×

NMB BANK
NIC ASIA

कुनमिङ (चीन) ३१ जेठ–चीनको कुनमिङमा बिहीवारदेखि शुरु भएको पाँचौ ‘चाइना दक्षिण एशिया एक्सपोजिसन, २५ औं चाइना कुनमिंग इम्पोर्ट एण्ड एक्सपोर्ट फेयर’ तथा पहिलो चाइना दक्षिण एशिया कोओप्रेसन फोरम मा नेपालका करीब दुई सय स्टाल राखिएको छ।

Sagarmatha Cement
Muktinath Bank

हस्तकलाका विभिन्न सामग्री, मूर्तिहरू, कपडा, पेन्टिङलगायतको स्टल प्रदर्शनीमा राखिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटन सत्रपछि चीनका उपप्रधान मन्त्री हु चुन वा ले नेपालका स्टलमा पुगेर अवलोकन समेत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

नेपालका एफ वेयरका सञ्चालक सोनी जोशीले लोकान्तरसँग भनिन्,’उपप्रधानमन्त्री मेरो स्टालमा आउनुभयो र मसँग हात मिलाउनुभयो । पस्विानाको सललाई समातेरसलको प्रशंशा गर्दै नेपालको महिला सशक्तिकरणको प्रशंसा समेत गर्नुभयो । उहां अति खुशी हुनुभयो।’

Vianet communication
Laxmi Bank

उद्घाटन सत्रमा नेपाल सरकारको तर्फबाट शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अतिथिको रुपमा सहभागी भएका थिए । 

काठमाडौं पाटनका याला ह्याण्डीक्राफ्टका संचालक रत्नबहादुर बजराचार्यले बिगत पाँच वर्षदेखि चीनमा आफूले स्टल लगाउँदै आएको बताए । 

नेपाल चीन काउन्सिल मार्फत बज्राचार्यले यस पटक पनि आफ्नो स्टोनको स्टाल लगाएका छन् । आफ्नो स्टलमा मा ५० देखि २हजार युवानसम्मका स्टोनहरू राखिएको उनले जानकारी दिए ।

बज्राचार्यले लोकान्तरसँग भने, यस्तो अन्तर्राष्ट्रीय प्रदर्शनीहरुमा सहभागी हुँदा तत्काल खास फाइदा त हुँदैन तर प्रवर्धन भने हुन्छ’ उनले भने,‘काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनका समयमा भने यस्ता प्रदर्शनीका कारण फाइदा पुग्छ र व्यापारमा वृद्धि हुन्छ ।’

सविता कपडा उद्योगकी सविता सिंह महर्जन ले भनिन् ,’ स्टल लगाए बापत ३५ हजार रुपियाँ, धरौटी बापत १५ हजार रुपियाँ , च्याम्बरको सेवा बापत ५ हजार रुपियाँ तिर्नुपरेको छ ।’ उनी लगनखेल मा आफ्नो शोरूम संचालन गर्दै आएका छिन।

त्यसै गरी एल एम ह्यण्डीक्राफ्टस का संचालक लोकेश शाक्य ले लगाएको स्टलमा ग्रीन तारा, लोकेश्वर, पद्मसंभव, बुद्ध, मंजूश्री, खचेरी आदिको मूर्ति बिक्रीका लागि राखिएका छन्। तामा र सुनले बनेको ती मूर्तिहरू१० हजार देखि५ लाख रुपियाँ सम्मको रहेको छ।

विगत ५ बर्षदेखि लगातार चीनमा स्टल लगाउँदै आएका शाक्यले लोकान्तरसंग भने,’पहिले पहिले लाखसम्मको ब्यापार हुन्थ्यो,तर अहिले भने ब्यापार घटेको छ । गत जर्ष ७० देखि ८० हजार युवान सम्मको मात्रै ब्यापार भएको थियो ।’

नेपाल र चीनबीच मात्रै हुने गरेको व्यापारमा अति नै फराकिलो अन्तरले व्यापार घाटा भइरहेको बेला यस्ता प्रदर्शनीहरूमा नेपालका बस्तुहरूको प्रदर्शनीले ब्यापार घाटालाई कम गर्न सक्छ, अर्थ मन्त्री यूवराज खतिवडाका सलाहाकार समेत रहेका नेपाल राष्ट्र बैंकका निर्देशक डा रामशरण खरेलले भने,’नेपाल र चीन बीचको व्याापारमा नेपालले कुल व्यापारको ५ प्रतिशत मात्रै निर्यात गरेको छ भने ९५ प्रतिशत आयात नै गरिरहेको छ।’ 

यस्ता अन्तर्राष्ट्रीय प्रदर्शनीहरूले नेपालको उत्पादकत्वलाई अन्तर्राष्ट्रीय बजारमा लान ठूलो प्लेटफार्म प्रदान गरेको छ, खरेलले थपे,’खासाको तातोपानी नाका अवरुद्ध भएका कारण पनि त्यो समस्या भएको हो । 
नेपाल सरकारले आफ्नो उत्पादकत्व बढाउनका लागि अनुदान समेत दिने बजेटमा व्यवस्था गरेकाले निर्यात बढाउन थप बल प्रदान गरेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x