×

NMB BANK
NIC ASIA

विश्वकपको सबभन्दा कमजोर आँकिएको टीम रुसले गर्‍यो उत्कृष्ट प्रदर्शन, पुटिन गदगद

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – साउदी अरबलाई ५–० को विशाल अन्तरले हराएर आत्मविश्वास बढाएको रुसले बुधवार बिहान सम्पन्न खेलमा इजिप्टलाई ३–१ ले हराएर अर्को चरणमा लगभग स्थान पक्का गरेको छ । 

यो विश्वकपमा रुस सबभन्दा तल्लो स्थानमा रहेको टोली हो । आफ्नै देशमा आयोजन भएको विश्वकपमा उसले राम्रो प्रदर्शन गर्ने अपेक्षा थिएन । तर दुई खेलमा उसले देखाएको प्रदर्शनले धेरैलाई आश्चर्यमा पारेको छ । 

साउदीलाई जितेपछि रुसी टोलीका प्रशिक्षक स्तानिस्लाभ चेर्चेसोभलाई म्याचपछिको पत्रकार सम्मेलन चलिरहेको बेलामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फोन गरेका थिए । पुटिनले ‘खेलाडीहरूलाई मेरो तर्फबाट बधाई सुनाउनू’ भनेका थिए । 

इजिप्टविरुद्धको खेलमा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि पुटिनको अर्को कल प्रशिक्षकलाई आएको हुनुपर्छ । 

उक्त खेलमा पनि एक गोल गरेर रुसी खेलाडी डेनिस चेरिसेभ पोर्चुगलका रोनाल्डोसँगै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका छन् । दुवैले कुल तीन गोल गरेका छन् ।

विश्वकप आयोजन गर्ने २१ टोलीमा दक्षिण अफ्रिका मात्र समूह चरणबाट माथि जान सकेको थिएन । आज उरुग्वेले साउदी अरबलाई हराएमा रुस स्वतः दोस्रो चरणमा पुग्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ ।

रुससँग हारेपछि इजिप्ट भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ । प्रतियोगितामा रहिरहन उनीहरूले साउदी अरबलाई विशाल गोलअन्तरले हराउनुपर्नेछ र उरुग्वे रुस र साउदी अरब दुवैसँग हारोस् भनी कामना गर्नुपर्नेछ । 

इजिप्टका सुपरस्टार खेलाडी मोहम्मद सालाहको फिटनेसमा समस्या भएका कारण पनि इजिप्टको प्रदर्शन कमजोर रह्यो । उनले उरुग्वेसँगको अघिल्लो खेल खेल्न पाएनन् तर यस म्याचमा उनले पेनाल्टीमार्फत गोल गरे । 

विश्वकपमा इजिप्टका लागि गोल गर्ने सालाह तेस्रो खेलाडी हुन् तर इजिप्टले विश्वकपमा अहिलेसम्म कुनै पनि म्याच जित्न सकेको छैन ।

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x