×

NMB BANK
NIC ASIA

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तालिका

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ— प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारीक भ्रमणका लागि असार ५ गते त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको ६ दिने औपचारिक भ्रमणको तालिका दुवै देशले बुधबार सार्वजनिक गरेका हुन् । 

Muktinath Bank

परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक तालिकामा भ्रमण टोलीमा प्रधानमन्त्री पत्नीसहति गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सांसद, सरकारी अधिकारी रहने उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङका साथै चिनियाँ समकक्षी ली खछ्याङलगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए पनि विज्ञप्तिमा सीसँग हुने भेट बारे उल्लेख गरिएको छैन ।
नेपाली पक्षले सीसँगको भेटबारे उल्लेख नगरे पनि चिनियाँ पक्षले राष्ट्रपतिसँग भेट हुने जनाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका ओलीले सीसँग भेट गर्ने तय भएको बेइजिङमा हुने नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले बुधबार बताएका हुन् ।

Vianet communication
Laxmi Bank

भ्रमणका क्रममा नेपाल र चीनबीच केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ओलीले बेइजिङमा नेपाल–चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नु हुने छ । यस्तै ल्हासा भ्रमण र नेताहरूसँगको भेटवार्ता गर्ने तयारी पनि छ ।

परराष्ट्र अधिकारीका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफलका साथै परियोजनाहरूसम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ । 

पुल निर्माण, राजमार्ग प्रयोग, हवाई रुट, नेपालमा रेल मार्ग जोड्ने, जलविद्युत् तथा पूर्वाधारमा लगानी, सडक सञ्जाल, नाका सुदृढीकरण, सीमा सुरक्षा, तेल भण्डारण र चीनको बन्दरगाह प्रयोगलगायत विषयमा प्रोटोकल एवं समझदारी कायम हुने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x