेला सामाजिक सञ्जालमा नेट चलाउन, तथा गीत भिडियो सुन्न तथा हेर्न प्रतिबन्ध लगाइएको छ । ड्युटीमा खटिदा ध्यान अन्यत्र जाँदा कार्य सम्पादनमा असर पर्ने भन्दै आचारसंहिता कडाईका साथ कार्यान्वयन गरिने डिएसपी अधिकारीले बताए ।


ADVERTISEMENT

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस