×

NMB BANK
NIC ASIA

भवन निर्माणमा सहयोगी बन्दै विश्वकप फुटबल

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिवास, ३१ जेठ- महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । 

महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो । 

आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसायीले रक्त सञ्चार केन्द्रको निर्माणाधीन भवनलाई सहयोग पु¥याउन लागेका हुन् । विश्वकप फुटबलको अवधिभर लाइभ देखाउँदा प्राप्त हुने रकम रक्त सञ्चार केन्द्र भवन निर्माणमा सहयोग गरिने महोत्तरी होटल व्यवसायी संघ बर्दिवासका महासचिव रेवन्त कार्की सुदीपले जानकारी दिनुभयो । 

“रक्त सञ्चार केन्द्रको भवन रकम अभावले पूर्ण हुन सकेको छैन” महासचिव कार्कीले भन्नुभयो, “अहिले विश्वकप फुटबल हेर्न लालायित ठूलै जमात यहाँ देखियो, हामीले यो अवसरलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोड्न चाह्यौँ ।” 

बिहीबार साँझ शुरु हुने विश्वकप फुटबलको लाइभ बर्दिवास सेवा समितिको सभा भवनमा प्रोजेक्टरको सहयोगमा होटल व्यवसायीले दर्शकलाई देखाउन लागेका हुन् । यो लाइभ हेर्न चाहनेले रु २०० को सहयोग रसिद लिनुपर्ने संघले निर्णय गरेको छ । आज बिहानसम्म २०० टिकट गइसकेको महासचिव कार्कीले जानकारी दिनुभयो । 

“बर्दिवास सेवा समितिको सभाभवन ६०० दर्शक अट्ने क्षमताको छ” महासचिव कार्कीले भन्नुभयो, “अहिलेसम्मको सम्पर्कले दर्शकको संख्या यस्तै हाराहारीको हुने ठानेका छौँ ।” विश्वकप फुटबलको उत्सवसँगै जोडेर रक्त सञ्चार केन्द्रको भवन निर्माणमा रु एक लाख सहयोग गर्न सकिने होटल व्यवसायीले अपेक्षा राखेका छन् । 

होटल व्यवसायीले विश्वकप फुटबलको उत्सवलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोडेपछि बर्दिवास नगर क्षेत्रका टोल सुधार समितिमा आबद्ध युवा पनि सहयोग जुटाउन लागी परेका छन् । “होटल व्यवसायीले राम्रो सोच ल्याए, हामी पनि सहयोगमा जुटेका छौँ” बर्दिवास युवा टोल सुधार समितिका अध्यक्ष फणीन्द्र भट्टराई ‘बिजु’ले भन्नुभयो । 

रचनात्मक कामको सहयोगमा होटल व्यवसायीसँगै स्थानीय युवा पनि सक्रिय भएपछि योबारे सकारात्मक चासो बढेको छ । विश्वकप फुटबलको लाइभ इलाका प्रहरी कार्यालय, बर्दिवास, एकीकृत सेवा केन्द्र बर्दिवास र बर्दिवास उद्योग वाणिज्य संघसँग समन्वय गरेर सुरक्षा प्रबन्ध मिलाइएको महोत्तरी होटल व्यवसायी संघ बर्दिवासले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x