×

NMB BANK
NIC ASIA

भद्रगोल विकास : अनेक बहाना देखाउँदै ठूला आयोजनामा ढिलासुस्ती

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ५ असार – रूपन्देहीमा सञ्चालित राष्ट्रिय महत्वका ठूला आयोजनाको निर्माण कार्य सुस्त छ ।

Muktinath Bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल बेलहिया ‘सिक्स’ लेन सडक, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बेलवास–बेथरी नमूना सडक निर्माणको चरणमा छन् । तर, ४ वटै ठूला आयोजनाको निर्माण कार्य सुस्त गतिमा अगाडि बढेका छन् । विकास आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न नसक्दा अधिकांश आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । ५ वर्षमा सक्ने आयोजना ८ वर्षसम्म पनि अलपत्र जस्तै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय महत्वको उपत्यका बाहिर पहिलो पटक निर्माण थालिएको बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक र बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको चरणमा जिल्लाका गौरवमा आयोजनाको रूपमा लिइन्छ । ७ वर्ष अगाडि सन् २०१७ भित्र सक्ने गरी निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलन निर्माणको काम हालसम्म जम्मा ५० प्रतिशत मात्र सकिएको छ ।


Advertisment
Nabil box
Kumari

आयोजनका प्रमुख इन्जिनियर ओम शर्माले पछिल्लो समय काम धमाधम भइरहेपनि समयमा सम्पन्न गर्न कठिनाइ भएको बताए । उनले भने, ‘पहिला केही समस्या आयो अहिले काम भइरहेको छ । अहिले कुनै समस्या छैन,’ उनले भने । नेपाल सरकार र एसियाली विकास बैंकको सम्झौतामा ८ अर्ब ५५ करोड रूपैयाँको लगानीमा चीनको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको थियो ।

Vianet communication
Laxmi Bank

२०६८ सालबाट ५ वर्षभित्र सम्पन्न गर्ने गरी शुरू भएको बुटवल बेलहिया ६ लेनको सडकको हालत पनि उहीँ छ । साढे ७ वर्षमा १७ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । यो सडक २७ किलोमिटर छ । हालसम्म बुटवलतर्फ ६ किलोमिटर, भैरहवातर्फ साढे ७ किलोमिटर र बिच भागमा साढे ३ किलोमिटर सडक निर्माण सकिएको छ । बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ दशमलव ७ किलोमिटर सडक ४ लेनको निर्माण गरिएपनि फेरि ६ लेनको बनाउन थालिएपनि अदालतको आदेशमा ढिलाइ भएको छ । बाँकी ९ किलोमिटरको निर्माण जारी छ ।

२०७१ साल अर्थात् ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित शुरू भएको आयोजना ८ वर्षमा पनि पूरा नहुँदा सर्वसाधारणको यात्रा कष्टपूर्ण भएको छ । नाकाबन्दी, नदीजन्य पदार्थ अभाव र सडक दाँयाबायाँका घरहरू भत्काउन ढिलाइ हुँदा निर्धारित सडक पूरा हुन नसकेको बुटवल बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठ बताउँछन् । उनले भने, ‘हामी अहिले धमाधम बाँकी तीनै फेजमा काम गरिरहेका छौं । असोजसम्म सडक पूरा गर्ने लक्ष्यका साथ भिडेका छौं । अबको दशैंमा यात्रुले बुटवल भैरहवा सहज यात्रा गर्न पाउँछन् ।’

निर्धाणाधीन सडकमध्ये ९ किलोमिटरका ८० प्रतिशत काम सकिएको छ । आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड रुपैयाँमध्ये हालसम्म ३ अर्ब ९९ करोड रुपैयाँ खर्च भइसकेको श्रेष्ठले जानकारी दिए । चालू आर्थिक वर्षका लागि ३६ करोड रुपैयाँ रकम आवश्यक रहेको छ । आर्थिक वर्ष २०६७/६८ बाट शुरू भएको सडक निर्माणको ठेक्का कञ्चनजंघा जेभी, टेली कम्यूनिकेसन प्रालि, कालिका रायमाझी जेभी, विरुवा श्रेष्ठ एपेक्स, कालिका तामाङ जेभी र विरुवा कन्स्ट्रक्सनले गरी ५ अर्ब ८६ करोडको ठेक्का सम्झौता गरेका थिए ।

उपत्यका बाहिरकै ठूलो बुटवलमा निर्माण थालिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पनि ढिलाइ भएको छ । बुटवल–१० रामनगर निर्माणाधीन अवस्थामा रहेको बुटवल सभाहलको काम ३ पटक म्याद थप गर्दा समेत पूरा नहुने भएको छ । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईका इन्जिनियर राजकुमार मण्डलले रुख कटानमा ढिलाइ हुँदा काम समयमा सम्पन्न गर्न समस्या भएको बताए । ३० महिनामा निर्माण पूरा गर्ने गरी २०७१ माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसुर्य जेबी कम्पनीले बुटवल सभा हलको ठेक्का सम्झौता भएको थियो ।

तर, निर्धारित समयमा काम नसकेपछि आयोजनाले पटक–पटक विभिन्न कारण देखाएर म्याद थप गरिरहेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय पूरा भएपनि अहिले पहिलो फेजको काम ६५ प्रतिशत मात्र भएको छ । साढे २३ करोड रुपैयाँको लागतमा पहिलो फेजको काम भइरहेको छ । ठेकेदार कम्पनीले समेत १५ करोड २२ लाख रुपैयाँ रकम भुक्तानी लगिसकेको छ । मण्डपमा रहेका रुख काट्ने अनुमति ढिला पाउनु, भुकम्प, नाकाबन्दी र निर्माण सामग्रीको अभावका कारण समय सीमामा काम नसकिएको मण्डलले दावी गरे ।

पहिलो चरण अन्र्तगत सुर्य आकारमा अहिले पहिलो तला फाउण्डेसनको काम, पिल्लरको ढलाई, बिम कस्ने तथा चुरी उठाउने काम भइसकेको छ । पहिलो चरणमा एउटा १ हजार १ सय १४ जना अटाउने मुख्य सम्मेलन हल, ५०/५० र १/१ सय अटाउने अन्य ४ वटा हल गरी जम्मा ५ वटा विभिन्न प्रयोजनका हल निर्माण हुने छन् । बुटवल मण्डपमा रहेको साढे १६ विगाहा जग्गामध्ये १० विगाहा क्षेत्रफलमा सभा निर्माण हुँदैछ ।

पहिलो फेज अन्तर्गतको काम जारी भएपनि दोस्रो फेजमा चन्द्रमा आकारको निर्माण प्रक्रिया शुरू भएको छ । ८० करोड रुपैयाँको लागतमा निर्माण हुने चन्द्रमा फेजको निर्माण ठेक्का आशिष निर्माण सेवाले पाएको छ । त्यसपछि तेस्रो फेजमा बुटवल प्रदर्शनी केन्द्र निर्माण हुनेछ । यसको अनुमानित लागत करीब डेढ अर्ब छ । सतहबाट हेर्दा ब्लक अनुसार फरक–फरक भएपनि एउटा तहमा पुगेपछि ३ वटै ब्लक एकआपसमा जोडेर नेपालको झण्डा आकारको बन्ने छ । 

बेलबास बेथरी सडक २०७३ सालबाट १ अर्ब ४८ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको भएपनि अहिले घर, नहर र बिजुलीका पोल व्यवस्थापन हुन नसक्दा काम अगाडि बढ्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x