×

NMB BANK
NIC ASIA

संघीयतापछि स्वास्थ्यमा गम्भीर अन्योल : सरुवा रोगको महामारी फैलिए कसले रोक्ने ?

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – संघीयता लागू भइसकेपछि जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्ने निर्णयले वर्षायाममा फैलन सक्ने महामारी रोक्न कसले तयारी गर्ने भन्ने अन्योलता देखिएको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै पनि सबै जिल्लाका जनस्वास्थ्य कार्यालयलाई तयारी गर्न निर्देशन हुने गर्छ भने जिल्लामा पूर्व तयारीका लागि बजेट विनियोजन गरिएको हुन्छ । तर, यसपालाको स्वास्थ्यको सबै बजेट स्थानीय तहमा गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वर्ष भने स्थानीय तह र प्रदेशलाई सबै अधिकार दिइएको र जिल्ला जनस्वास्थ्य कार्यालय असारमा खारेज गर्ने निर्णयले पूर्वतयारी प्रभावित बनेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख इन्द्रदेव यादवले स्वास्थ्यको सबै बजेट स्थानीय तहमा गएकाले त्यसको तयारी गर्न समस्या उत्पन्न भएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘अहिले जनस्वास्थ्य कार्यालयमा बजेट छैन, स्वास्थ्यका कर्मचारी पनि हाम्रो निर्देशनमा छैनन्, एकदम समस्या भएको छ, कसले गर्ने भन्ने अन्योलताको स्थिति छ ।’ उनले जिल्ला जनस्वास्थ्य मार्फत् जिल्लाका सबै स्थानीय पालिकाका प्रतिनिधिलाई महामारी अभिमुखीकरण दिइसकिएको र आफ्नो तहबाट चिकित्सकीय टीम, औषधिको व्यवस्था गर्ने काम शुरू गरिएको बताए ।

Vianet communication
Laxmi Bank

महामारी रोकथाम र व्यवस्थापनको जिम्मा पाएको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने महामारी रोक्न तयारीका लागि निर्देशन दिइसकेको जनाएको छ । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले जनस्वास्थ्य खारेज हुने भयो भनेर महामारीको पूर्वतयारी रोक्न नमिल्ने बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले सबै जिल्लामा सम्भावित महामारी रोक्न जनशक्ति परिचालन, औषधि व्यवस्थालगायतका तयारी थाल्नका लागि निर्देशन दिइसकिएको जानकारी दिए । उनले असारसम्म जनस्वास्थ्य रहने भएकाले अन्योलता भएपनि जिल्लाका स्वास्थ्यकर्मी, स्वास्थ्यमा काम गर्ने सघंसंस्था विश्वस्वास्थ्य संगठन, युनिसेफ लगायतसँग छलफल भइरहेको बताए ।

उनले भने, ‘औषधिको हकमा पनि जिल्लामा सीमित भएमा आवश्यक परेको बेलामा तुरुन्त औषधि उपलब्ध हुन्छ, केन्द्रमा पनि महामारीका समयमा प्रयोग हुने औषधिको मौज्जात रहने भएकाले समस्या हुदैँन ।’

महामारीबाट बच्न पानी उमालेर खाने, सन्तुलित भोजन खाने, चर्पीमा दिसापिसाब गर्ने÷गराउने, साबुनपानीले हात धुने, नियमित व्यायाम गर्ने, सागसब्जी राम्रोसँग पखालेर पकाउने, कम मासु खाने, मदिरा र धूमपान सेवन पूर्णरुपमा बन्द गरी शारीरिक स्वास्थ्यता कायम गर्न चिकित्सकले सुझाव दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x