×

NMB BANK
NIC ASIA

भारतसँग जोडिएका बस्तीमा कृष्ठरोगको जोखिम

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दमक, ३ असार - झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ । 

कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ । जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति लगायतका क्षेत्रमा कुष्ठरोगको बढी जोखिम पाइएको उहाँले जानकारी दिनुभयो । पोख्रेल भन्नुहुन्छ, “भारतसँग जोडिएका जिल्लाका शहर, बस्तीमा कुष्ठरोग चुनौतीका रुपमा देखिएको छ ।” 

पोख्रेलका अनुसार जिल्लामा गएको ४ वर्षको अवधिमा ७५८ जना कुष्ठरोगी फेला परेको र तीमध्ये अहिले १५९ जनाले नियमित रुपमा औषधि सेवन गरिरहेका छन् । जिल्लामा २ वर्षमाथि देखि १०३ वर्षका मानिसलाई सर्ने खालको कुष्ठरोग भेटिएको पोख्रेल बताउनुहुन्छ । जिल्लामा कुष्ठरोग निवारण गर्ने उद्देश्यले झापाका १५ वटै स्थानीय तहका कार्यालयले खोजपड्ताल अभियान शुरु गरिएको छ । 

यसैबीच, दमक नगरपालिकाकाले असार ६ देखि १० गतेसम्म नयाँ कुष्ठरोगीको खोजपड्ताल कार्यक्रम शुरु गर्ने भएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो । अर्यालले खोजपड्तालमा महिला र पुरुष गरी १० वटै वडामा स्वास्थ्यकर्मीहरुको टोलीलाई तालीम प्रदान गरी वडावडाका घरघरमा खटाउन लागिएको बताउनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x