×

NMB BANK
NIC ASIA

नेताका प्रतिबद्धता पूरा नभएपछि नारच्याङवासी ऋणमा डुबे

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, ४ असार- म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, आैंठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गर्नुभयो । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिनुभएको थियो । 

निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका उम्मेदवारले सडक विस्तारमा बजेटको प्रतिबद्धता जनाएपछि ऋणधन गरेर सडक विस्तारमा कस्सिएका नारच्याङवासी नेताले गरेका प्रतिबद्धता पूरा नभएपछि ऋणमा चुर्लुम्मै डुबेका छन् । 

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेंशीबाट लेकगाउँ जोड्ने बेँशी–लेकगाउँ मोटरबाटोमा राजनीतिक दलका र निर्वाचित जनप्रतिनिधिको आश्वासन पूरा नहुँदा स्थानीयवासीले तीन वर्ष अगाडि शुरु गरेको सडक निर्माण कार्य अलपत्र परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बेँशीबाट लेकगाउँका जनतालाई सहज आवतजावत गर्न स्थानीयले चन्दा संकलन गरे पनि पर्याप्त नभएपछि सडक अलपत्र परेको निर्माण समितिका अध्यक्ष पुर्जाले बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“सडक विस्तारमा लागेको ऋण तिर्न मैले सुनसमेत धितो राखेको छु,” “बजेट छुट्टियो भनेर काम शुरु गरियो, पछि बजेट सुको आएन” पुर्जाले भन्नुभयोे । व्यक्तिगत रुपमा लिइएको ऋणको ब्याज बढिरहेको छ । 

“मजदूरको पैसासमेत तिर्न सकिएको छैन, सडक अलपत्र पर्दा लेकगाउँवासीलाई सास्ती भएको छ” पुर्जाले भन्नुभयो । करीब ६०० घरधुरी रहेको लेकगाउँ आलुखेतीका लागि पकेट क्षेत्र मानिन्छ । 

तत्कालीन जिविसबाट रु छ लाख, पूर्वसांसद रेशमबहादुर बानियाँको कोषबाट रु तीन लाख प्राप्त भए पनि अझै करीब रु १० लाख पुरानो ऋण रहेको उपभोक्ता समितिको भनाइ छ । 

पुरानो ऋण चुक्ता नगरी सडक विस्तारको सम्भावना नभएको समितिको भनाइ छ । गाउँसम्म सडक पु¥याउन कडा चट्टान फोर्नुपर्ने भएकाले पनि करीब रु दुई करोड लागत अनुमान गरिएको छ । 

मिस्त्रीखोला जलविद्युत् आयोजनाले बेँशीगाउँ माथिसम्म सडक विस्तार गरेको छ । लेकगाउँबाट उत्पादन हुने अग्र्यानिक तरकारीलाई निर्यात, अन्नपूर्ण बेस क्याम्प र खोपा लेक जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने स्थनीय टेक पुनले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तारमा आवश्यकताअनुसारको बजेट नहुँदा स्थानीयले आफ्नो खेतबारीको लालपूर्जासमेत धितो राखेर लगानी गर्ने गरेका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x