×

NMB BANK
NIC ASIA

आप्रवासीका आमाबुवालाई छोराछोरीसँग छुट्ट्याउने विषयले अमेरिकामा हंगामा

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – अमेरिका र मेक्सिकोको सिमानामा आप्रवासी परिवारलाई छुट्ट्याउने ट्रम्प प्रशासनको नीतिका कारण उत्पन्न विवादले रिपब्लिकनहरूलाई विधेयक मस्यौदा गर्न अप्ठ्यारो परेको छ । 

अमेरिकी संसद्को तल्लो सदनमा रिपब्लिकन सांसदहरूले पारित गर्ने जुनसुकै किसिमको आप्रवासन विधेयकलाई आफूले समर्थन गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । 

चौतर्फी निन्दा भएपछि रिपब्लिकनको नियन्त्रणमा रहेको कंग्रेस यो नीतिलाई कम कठोर बनाउनका लागि दबाब छ । 

अवैध तरिकाले सीमा पार गर्ने कामलाई नियन्त्रण गर्न परिवार छुट्ट्याउने नीति आवश्यक रहेको ट्रम्प बताउँछन् । 

रिपब्लिकन सांसदहरूसँगको बैठकपछि यस विषयमा कुनै प्रगति भए नभएको प्रस्ट हुन सकेको छैन तर ह्वाइट हाउसका प्रवक्ता राज शाहले एक वक्तव्य जारी गरेर ट्र रिपब्लिकनहरूको आप्रवासन विधेयकलाई स्वीकृत गर्न तयार रहेको बताए । 

राष्ट्रपतिले मातापिता र बालबालिकालाई छुट्ट्याउनु ‘आकर्षक कुरा नभएको र हेर्दा पनि नराम्रो देखिने’ बताएको सांसद टम कोल बताउँछन् । 

मंगलवार ट्रम्पले अमेरिकी सीमा अवैध तरिकाले पार गर्न खोज्ने मातापितालाई हिरासतमा लिइएमा उनीहरूका बालबालिकालाई अन्तै लगिनुपर्ने बताएका थिए । 

‘गैरकानूनी रूपमा अमेरिका भित्रिन खोज्ने मातापितालाई कारवाही गर्नैपर्छ र त्यसक्रममा बालबच्चालाई छुट्ट्याउनुपर्ने हुन्छ,’ उनले भने । 

अमेरिकी आप्रवासन अधिकारीहरूले ५ मेदेखि ९ जुनसम्म २३ सय ४२ बालबच्चालाई २२ सय ६ मातापिताबाट छुट्ट्याइएको बताए । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले अवैध आप्रवासनमाथि शून्य सहनशीलताको नीति अपनाइने बताए ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x