पेस्तोलसहित काठमाडौंको ठमेलबाट २ जना पक्राउ

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ – महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काभ्रेको झैटी देउराली–८ घर भई हाल सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङको ज्वालामुखी–३ घर भएका २९ वर्षीय कमल गुरुङलाई १ पेस्तोल र १ खुकुरीसहित पक्राउ गरेको हो । राधे समूहको गुण्डा रहेका थापाले आफूलाई ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने बताएको प्रहरीले जनाएको छ । देवकुमार थापाको समूहमा रहेर गुण्डागर्दी गर्ने गुरुङले इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बताएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

परिसरका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार दुबै जनाले केही दिनदेखि ठमेलको ज्याठा क्षेत्रका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई डर त्रास देखाएर कम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको छ । 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस