×

NMB BANK
NIC ASIA

अभिनेता इरफान खानको भावुक पत्र : सारा संसार पीडाको क्षणमा समेटिएको छ

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – केही महिनाअघि अचानक मलाई म न्युरोएन्डोक्राइन क्यान्सरबाट ग्रस्त छु भन्ने थाहा भयो । मैले जीवनमा पहिलोपटक यस्तो शब्द सुनेको थिएँ । 

सोधखोज गर्दा मैले थाहा पाएँ, यो रोगमाथि धेरै अनुसन्धान भएको रहेनछ किनकि यो एक अचम्मको शारीरिक अवस्थाको नाम हो र यसको उपचार अनिश्चित छ । 

अहिलेसम्मको मेरो जीवनयात्रामा म सामान्य गतिमा हिँडिरहेको थिएँ । मसँग आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्यहरू थिए । 

म यिनैमा रमाएर अघि बढिरहेको थिएँ । अचानक टिकट कलेक्टरले मेरो ढाडमा थपथप गर्दै भने, ‘तपाईंको स्टेसन आइपुग्यो, कृपया झर्नुस् ।’

म आश्चर्यमा परें अनि भनें, ‘हैन, मेरो स्टेसन त आएकै छैन ।’

जवाफ आयो, ‘अर्को कुनै स्टपमा तपाईंले झर्नुपर्नेछ । तपाईंको गन्तव्य आइसक्यो ।’

अचानक अनुभव हुन्छ – म कुनै बिर्को (कर्क) जस्तै नचिनेको सागरमा अप्रत्याशित लहरहरूमा बगिरहेको छु अनि लहरलाई नियन्त्रण गर्ने मूर्ख विश्वास लिएको छु । 

यो डरले मलाई सताएपछि म आफ्नो छोरालाई भन्छु, ‘आजको यो हालतमा म यति मात्र भन्न चाहन्छु – म यो मानसिक स्थिति, यो डरका साथ बाँच्न चाहन्न । मलाई कसैगरी पनि आफ्नो गोडामा उभिनुछ अनि यो हालतमा तटस्थ भएर बाँच्नुछ । म उभिन चाहन्छु ।’

यस्तो थियो मेरो इच्छा, मेरो निश्चय ...

केही हप्तापछि म एक अस्पतालमा भर्ना भएँ । असीम पीडा भयो । पीडा हुन्छ भन्ने थाहा थियो तर यस्तो पीडा ... अब पीडाको तीव्रता बुझ्दैछु । 

केहीले पनि काम गरिरहेको छैन । न सान्त्वना, न सहानुभूति नै । सारा संसार त्यो पीडाको क्षणमा समेटिएको छ । पीडा आफूभन्दा ठूलो र विशाल अनुभव हुन्छ । 

म भर्ना भएको अस्पतालमा बाल्कनी छ । बाहिरको दृश्य देखिन्छ । कोमा वार्ड ठीक मेरोमाथि छ । सडकको एकातर्फ मेरो अस्पताल छ अनि अर्कोतर्फ लर्ड्स स्टेडियम छ । त्यहाँ भिभियन रिचार्ड्सको मुस्कुराइरहेको पोस्टर छ ।
मेरो बालककालको सपनाको केन्द्रलाई पहिलोपल्ट हेर्दा मलाई कुनै भाव आएन । मानौं त्यो संसार कहिले पनि मेरो थिएन । 

म पीडाको चक्रव्यूहमा छु । 

अनि एक दिन मलाई अनुभव भयो – म कुनै पनि यस्तो चीजको हिस्सा रहिनँ, जुन निश्चित हुने दाबी गरोस् । न अस्पताल, न स्टेडियम । मभित्र जे बाँकी थियो, त्यो वास्तवमा विश्वको असीम शक्ति र बुद्धिको प्रभाव थियो । अनिश्चितता
नै निश्चित छ । 

यो अनुभवले मलाई समर्पण र विश्वासका लागि तयार पा–यो । अब जस्तो परिणाम आओस्, यसले मलाई जहाँ लैजाओस्, आठ महिनापछि वा चार महिनापछि वा दुई वर्षपछि जहाँ पु–याओस् । चिन्ता एकातिर पन्छियो र फेरि विलीन
हुन थाल्यो अनि मेरो दिमागमा बाँच्ने मर्ने हिसाब नै हरायो ।

पहिलोपल्ट मलाई सही अर्थमा स्वतन्त्रता शब्दको अनुभव भयो । एक उपलब्धिको अनुभव ।

यो विश्वको तारतम्यमा मेरो विश्वास नै पूर्ण सत्य बन्यो । त्यसपछि यो विश्वास मेरो हरेक कोशिकामा बसेको अनुभव भयो । यो विश्वास कायम रहन्छ रहँदैन भन्ने त समयले नै बताउला । अहिले म यही अनुभव गरिरहेको छु ।

यो यात्रामा संसारभरिका मानिसले मेरो स्वास्थ्यको कामना गरिरहेका छन्, प्रार्थना गरिरहेका छन् । म कसैलाई चिन्छु तर नचिनेका धेरैले पनि फरक फरक ठाउँ र टाइम जोनबाट प्रार्थना गरेका छन् । उनीहरू सबैको प्रार्थना मिलेर
एक भएको छ र ठूलो शक्ति बनेको छ भन्ने मलाई लाग्छ । तीव्र जीवनधारा बनेर मेरो मेरुदण्डमा प्रवेश गरी शिरको कपालमा अंकुरित भइरहेको जस्तो लाग्छ मलाई ।

अंकुरित भएर कहिले कोपिला, कहिले पात, कहिले डाँठ र कहिले हाँगा बन्छ । म खुशी भएर यिनलाई हेर्छु । मानिसहरूको सामूहिक प्रार्थनाबाट उत्पन्न हरेक डाँठ, हरेक पात अनि हरेक फूलले मलाई नयाँ संसार देखाएको छ ।
लहरमा बिर्कोको नियन्त्रण हुनुपर्छ भन्ने छैन । 

तपाईं ईश्वरको कोक्रोमा झुलिरहुनुभएको छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x