×

NMB BANK
NIC ASIA

गल्छी-रसुवागढी सडक स्तरोन्नति हुँदै, चिनियाँ नाका पुग्न सहज हुने

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रसुवागढी, ४ असार- नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाइएको छ । 

नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको सेनाले उक्त सडकखण्डको भौगोलिक अवस्थाअनुसार नौदेखि ११ मिटरसम्म विस्तार गरेको छ । 

गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँशी रसुवागढी सडक योजनाका सव इञ्जिनियर तुलाकान्त चौधरीका अनुसार गल्छी–रसुवागढीको कूल ८६ किलोमिटरमध्ये योजनाअन्तर्गत हाल ४६ किमीको काम भइरहेको छ । 

सडक स्तरोन्नति योजना सम्पन्न गर्नका लागि रु तीन अर्ब ६३ करोड ९१ लाखमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भई २०७४ असारबाट काम शुरु गरिएको हो । 

योजनाअन्तर्गत बजार क्षेत्रमा नालासहित चार लेन र अन्य बस्ती नभएका ठाउँमा दुई लेनको सडक निर्माणकार्य भइरहेको छ । कतिपय ठाउँमा मुआब्जालगायतका समस्याका कारण ठाउँठाउँमा निर्माण कार्य प्रभावित भएको बताउँदै उहाँले हालसम्म १६ प्रतिशत मात्र काम भएको जानकारी दिनुभयो । 

सडकको स्तरोन्नतिका क्रममा यस मार्गमा पर्ने १४ वटा पुल निर्माणका लागि छुट्टै योजना सम्झौता गरिएको छ । चौधरीका अनुसार पुल निर्माणका लागि रु ५७ करोड ९५ लाख लागत सम्झौता भएको छ । 

पुल निर्माणको काम पनि अघि बढेको, कोल्पुटार, ठूलो खोला र गेर्खुमा निर्माण भइरहेको उहाँले बताउनुभयो । नेपाल र चीनलाई जोड्ने सबैभन्दा छोटो नाका भएका कारण यस सडकले चीनबाट गल्छी हुँदै काठमाडौँका साथै पोखरालाई जोड्न निकै सहज हुने टिमुरेका पर्यटन व्यवसायी दोर्जे तामाङले बताउनुभयो । 

“गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी जोडिने यो सडक यस क्षेत्रको समृद्धिका साथै समग्र नेपालकै समृद्धि र विकासका लागि महत्वपूर्ण बन्नेछ,” उहाँले भन्नुभयो, “भूकम्पपश्चात् सबैभन्दा पहिले खोलिएको चीनसँगको यो नाकाका कारण यतिखेर यही मार्ग हुँदै मानसरोबर जाने पर्यटकका साथै चीनबाट स्थलमार्ग भई नेपाल आउने पर्यटक निकै लाभान्वित बनेका छन् ।” 

सडक स्तरोन्नतिका क्रममा रहेका कारण यहाँका व्यवसायीलाई थप उत्साहित बनाएको छ । 

अहिले सञ्चालनमा रहेको पासाङ ल्हामु मार्गको काठमाडाँै बेत्रावती– धुन्चे हँुदै रसुवागढी जोड्ने सडक सेनाले निर्माण गरेको सडक करीब २५ किमी छोटो पर्छ । 

काठमाडौँबाट बेत्रावती–धुन्चे हँुदै रसुवागढी जोड्ने सडकको दूरी १४५ किमी छ भने बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२० किमी मात्र हुन्छ । 

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँशी सडकमा उकालो र ओरालो हुँदै विभिन्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट कुनै घुम्ती नभएको उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका सहदेव श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार रसुवागढी नाका सञ्चालनसँगै चीनको केरुङबाट दैनिक विभिन्न सामानका ५०÷६० वटा कन्टेनर नेपाल भित्रिने गरेका छन् । 

चालू योजना सम्पन्न भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८४ किमीको हुनेछ भने गल्छीबाट काठमाडौँसम्मको दूरी ५० किमीको छ । काठमाडौँबाट केरुङ जम्मा चार घण्टामा पुग्न सकिन्छ । 

रसुवागढी नाकाबाट नेपालतर्फको १८ किमी सडक चीन सरकारले अनुदानमा बनाइदिने सम्झौताअनुरुप काम अघि बढाएको सब इञ्जिनियर चौधरीले जानकारी दिनुभयो । 

रसुवागढी नाका सञ्चालनसँगै पछिल्ला दिन नाका हुँदै मानसरोबर जाने पर्यटक र चीनबाट स्थालमार्ग हुँदै आउने पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायी बुद्धिलक्ष्मी तामाङले बताउनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x