×

NMB BANK
NIC ASIA

फूटबलको 'महाकुम्भ' आजदेखि, यसकारण विशेष छ रुस विश्वकप

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ - खेलकुदको महाकुम्भ फिफा विश्वकप फूटबल प्रतियोगिता आजबाट रुसमा शुरु हुँदैछ । विश्वकपको २१औं संस्करणको शुरुवात आयोजक रुस र एसियन मुलुक साउदी अरेबियाबीचको भिडन्तबाट हुनेछ ।

Sagarmatha Cement
Muktinath Bank

उद्घाटन खेल रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ । विश्वकपका खेलहरू मस्कोका दुईसहित ११ शहरका १२ रंगशालामा हुनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटकको विश्वकपमा साबिकको विजेता जर्मनीसहित पूर्वविजेताहरू ब्राजिल, अर्जेन्टिना, स्पेन र फ्रान्सलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै बेल्जियम, पोर्चुगल, इंग्ल्याण्डलगायतका मुलुकहरू पनि दाबेदारकै सूचीमा छन् ।

Vianet communication
Laxmi Bank

पुरस्कार कति ?

विश्वकपमा सहभागिता जनाउने सबै टीमले कम्तिमा ८० लाख डलर पाउने छन् । 

यस्तै राउण्ड अफ १६ मा पुग्ने टोलीले करीब १ करोड २० लाख डलर, अन्तिम ८ मा पुग्नेले १ करोड ६० लाख डलर, चौंथो हुनेले २ करोड  २० लाख डलर तथा तेस्रो हुनेले २ करोड ४० लाख डलर पाउने छन् ।

उपविजेताले २ करोड ८० लाख डलर पाउँदा विजेताको भागमा ३ करोड ८० लाख डलर पर्नेछ । विजेताले पाउने रकम करीब ४ अर्ब नेपाली रुपैयाँ हो ।

भिडियो असिस्टेन्ट रेफ्री

रुस विश्वकपको सबैभन्दा विशेष कुरा भिडियो असिस्टेन्ट रेफ्रीको व्यवस्था हो ।

विश्वकपका खेलहरू रेफ्रीको कतिपय निर्णयका कारण विवादित बन्ने गरेकोमा फिल्डमा रहने रेफ्रीलाई सघाउन भिडियो असिस्टेन्ट रेफ्रीको व्यवस्था गरिएको छ ।

मैदानमा रहेका रेफ्रीले नदेखेका कुरा भिडियो असिस्टेन्ट रेफ्रीले हेरेर सही निर्णय लिन सघाउने छन् ।

सायद मेस्सी र रोनाल्डोको अन्तिम विश्वकप !

वर्तमान फूटबलका दुई बादशाह लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सम्भवत: अन्तिम विश्वकप खेल्दैछन् । सोही कारण पनि यो विश्वकप विशेष छ ।

मेसी ३१ वर्षमा टेक्दैछन् भने रोनाल्डो ३३ वर्षको भइसकेका छन् । अब ४ वर्षपछि कतारमा हुने विश्वकपमा उनीहरूको सहभागिता अन्योलमा छ ।

त्यसो त मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय फूटबल करियरबारे निर्णय यही विश्वकपपछि लिने बताइसकेका छन् ।

अर्जेन्टिनाले विश्वकप जित्न नसकेमा सायद मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय फूटबल यात्रालाई रुसमै विश्राम दिने सम्भावना प्रबल छ ।

रोनाल्डो मेसीभन्दा अझै २ वर्ष जेठा छन् । उनले तत्काल संन्यास नलिए पनि आगामी विश्वकपमा उनी सहभागी हुने सम्भावना न्यून छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x