×

NMB BANK
NIC ASIA

पहिलो खेलमा आयोजक टोली कहिले पनि नहारेको कीर्तिमान, रुसले के गर्ला ?

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ – रुसमा आज बिहीवारदेखि विश्वकप फूटबल शुरू हुन गइरहेको छ । कुल ३२ दिनसम्म चल्ने यो प्रतियोगितामा ११ शहरमा १२ स्टेडियममा ६४ वटा खेल हुनेछन् ।

पहिलो म्याच आज राति पौने ९ बजे आयोजक टोली रुसको प्रतिस्पर्धा साउदी अरेबियासँग हुँदैछ । मस्कोको लुझनिकी स्टेडियममा यो खेल हुँदैछ । 

आयोजक टोलीले पहिलो खेल कहिले पनि हारेको छैन । त्यसैले आजको खेलमा रुसको सम्भावना बलियो देखिन्छ । तर रुस र साउदी अरेबिया अन्य टोलीका तुलनामा  अत्यन्तै कमजोर टीम हुन् । कमजोर टीमहरूबाट विश्वकप शुरू गरिएको यो पहिलो अवसर हो ।

खेलअघि लुझनिकी स्टेडियममा पौने ७ बजे उद्घाटन समारोह राखिएको छ । उक्त समारोहमा ५०० कलाकारले प्रस्तेति दिँदैछन् । 

प्रतियोगितालाई ३५० करोड मानिसले हेर्ने अपेक्षा गरिएको छ । यसबाट फिफाले ६६ हजार करोड रुपैयाँ कमाउँदैछ ।

उद्घाटन समारोहमा इंग्ल्यान्डका पपस्टार रबी विलियम्स, गायक जसआन डिएगो फ्लोरेज र ओपेरा सिंगर प्लासिडो डोमिगो र रुसी ओपेरा सिंगर गरीफुल्लिनाले प्रस्तुति दिनेछन् । 

त्यो समारोह र म्याचका बेलामा ३० हजार जवानले सुरक्षा दिनेछन् । लडाकू विमानहरूको टुकडीले पनि सम्भावित खतरालाई रोक्ने प्रयास गर्नेछ । 

विश्वकपमा ३२ टीमले भाग लिएका छन् । तिनलाई चार–चार टोलीको दरले आठ समूहमा बाँडिएको छ । 

प्रत्येक समूहबाट दुई–दुई टोली नकआउट चरणमा पुग्नेछन् । 

आइसल्यान्ड र पनामा विश्वकपमा पहिलोपटक छनोट भएका हुन् । 

विश्वकपमा पहिलोपटक भिडियो रेफरल प्रणाली अपनाइएको छ । 

फूटबलमा यसपालि चिप जडान गरिएको छ । टेलस्टर–१८ फूटबलमा जडान गरिएको चिपलाई स्मार्टफोनमा कनेक्ट गर्न सकिनेछ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x