×

NMB BANK
NIC ASIA

किशोरलाई मन पर्दैनथियो सलाद, बाआमाले खुवाउन खोजेपछि बोलाए प्रहरी

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ असार – क्यानाडामा १२ वर्षीय एक किशोरलाई सलाद मन पर्दैनथियो । तर घरमा उनलाई सलाद दिइएपछि उनले इमर्जेन्सी नम्बरबाट प्रहरीलाई फोन गरे ।

उनले दुईचोटि ९११ मा फोन गरेर आमाबाले आफूलाई पटक्कै मन नपर्ने सलाद दिइएको बताए । प्रहरी किशोरको घर पुग्न नपाउँदै उसले फेरि फोन गरेर प्रहरी कतिखेर घर आइपुग्छ भनी सोधे । 

क्यानाडाको न्युज वेबसाइट सीबीसीका अनुसार, नोभा स्कोसियामा प्रहरीले मंगलवार राति ९११ मा एक इमर्जेन्सी कल रिसिभ ग–यो जसमा एक किशोरले सलाद पस्किइएको गुनासो ग–यो । प्रहरीले त्यहाँ पुगेर किशोरलाई सलादका
फाइदा मात्र बताएन, ९११ नम्बर कुन परिस्थितिमा मात्र डायल गर्नुपर्छ भनी जानकारी पनि दियो । आमाबालाई पनि यसको बारेमा प्रहरीले सम्झायो ।

एक प्रहरी अधिकारी हचिनसनले इमर्जेन्सी घटनामा मात्र ९११ मा फोन गर्नुपर्ने बताए । बच्चाले मात्र नभई आमाबाहरूले पनि ९११ को दुरुपयोग गर्ने गरेको उनले बताए । 

टीभीको रिमोट हरायो वा रेस्टुराँले समयमै खानाको अर्डर पस्केन भनेर पनि ९११ मा फोन आउने गरेको छ । एकचोटि त एक जोडी आमाबाले आफ्नो बच्चोले झुर हेयरकट गरायो भनेर गुनासो गर्न समेत ९११ मा फोन गरेका थिए ।

एजेन्सी   

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x