×

NMB BANK
NIC ASIA

कारागारभित्र सहजै पुग्छ मदिरा र गाँजा

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

राजविराज, ६ असार— पछिल्लो समय सप्तरी जिल्ला कारागार असुरक्षित बन्दै गएको छ । लामो समयदेखि जेलरको पदपूर्ति हुन नसक्नु, निमित्तमा रहेका जेलरले समय नदिनु तथा करारका कार्यालय सहयोगीका हातमा प्रशासनको कार्यभार रहनुले कारागार असुरक्षित बन्दै गएको हो ।

Muktinath Bank

लामो समयदेखि कारागारमा दरबन्दीअनुसारको शाखा अधिकृत जेलरका रूपमा आएका छैनन् । केही महिनायता कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्ने सीअहेब सत्यनारायण यादव नै निमित्त जेलर छन् । उनी कारागार सुरक्षाको विषयमा जानकार पनि छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले त पछिल्लो समय कारागारभित्रै मदिरा र गाँजा सहजै पुग्न थालेको छ । यसले यहाँको सुरक्षामाथि प्रश्नसमेत उठेको छ । यहाँ चौकीदारको आतंकका कारण अन्य कैदीबन्दी त्रासमा छन् ।


Advertisment
Nabil box
Kumari

करारका कार्यालय सहयोगी चन्दन भनिने चन्द्रनारायण यादव र ‘ए’ ब्लकका र जितेन्द्र यादव तथा ‘बी’ का चौकीदार श्यामनारायण यादवको मिलेमतोमा कारागारभित्र मदिरा र गाँजा पुग्ने गरेको एक कैदी बताउँछन् । सुरक्षाका लागि प्रहरी नायब निरीक्षक ९सइ० को कमान्डमा २५ प्रहरी खटिए पनि चेकजाँच गरिँदैन ।

Vianet communication
Laxmi Bank

डेढ वर्षअघि कारागारमा दही लगिएको प्लास्टिकको कालो ड्रमभित्र १ केजी गाँजा फेला परेको थियो । ‘कारागारभित्र मदिरा त अहिले सहजै पाइन्छ,’ एक कैदीले कान्तिपुरसित भने, ‘भित्र दुई चौकीदारको आतंक छ, बाहिरी वातावरण र थर्काउने काम कार्यालय सहयोगी चन्दनले गर्छन् ।’

यस्तै कारागारभित्रै लागूऔषधको कारोबारसमेत हुने ती कैदीको दाबी छ । कारगारमा अहिले २ सय ७९ कैदीबन्दी छन् । कारागार प्रशासनको निरीहताका कारण सुरक्षाकर्मीले पनि आफ्नो रणनीतिअनुसार काम गर्न नसकेको अवस्था छ ।

मोबाइल सुविधा निर्बाध
प्रावधानविपरीत कारागारभित्र मोबाइल फोनका निर्बाध प्रयोग भइरहेको छ । कारागार प्रशासनले ‘ए’ ब्लक र ‘बी’ ब्लक गरी २ सेट मोबाइल फोन उपलब्ध गराएको छ । ‘ए’ ब्लकका चौकीदार जितेन्द्र यादवसित ९८२४७८५३१८ र ‘बी’ ब्लकका चौकीदार श्यामनारायण यादवसित ९८२४७८५३१० नम्बरको मोबाइल छ ।

दुवैले आकस्मिक समस्या आउँदा प्रयोगका लागि आफूहरूले पाएको बताउँछन् । तर, यो फोनबाट अन्यत्र पनि दैनिक कुरा हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कारागारभित्र मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था नरहेको बताए ।

छैनन् जेलर
कारागारमा जेलरका रूपमा शाखा अधिकृतको दरबन्दी छ । तर, वर्षौंदेखि यहाँ दरबन्दीअनुसारको पदपूर्ति भएको छैन ।

कहिले नासु त कहिले स्वास्थ्य जाँचका लागि खटिएका सीअहेब निमित्त भएर कारागार प्रशासन चलाउँदै आएका छन् । भारतीय सीमाभन्दा १० किमि दूरीमा रहेको कारागार सुरक्षा दृष्टिले अति संवेदनशील मानिन्छ ।

अतिक्रमणको मार
कारागारको करिब २ बिघा अतिक्रमण भएको छ । अतिक्रमणकै कारण कारागार सुरक्षामा चुनौती पनि थपिएको छ । कारागारको पूरै क्षेत्रमा पर्खाल नहुँदा स्थानीयले अतिक्रमण गरिरहेको निमित्त जेलर सत्यनारायण बताउँछन् ।

निमित जेलर सत्यनारायणले कारागारभित्र विकृति हुन सक्ने बताए । उनले भने, ‘चौबीसै घण्टा म हुँदिनँ, म नभएका बेला विकृति भएको हुन सक्छ, पत्ता लगाएर कानुनी प्रक्रिया अघि बढाउँछु ।’ केही दिनअघि मात्र प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले राजविराज कारागारको निरीक्षण गरेका थिए ।

सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले कारागारजस्तो संवेदनशील स्थानको सुरक्षामा कुनै कमी नहुने बताए । उनले भने, ‘कारागार अत्यन्तै संवेदनशील स्थान हो, यसको सुरक्षामा कुनै कमी हुँदैन, त्यहाँभित्र कानुनविपरीतका कार्यहरू भइरहेका छन् भने हामी तत्कालै नियन्त्रण गर्छौं ।’, कान्तिपुरमा खबर छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x