×

NMB BANK
NIC ASIA

बिहीवार बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंसहित सबै जिल्लामा एकसाथ योग शिविर

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ६  असार - चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ । 

पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा योगपीठका ट्रष्टी शालिग्राम सिंहले जानकारी दिनुभयो । 

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालमा चौथो अन्तराष्ट्रिय योग दिवसको शुभारम्भ समुद्र सतहदेखि १२ हजार ५०० फिटको उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणबाट गरिएको र यसले सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्गमा जान प्रेरित गर्ने बताउनुभयो । 

पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र र योग दिवस आयोजक समितिका संयोजक ज्ञानेन्द्रविक्रम महतले पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्वसामू परिचित गराउनु आवश्यक रहेको धारणा राख्नुभयो । 

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लामा पतञ्जलि योग समिति नेपालका जिल्लास्तरीय समितिमार्फत विद्यालय र समुदायलाई लक्ष्य गरी असार १ गतेदेखि साताव्यापी रूपमा योग र प्राणायामका चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको योगपीठले जनाएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । 

अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको समर्थनलाई विश्वका १ १७० भन्दा बढी देशले समर्थन गरिसकेका छन् । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x