×

NMB BANK
NIC ASIA

अमेरिकामा विदेशीमाथि कडाइ : १८ नेपालीसहित अवैध आप्रवासी पक्राउ

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – अमेरिकाले आप्रवासन सम्बन्धी नीतिमा कडाइ गरेपछि अवैध रुपमा बसिरहेका १८ नेपालीलाई पक्राउ गरेर कारागारमा राखिएको जनाइएको छ ।

Muktinath Bank

नेपालीसहित ८० जना दक्षिण एसियालीलाई पक्राउ गरेर ओरेगनको कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन् । मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बीबीसीले उल्लेख गरेको छ । त्यसबाहेक पक्राउ पर्नेमा ५ जना चिनियाँ र ३० जना मध्य–अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस विज्ञप्ति जारी गर्दै एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, ‘पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ ।’ उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुव्र्यवहार हुन सक्ने अवस्था रहेको जनाइएको छ । ४ दिनअघि अमेरिकी सांसदको एउटा प्रतिनिधि मण्डलले कारागारको भ्रमण गरेको थियो । 


Advertisment
Nabil box
Kumari

टोलीमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र आप्रवासीसँग आफूले कुराकानी गरेको बताएकी छन् । उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए ।

Vianet communication
Laxmi Bank

‘पक्राउ गरिएकालाई भाषाका आधारमा समूह बनाएर राखिएको छ,’ उनले भनिन्, ‘उनीहरूमध्ये धेरैले वकिलसँग कुराकानी गर्न नदिएको बताएका छन् ।’ सेरिडानमा बन्दी बनाइएका शिख समुदायका मानिसले सांसदहरूलाई भारतमा धार्मिक पृष्ठभूमिका कारण अप्ठ्यारो रहेको उल्लेख गर्दै शरण खोज्न आएको बताएका थिए ।

बोनामिचीको वेवसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सुनेका कथाहरू मन छुने र पीडादायी थिए । शरण खोज्ने अधिकार भएपनि उनीहरूलाई अपराधीसरह व्यवहार गरिएको छ जुन गलत हो ।’ उनले त्यहाँ रहेका नेपाली बन्दीसँग पनि आफूहरूले कुराकानी गरेको उल्लेख गरेकी छन् ।

बीबीसीका अनुसार वाशिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बताएका छन् । एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डटकमका अनुसार ती आप्रवासीलाई भेट्ने प्रयास गरेका वकिललाई संघीय अधिकारीले सोमबार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन् ।

आप्रवासीको अधिकारको पक्षमा ओरेगनमा कार्यरत एउटा संस्था काउसकी कार्यकारी निर्देशक एन्ड्रिया विलियम्सले पक्राउ परेका आप्रवासी जोखिममा रहेको बताइन् । ‘उनीहरूलाई धार्मिक समुदायका नेता, वकिल वा अधिकारकर्मी कसैसँग भेटघाट गर्न दिइएको छैन । कतिपयलाई चोट पटक लागेको वा उनीहरू बिरामी भएका विवरण पनि आएका छन् । तर, उनीहरूले औषधोपचार पनि नपाएको अवस्था रहेको हामीले थाहा पाएका छौं,’ उनले भनिन् ।

ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ । हालैका हप्तामा मेक्सिकोको सीमा क्षेत्र हुँदै अमेरिका प्रवेश गर्न खोज्ने अभिभावक र बच्चालाई अलग गरी कारबाही अघि बढाइएको भन्दै राष्ट्रसंघ सहितका निकायले आलोचना गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x